दलाई लामा युरोपमा “एकदमै धेरै” शरणार्थीहरू छन् भन्नुहुन्छ
(Click here to read the original English article.)
(छेम रिन्पोछे र पादरी जिन आई)
विश्वभरको सबैभन्दा प्रख्यात र सुस्थापित शरणार्थी समुदाय पक्कै पनि तिब्बती मानिसहरू नै हुन् र यसको श्रेय पवित्र दलाई लामालाई नै जान्छ जसले एकल प्रयासमा आफ्नो जीवनको ६० वर्ष तिब्बती अस्तित्व जीवित राख्न, सम्बर्धन गर्न र विश्वव्यापी चेतना फैलाउनको लागि समर्पित गर्नुभयो।
जनमुक्ति सेना देशमा प्रवेश गरेपछि र दलाई लामा देश निकाला भएपछि सन् १९५९ मा तिब्बतीहरू हतोत्साहित हुन थाले। भारतमा प्रवेश गर्दा, दलाई लामा र उहाँको निर्वासित नेतृत्वले देशभरि छरिएका २४ वटा भू–भाग प्राप्त गरे जहाँ तिब्बतीहरूले आफ्नो नयाँ सुरुवात गर्न सक्थे। यी भू–भागहरू दलाई लामा र उहाँका मानिसहरूलाई जवाहरलाल नेहरूद्वारा सञ्चालित भारतीय सरकारद्वारा स्वतन्त्र र दयालु रूपमा दिइयो। यी भू–भागहरू तिब्बतीहरू भारतमा शरणार्थीका रूपमा लामो समय बस्ने र त्यस कारणले उनीहरूलाई आफ्नै ठाउँ चाहिन्छ भन्ने सोचले दिइएको थियो। वास्तवमा जवाहरलाल नेहरूको आंकलन यस्तो थियो कि उनले तिब्बतीहरूको लागि नागरिकता नीति समेत विस्तार गरे– यदि ९९ वर्षभित्र उनीहरूले आफ्नो राजनैतिक लक्ष्य पूरा गर्न र आफ्नो देशमा फर्कन सकेनन् भने तिब्बतीहरूले भारतीय नागरिकता अनिवार्य लिनै पर्ने र उनीहरू भारतीय नागरिक सरह सम्मेलित हुनुपर्ने थियो।
समयले देखाएको छ कि यस प्रकार, नेहरू तिब्बती जनताको लागि बनाएको प्रबन्धमा लगभग भविष्यसूचक थिए। गत ६० वर्षमा, तिब्बती नेतृत्वले आफ्नो राजनीतिक लक्ष्यको प्रगति गर्न सफल भएको छैन। जहाँ चीनले भने विश्वव्यापी स्तरमा शक्ति र प्रभाव बढाउँदै गएको छ, त्यहाँ तिब्बती नेतृत्व र उनीहरूका मानिसहरू भने राजनीतिक घोटाला, हेरफेर, विभाजन र भ्रष्टचार, वित्तिय दुर्व्यवहार र हत्याको आरोपमा परेका छन्।
त्यसैले हामीले देख्न सक्छौँ कि दलाई लामा र उहाँको समुदायलाई निर्वासनमा बस्न धेरै चुनौतीपूर्ण भइरहेको छ। हालै यस्तै दुःख र कठिनाइको अनुभव गर्दैगर्दा, तल उल्लेखित गरिएको विवरणमा पवित्र दलाई लामाको कठोरता देखेर संसार चकित भयो:
दलाई लामा युरोपमा “एकदमै धेरै” शरणार्थीहरू छन् भन्नुहुन्छ
एएफपी | मे ३१, २०१६, ०६.१० भारत समय
बर्लिनः तिब्बती आध्यात्मिक नेता दलाई लामाले एक अन्तरवार्तामा भनेका छन् कि युरोपले “एकदमै धेरै” शरणार्थीहरूलाई स्वीकार गरेको छ र अन्ततः उनीहरू आ–आफ्नो गृह देशको पुनर्निर्माणका लागि फर्किन पर्छ।
तिब्बती आध्यात्मिक नेता, जो आफैँ आधा शताब्दीसम्म निर्वासनमा बस्नुभएको छ, उहाँले भन्नुभयो, “जब हामी हरेक शरणार्थीको अनुहारमा हेर्छौं, विशेषगरी बालबालिका र महिलाहरू, हामीले उनीहरूको पीडा महसुस गर्न सक्छौँ।”
फ्रान्कफर्टर आल्गेमेइन जाइटुंगको अन्तरवार्ताको जर्मन अनुवाद अनुसार उहाँले भन्नुभयो, “अलि भाग्यशाली भएको एउटा मानिसले शरणार्थीलाई मद्दत गर्नु उनीहरूको कर्तव्य हो। अर्को तर्फ, अहिले शरणार्थीहरू एकदमै धेरै छन्।”
“युरोप, उदाहरणको लागि जर्मनी, अरब राष्ट्र हुन सक्दैन” उहाँले एक हाँसोको साथ भन्नुभयो, “जर्मनी भनेको जर्मनी हो।”
