
अन्तमा तपाईंले अाफ्नो धर्म जिज्ञासाहरू बारे केचाराका सम्माननीय पुरोहितहरूसँग स्पष्ट रूपमा सोध्न पाउने तपाईंको लागि एक खण्ड मात्र अाफ्नो प्रश्न तल पोष्ट गर्नुहोस् र हाम्रा पुरोहितहरू मध्ये कोही एकले तपाईंको प्रश्नको उत्तर दिनुहुनेछ।
नोट: माननीय छेम रिन्पोछेको ब्लगको यो खण्ड धर्म सम्बन्धित प्रश्नहरू वा केचारा र हाम्रो वंशसँग सम्बन्धित प्रश्नहरूको लागि हो। यदि प्रश्न प्रासंगिक छैन वा हाम्रो दायराभन्दा बाहिर छ भने हामी सम्मानका साथ अाग्रह गर्छौँ कि तपाईं थप सान्दर्भिक स्थानमा गई अाफ्नो उत्तर खोजिदिनुहोला। तपाईंले प्रश्न सोध्नु अगावै हामी तपाईंलाई सुझाव दिन चाहन्छौँ कि तपाईंले प्रश्न पोष्ट गर्नु अगाडी हाम्रा पुराना पोष्टहरू हेरिदिनुहोस् वा यस ब्लगको बारेमा खोज गरिदिनुहोस्। किनभने तपाईंको प्रश्नको उत्तर पुरानो पोष्टमा दिईसकेको पनि हुनसक्छ।
पहिलाको प्श्नको विचारहरू सरसरती हेर्नुहोस् र पुरोहितको उत्तरहरूबाट सिक्नुहोस्। पुराना प्रश्नहरू हेर्न फरक पृष्ठ नम्बरहरूमा क्लिक गर्नुहोस् वा एरोमा क्लिक गर्नहिस्।
द्वारा प्रश्न सोधिएको
the buddhist seeker
In the video 'Sengdongma Mantra' by the Youtube channel Kechara , Tsem Rinpoche pronounced Sengdongma mantra as ' ah kha sama ranza shanda rasa maraya phet'. But in the video ' The wrath of Sengdongma' by the channel Tsem Rinpoche, Tsem Rinpoche pronounces it as 'a ka sa ma ra tsa sha da ra sa maaraya phet'. Please tell which pronunciation should be considered correct. Also, on your website you mentioned that Pastor Niral Patel had a ghost problem and he was cured of his problem through Sengdongma practice. Which pronunciation out of the two aforementioned pronunciations by Tsem Rinpoche did Pastor Niral Patel use?
द्वारा प्रश्न सोधिएको
JA
Hi, 您好。请问佛教有那么多的本尊修持,如果我们没有上师的话,要怎样知道哪一个本尊的修持法适合自己呢?
द्वारा प्रश्न सोधिएको
sonia
Ca n anybody help me to do this pooja cause mi have problem kindly watsup me 7814289834
द्वारा प्रश्न सोधिएको
Murungi
Born 1st March 2003 at around 1:00 AM (GMT +3
IN UGANDA) what's my reading and analysis
द्वारा प्रश्न सोधिएको
Tshering
Will tomorrow be something to me
द्वारा प्रश्न सोधिएको
Tom
Hi Pastor, Is it required to have empowerment or initiation to recite Palden Lhamo’s mantra
द्वारा प्रश्न सोधिएको
Tenzin Phuntsok
What will my future be
द्वारा प्रश्न सोधिएको
Mike Cronshaw
Hi
is there an English translation on the teaching of Kyabje Zong Rinpoche teaching on guru yoga?
Regards
Mike
द्वारा प्रश्न सोधिएको
Gyaleg Lama
What am I here for? My name is Gyaleg Lama born on 02.04.2004 India I wanna know what my purpose in this life is? Genuinely.
द्वारा प्रश्न सोधिएको
Terri
Tashi Delek Pastors,
I am a lay Buddhist practitioner and have been feeling a sincere calling toward monastic life and become a monk/nun. I am writing to ask whether this aspiration is something that can be realistically explored and, if so, how one might begin.
Thank you
द्वारा प्रश्न सोधिएको
Iccha Phagami Pun
What will be my future?
