ईश्वरीयता (ईश्वर) लाई पुकार्नु
दोर्जे शुग्देनले आवश्यकताको समयमा कसरी सहायता गर्नुभयो…
यस्ता धेरै साधारण अध्यात्मिकता अभ्यास गर्ने व्यक्तिहरू हुन्छन् जसले यो अभ्यास गर्नुको पहिलो कारण व्यक्तिगत हो भनेर मान्न लाज मान्छन् जसलाई आफु खुशी हुन गर्ने कामको रूपमा वर्गीकरण गर्न सक्छौ| यदि कसैले ईश्वरलाई (कुनै पनि धर्मको) गरेको शान्त प्रार्थनालाई सुन्न सक्छ भने, उनीहरूले ‘म यो चाहन्छु, म त्यो चाहन्छु, म त्यो चाहन्न, आदि भनेर साधारणतया बुझिरहेका हुन्छन्|
मेरो परिवार पनि त्यसको अपवाद होइन| एक गर्मीयाममा हामी घुम्ने तरखरमा थियौ र हाम्रो छोराको पासपोर्ट (राहदानी) नवीकरण गर्नुपर्यो| उसको पासपोर्टको म्याद सकिन तीन हप्ताअघि हामीले दूतावासमा आवेदन दियौ र त्यहाँ एउटा समस्या पर्यो, किनभने दूतावासले अझै केही कागजातहरू माग्यो, जुन हामीले चार दिनभन्दा कम समयमा दिन सक्दैन थियौं|
आत्तिएको बेला, हामीले हाम्रो छोराको धर्मपिता(गडफादर)लाई सम्पर्क गर्यौं, जसले उक्त दूतावासको प्रमुखलाई राम्ररी चिन्थे| उहाँले धेरै फोन गर्नुभयो तर त्यहाँ सम्पर्क हुन सकेन र मेसेज गर्नुभयो तर कुनै जवाफ आएन|
यो हामीले भ्रमण गर्नुभन्दा करिब दुई दिन अघि भएको थियो र अब हाम्रो छोराले आफ्नो यात्रा रद्द गर्नुपर्नेछ भन्ने हामीलाई लागिरहेको थियो| यसैबीच हामीले हाम्रो राजा रक्षक, दोर्जे शुग्देन पुजा गर्यौं र रक्षकलाई यो सम्बन्धमा सहयोग गर्न अनुरोध गर्यौं|
पुजा गरेको बेलुकी हाम्रो छोराको धर्मपिता (गडफादर) आफ्नो साथीलाई छोड्न विमानस्थल जानुभएको रहेछ र चेक इन डेस्कमा कसैले उहाँको पछाडी ढाडमा हातले थपथपायो| उहाँ पछाडी फर्कनु भयो र आफ्नो आँखामा विश्वास गर्न सक्नुभएन जब उहाँले दूतावासका प्रमुखलाई देख्नुभयो|
अर्को दिन हामीले हाम्रो छोरालाई दुतावास प्रमुखसँग भेट्न लग्यौं र उसको पासपोर्ट बिना कुनै झन्झट नवीकरण भयो र उ पनि परिवारसँगै वार्षिक बिदामा सामेल हुन पायो|
यो संयोग मात्र पनि हुन सक्छ, तर हामी, हामीमा कुनै दुविधा छैन कि हाम्रो रक्षक हाम्रो सहायताको लागि आउनुभएको थियो|
हाम्रो परिवारको यात्रा शुभ रह्यो किनभने हामीले राजा रक्षक र उहाँको मुख्यमन्त्री कार्चे मार्पोसँग Bentong, Pahang स्थित केचरा वन रिट्रिटमा (लगभग ७०० जनासँगै) दर्शन गर्ने अवसर पायौं|
निःशुल्क डाउनलोड गर्नुस।
दोर्जे शुग्देनका चित्रकथा।
यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।
डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):
[…] ईश्वरीयता (ईश्वर) लाई पुकार्नु […]
[…] ईश्वरीयता (ईश्वर) लाई पुकार्नु […]
म सधै इश्वरीयताको खोजी गर्ने मान्छे हु। म सधै भगवान दोर्जे सुग्देनको नि प्रार्थना गर्छु। हे भगवान मेरो जिवनलाइ दिशानिर्देश गर्नुहोस्। मलाइ र मेरो परिवार सबैलाइ तपाइको आशिष् दिइरहनु होस्।
[…] ईश्वरीयता (ईश्वर) लाई पुकार्नु […]