“त्यहाँ यति धेरै छन् कि व्यवहारिक रुपमा गाह्रो हुन्छ।”
दलाई लामाले थप भन्नुभय, “एक नैतिक दृष्टिकोणबाट पनि, मलाई लाग्छ कि शरणार्थीहरूलाई अस्थायी रूपमा मात्र स्वीकार गर्नुपर्छ।”
“उनीहरू आफ्ना राष्ट्रहरूमा फर्केर आफ्ना राष्ट्रहरूको पुनर्निर्माणमा मद्दत गर्नुपर्छ भन्ने लक्ष्य हुनुपर्छ।”
जर्मनीले गत वर्ष सिरिया, इराक, अफगानिस्तान र अन्य देशहरूमा भइरहेको गृह युद्धबाट भागेर आएका ११ लाख मानिसहरूलाई शरण दियो, तर बाल्कन देशहरूको सीमा बन्द गर्ने निर्णयले टर्की र उत्तरी युरोप मार्फत यात्रा गर्ने मानिसहरूको चाप घट्दै गयो।
निर्वासनमा रहेको तिब्बती सरकार भएको उत्तरी भारतमा अवस्थित धर्मशालामा भएको एक अन्तरवार्तामा दलाई लामाले भन्नुभयो कि एक दिन उहाँलाई तिब्बत फर्किने आशा छ।
“सायद केही वर्षहरूमा,” ८० वर्षीया लामाले भन्नुभयो, “यदि म फर्कने अवसर उत्पन्न हुन्छ भने वा कम्तीमा छोटो भ्रमणको लागि भए पनि, त्यो ठूलो आन्नदको क्षण हुने थियो।”
चीनले सन् १९५१ मा आफ्नो सेना परिचालन गरेपछी हजारौँ तिब्बतीहरू आफ्नो हिमाली देशलाई छोडेर भाग्न बाध्य भई धेरै भारतमा गई बसे।
सन् १९५१ देखि आफ्नो हिमाली देशलाई छोडेर भागेका हजारौँ तिब्बतीहरूजस्तै सुरक्षित स्थानको खोजीमा आफ्नो जीवनलाई दाउमा राखि यी शरणार्थीहरु भू–मध्य सागर पार गर्छन्। तर पवित्र दलाई लामाले ती शरणार्थीहरूको पीडाको लागि सहानुभूति नदेखाएको कुरा आश्चर्यजनक छ । आजका सञ्चार माध्यमहरू धेरै बालबालिकाहरू समुद्रमा डुबेको र अभिभावकहरू ती बालबालिकाहरूको मृत शरीरसँग रोइरहेका मन दुख्ने तस्विरहरूले भरिएको छ, साथसाथै हस्तिहरूको भनाई छ “एक अभिभावकले तब मात्र आफ्नो बच्चालाई डुङ्गामा राख्दछन् जब समुद्र जमिनभन्दा सुरक्षित हुन्छ।” जहाँ विश्वले विरोध र प्रयास गर्दै युरोपलाई धेरै भन्दा धेरै शरणार्थीहरू लिन दबाव दिइरहेको छ, त्यसको ठीक विपरीत पवित्र दलाई लामा भन्नुहुन्छ कि युरोपले एकदमै धेरै शरणार्थीहरू स्वीकार गरेको छ।
आफ्नो अस्तित्व जोगाउन अरू आश्रित राष्ट्रहरूको दयामा निर्भर हुनु परेको समुदायको मानिसले यस्ता टिप्पणीहरु दिनुभएको भन्ने कुरा अविश्वसनीय छ। भारतले ६० वर्षसम्म हजारौँ तिब्बती शरणार्थीहरूलाई घर, शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको अवसर प्रदान गरेको छ। अन्य धेरै राष्ट्रहरूले पनि तिब्बती शरणार्थीलाई आफ्नो ढोका खोलेका छन् – संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, फ्रान्स, स्विटजरल्याण्ड, बेल्जियम, ताईवान यी केही नाम हुन् र यी देशहरूले पनि समान उदारता र खुलापन देखाए।
पवित्र दलाई लामा विश्वभर तिब्बती शरणार्थीहरूलाई करूणा देखाउन र चीनलाई राजनीतिक दबाव दिन आग्रह गर्दै घुम्नुहुन्छ। सोही समयमा, यो अन्तरवार्तामा, उहाँले युरोप छिर्ने शरणार्थीहरूप्रति सहानुभूतिको कमी देखाउँदा, कडा प्रश्न उब्जिन्छ – दलाई लामा आफैँले झन्डै ६० वर्षअघि गर्नुभएको जस्तै युद्धबाट बच्न भागेका मानिसहरुलाई उहाँ तिब्बती नेताको आधारमा यति थोरै मात्र दया देखाउनुहुन्छ भने किन संसारले हतोत्साहित भएका तिब्बतीहरूलाई दया देखाइराहने ?