द्वारा प्रश्न सोधिएको
Sai
Do Rinpoche’ s students do the sadhana of the previous Rinpoche? Can people still do the sadhana of previous Rinpoche but add in the young yangsi’s long life prayer instead of Tsem Rinpoche swift reincarnation prayer? 🙏
द्वारा प्रश्न सोधिएको
nate
Hi everyone I am Nate wanna give a big thanks to this wonderful psychic for bringing my husband back to me.. I never really believed in magic spells or anything spiritual but a trusted friend opened my eyes to the truth about life. My marriage was heading to divorce a few months ago. I was so confused and devastated with no clue or help on how to prevent it, till I was introduced to this Doctor Masako that did a love spell and broke every spiritual distraction from my marriage. A day later my husband started showing me love and care even better than it used to be, he’s ready to talk things through and find ways for us to stay happy. It’s such a miracle that my marriage can be saved so quickly without stress. You can also contact him for help by email doctormasako@gmail.com or you can also visit his website: https://doctormasako2.wixsite.com/drmasakospelltemple
द्वारा प्रश्न सोधिएको
Stanzin laton
Hello I'm wanted to know when I'm getting job? I'm 30 now my actual dob is 3 feb 1995 but my documents dob is 2 fen 1998
द्वारा प्रश्न सोधिएको
Rojal Poudel
The path of Arahantship and Buddhahood are different from what I’ve heard. The integrated practices of Samatha and Vipassana lead to the realization of emptiness which is crucial for the state of an Arahant. The state of Buddhahood is from the path of Bodhisattva. It works in accordance to 10 Bhumis and it takes 3 countless eons. I was wondering if one could use the integrated practices of Samatha and Vipassana to lead to the realization of emptiness in this very lifetime which is the 1st Bhumi? If that’s the case, after the realization of emptiness, can one transition to the path of Vajrayana?
द्वारा प्रश्न सोधिएको
Chemat angmo
Born March 4 1997
द्वारा प्रश्न सोधिएको
Kseniia
Hello, how can I receive a Vajrayogoni- tantra initiation, please
Thank you
द्वारा प्रश्न सोधिएको
sengamutasa
+256753922268 Powerful Death spell caster, Revenge spells in USA, Australia, UK, CALIFORNIA, CANADA, LONDON, SOUTH AMERICA.
+256753922268 Call Dr Janani for top leading powerful revenge death spells that work immediately in Usa, Canada, Australia, United Kingdom, Italy, Germany, Norway and i can help you to kill ur ex lover within 24 hours, 48 hours and 72 hours with a guaranteed results, and i can also help you to kill ur enemies with my combination of vooodo doll, black magic that work fast in killing ur enermies , due to my experience in the world i can also help you to bring back ur ex lover with same day process . with all my satisified client in world am very good in death spells, revenge spells, love spells, attraction love binding spells.
AND THERE IS NO ANY BACKFIRE AFTER USING MY STRONG SPELLS CALL ME NOW ON
Phone : +256753922268
Email: sekamaterigan900@gmail.com
Name: Dr Janani
द्वारा प्रश्न सोधिएको
Keenan
My schedule is very tight , can I do my guru yog practice after eating in clz .
पुरोहितहरूलाई भेट्नुहोस्
समाजको सेवा गर्दै: अथकरूपमा
पुरोहित बनाउनेको जिम्मेवारीहरू र साधारण व्यक्तिको संयोजन गर्दा, पुरोहितहरू संघ र दैनिक अभ्यासकर्ताको बिचमा सम्बन्ध जोड्ने कारक हुन्। उनीहरू सामान्य मान्छे हुन् जसले आफ्नो जीवन बौद्ध संस्कृति बाँड्नको लागि समर्पित गर्ने जस्तो असाधारण कदम लिए। साधारण व्यक्तिले प्रतिज्ञा ग्रहण गरेसँगै, पुरोहितहरूले मान्छेहरूलाई मार्गदर्शन र ज्ञान प्रदान गरी धर्मलाई धेरै मान्छेहरूमा पहुँचयोग्य बनाउनेछन्। पुरोहितहरू सामान्यतया केचारा भवनमै उपस्थित हुन्छन् र परामर्शको लागि house@kechara.com. मा सम्पर्क गर्नुहोला।.