यो पनि कठोर र आश्चर्यजनक रूपमा निराशलाग्दो भयो जब सोही अन्तरवार्तामा दलाई लामाले आफ्नो घर फर्किने लामो चाहाना व्यक्त गर्नुभयो। त्यही भद्रता र सहानुभूति युरोप छिर्ने सिरियाली, इराकी र अफगानी शरणर्थीहरूको लागि देखाइएन। दलाई लामाले संकेत गर्नुभयो कि ती शरणर्थीहरू स्थायी रूपमा नै युरोपमा बस्न चाहन्छन् र उहाँको जस्तो आफ्नै देश फर्किने चाहना राख्दैनन्।
दलाई लामाले यो पनि भन्नुभयो कि “जर्मनी भनेको जर्मनी हो र त्यो अरब राष्ट्र हुनसक्दैन”, त्यसैले जर्मनीलाई जर्मनी नै राख्नु पर्दछ। के यो आफ्नो तिब्बती मुद्दाको लागि समर्थन प्राप्त गर्न, राष्ट्रवादी जर्मन भावनालाई उत्प्रेरित गर्न र बहिष्कृत राष्ट्रवादी समूहलाई अपिल गर्ने प्रयास थियो? यहाँ “दलाई लामा, सरल भिक्षु” बोल्दै हुनुहुन्थ्यो वा “दलाई लामा, चतुर राजनेता”?
अथवा सम्भवतः पवित्र दलाई लामा युरोप प्रवेश गर्ने शरणार्थीहरूलाई ध्यान केन्द्रित पार्दा तिब्बती शरणार्थीको लागि ध्यान र स्रोतहरू माथि कमी आउँछ भन्ने बारेमा चिन्तित हुनुहुन्छ। उहाँको प्रेरणा यति सम्म निष्ठुरी हुनसक्छ भन्ने कुरा सोच्दा नै मुटु काम्छ । उहाँको अभियान र ६ दशकको कामलाई धन्यवाद छ, पवित्र दलाई लामा करूणा र मानव अधिकारहरूको पर्यायवाची हुनुहुन्छ। उहाँका नोबेल पुरस्कार कृति प्राप्त मित्रहरु आङसाङ सुकी, नेल्सन मण्डेला र आर्चबिशप डेस्मण्ड टुटुजस्तै उहाँ पनि एक हुनुहुन्छ । रोचक कुरा यो छ कि, यी सबैले एक वा अर्को समयमा विभिन्न समूह विरूद्ध भेदभावको आरोप खेपिसकेका छन्। दलाई लामाले अन्तरवार्तामा दिनुभएका टिप्पणीहरू जे भए पनि उहाँले ६ दशकसम्म मिहिनेत गरेर बनाउनुभएको आफ्नो छविभन्दा विपरीत छन्। अचानक अन्तरवार्तामा गरिएका टिप्पणीहरू विचार गर्दा– दया, नैतिकता र अत्याचारको स्वतन्त्रताको अधिकारमा उहाँका शिक्षाहरू अब पहिलेको जस्तो आकर्षक रहेनन्।
विगत २० वर्षहरूदेखि यी शिक्षाहरू दोर्जे शुग्देनका अनुयायीहरूलाई चाहिं पक्कै चित्त बुझेको छैन, किनकि दोर्जे शुग्देनको अभ्यासमा लगाइएको प्रतिबन्धले उनीहरूको जीवन लगभग असहनीय बनाएको छ । अभ्यासमा लगाइएको प्रतिबन्ध, जुन धार्मिक स्वतन्त्रता माथिको उल्लङ्घन हो र यो कुनै आधार बिना सन् १९९६ मा लगाइएको प्रतिबन्धले हिंसा, अशिष्टता र जीवनमाथि खतरा निम्त्याएको छ। दोर्जे शुग्देनका धेरै तिब्बती अनुयायीहरू आफ्नो सुरक्षाको लागि भारत पलायन हुन बाध्य भए। दोर्जे शुग्देनका तिब्बती अनुयायीहरू वास्तवमा शरणार्थी भित्र पनि शरणार्थी हुन पुगे र आफ्नै समुदायदेखि संरक्षणको माग गर्नुपर्यो ।
दलाई लामाले आफूलाई दोर्जे शुग्देनका अनुयायीहरूबाट मात्र नभइ अहिले विश्वबाट नै टाढा बनाउँदै हुनुहुन्छ । जबसम्म उहाँले यस्तो प्रकृतिको टिप्पणी गर्नुहुन्छ, तबसम्म तिब्बती नेतृत्वमा उहाँको लोकप्रियता र प्रभाव घट्दै जानेछ। आजकालका मानिसहरू सामाजिक रूपमा सचेत छन् र सोही अनुसार हरेक पाटाका मान्छेहरूलाई जीवनले दिने अनेकौँ दु:खहरुको सम्मान गर्छन्। तथापी, तिब्बती नेतृत्व २०औं शताब्दी मै अड्किरहेको छ, त्यहि पुरानो समय जहाँ नेताहरूको आपत्तिजनक टिप्पणीहरुलाई संसारमा फैलिनु अघि नै दबाउन सकिन्थ्यो। तसर्थ अहिले पहिलेको भन्दा बढी, दलाई लामाको देश फर्कने कुरा झन् टाढिएको छ किनभने तिब्बती नेतृत्व २१औं शताब्दीसँग चल्नसकेको छैन। आदरका साथ भन्दा, सायद राजनैतिक टिप्पणी गर्नुको सट्टा उहाँले आफैँले बारम्बार याद दिलाइरहने पद- साधारण बौद्ध भिक्षुको कार्यहरु नै गर्दा उचित हुन्छ होला। त्यसो गर्नु उहाँको आफ्नो, तिब्बती नेतृत्व र तिब्बती जनताको लागि समस्यारहित हुनेछ ।
निःशुल्क डाउनलोड गर्नुस।
दोर्जे शुग्देनका चित्रकथा।
यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।
डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):
थप विस्तृत जानकारीका लागि:
- म शुग्देनका बारेमा अब बोल्न सक्छु
- अमेरिकामा रंगभेद विरूद्ध तिब्बती
- दलाई लामा युरोपमा “एकदमै धेरै” शरणार्थीहरू छन् भन्नुहुन्छ
- दोर्जे शुग्देनको उदाहरणीय कथाहरु र सजीब उपन्यास
- तिम्रो मस्तिष्कको भूमि
- तपाईं धर्म निरपेक्ष वा आध्यात्मिक हुनुहुन्छ?
- कसरी तिब्बती नेतृत्वले प्रायोजकलाई व्यवहार गर्दछन् (जिन्दक)
- ट्रोड खङसार – ल्हासास्थित ४०० वर्ष पुरानो दोर्जे शुग्देनको पुजाघर
- ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
Please support us so that we can continue to bring you more Dharma:
If you are in the United States, please note that your offerings and contributions are tax deductible. ~ the tsemrinpoche.com blog team
DISCLAIMER IN RELATION TO COMMENTS OR POSTS GIVEN BY THIRD PARTIES BELOW
Kindly note that the comments or posts given by third parties in the comment section below do not represent the views of the owner and/or host of this Blog, save for responses specifically given by the owner and/or host. All other comments or posts or any other opinions, discussions or views given below under the comment section do not represent our views and should not be regarded as such. We reserve the right to remove any comments/views which we may find offensive but due to the volume of such comments, the non removal and/or non detection of any such comments/views does not mean that we condone the same.
We do hope that the participants of any comments, posts, opinions, discussions or views below will act responsibly and do not engage nor make any statements which are defamatory in nature or which may incite and contempt or ridicule of any party, individual or their beliefs or to contravene any laws.
Please enter your details