पुरोहित ची ( हुनेवाला भिक्षुणी)
पुरोहितको रूपमा, चीले अाफ्नो जीवन छेम रिन्पोछेको काम र धर्मका बारे धेरै मानिसहरूलाई पुजाको माध्यामद्वारा, धर्म विधि,परामर्श र उहाँको ज्ञानको साझेदारी गर्दै सन्देश बाँडी अरूलाई फाईदा पु-याई बिताउनु भएको छ।
सन्२०११ मा पुरोहितको रूपमा स्थापित ची सोङ्ग पेङको मूल्यवान र विविध धर्म जीवनवृत्ती रहदै अाएको थियो। उहाँको केचारा प्याराइडस रिटेल अाउटलेट्समा मुख्य स्थान रहदै अाएको छ, छेम रेन्पोछेको व्यक्तिगत सेवकको रूपमा सेवा गरे, विभिन्न तिर्थयात्राहरूमा साथ दिए र उच्च योगा तान्त्रिक अभ्यासको दिक्षा पाए। उनले धेरै पुजाहरू पूरा गरेका छन् र धर्मको बारे गहिरो बुझाई पनि उनीसँग छ।
पुरोहितको रूपमा रहेका चीले अाफ्नो जीवनलाई छेम रिन्पोछेको लाभान्वित कार्य र मानिसहरूमा धर्म फैलाउने, पुजा विधि,शास्त्रीय विधि, परामर्श र अाफूमा भएको ज्ञान बाँडेर समर्पित गर्नुभएको छ।
जब चीले पहिलो चोटि छेम रिन्पोछेलाई भेटे,उनलाई सोधिएको थियो किन उनी भिक्षु बन्न चाहन्छन्, यद्दपि यो उनको अाकाक्षां थियो तैपनि उनले छेम रेन्पोछेलाई भने कि उनले यो केहि समय पश्चात गर्ने छन्। चीको लागि उनी धर्ममा पूर्ण समय दिने भइसकेका छन्,यो उत्तम हुनेछ कि उनी पुरोहित बनाउने व्यक्तिका रूपमा काम गरून्। छेम रेन्पोछेले बारम्बार चीलाई भिक्षु बन्ने काम तिर लाग्न सम्झाउनु भएको छ र उनले प्रतिज्ञा गरेका छन् कि उनी भविष्यमा त्यो गर्नेछन्।
केचारा एक धर्ममा अघि बढ्दै गरेको संगठन थियो जसको केचारा फरेष्ट रिट्रिट जस्तो प्रमुख परियोजना रहेको थियो, त्यसैले चीले सोचे कि यो नै एक उचित समय थियो भिक्षु हुनको लागि।
पुरोहित खोङ जीन आइ (हुनेवाला भिक्षु)
भावी सन्ततिलाई फाइदा पु-याउनको लागि अरूलाई बुद्धको शिक्षा अनुसार जीवन जिउने कलामा प्रेरणा दिनको लागि,जीन अाइ, लामा सोङ्गखापाको शिक्षाहरू बाँड्ने माध्यम बन्न चाहन्छिन्।
जीन अाइले माननीय छेम रिन्पोछेलाई सानो हुँदा भेटेकी थिइन् र उनको अामा बाबुको केचारासँगको वर्षोँको संलग्नताको माध्यमबाट, उनले माननीय छेम रिन्पोछे बिनाको जिन्दगी बारे कहिल्यै थाहा पाईनन्। जीन अाइ अाफ्नो बाल्यकाल र किशोर अवस्थामा छेम रिन्पोछेको निरन्तर रूपमा स्वयम् सेविका थिइन्। बेलायतको वारवीक विश्वविद्यालयबाट मनोविज्ञान संकायमा बि.एस.सि(hons) सहित स्नातक तह उत्तिर्ण गरी लण्डन प्रोवेशन सर्भिसमा काम गरेपछि,उनी छेम रिन्पोछे ई-विभागमा सामेल हुन क्वालालम्पुर फर्किन्। त्यहाँ उनले kechara.com चलाईन, साप्ताहिक केचारा e-newsleter को जिम्मेवारी सम्हालिन्, साथसाथै सामाग्री उत्पादन र सम्पादन पनि गरिन्। त्यस बेला देखि उनी माननीय छेनम रिन्पोछेको लेखन समूहमा सामेल भइन् र उहाँको निजी निर्देशनको कार्यान्वयन र उनको पत्राचार प्रबन्धनको जिम्मेवारी पनि सम्हाल्दै अाई रहेकी छिन्।
सन् २००४ मा भारतको एक मठ भ्रमण गर्दा, जीन अाइ सम्झिन्छिन् कि सबैजना कति धेरै खुशी र उद्देश्यपूर्ण थिए। उनले पारिवारिक पन महसुस गरिन् र भिक्षुहरूले पहिरिएको वस्त्र देखेर उनले सान्त्वना पाईन्। तुरून्तै जीन अाइले अाफ्नी अामालाई सम्पर्क गरिन् जसले उनलाई रिन्पोछेको सल्लाह माग्न भनेकी थिइन्। रिन्पोछेले उनलाई अाफ्नो धर्म निरपेक्ष शिक्षा पूरा गर्न भन्नुभयो जसले गर्दा जब उनले धर्मको बारे शिक्षा दिन्छिन् उनको वाणीले विश्वविद्यालयको डिग्रिको जस्तो वजन र विश्वासनीयता बोकोस्, त्यो कुरा जुन उनले कुनै दिन भिक्षुणी बन्ने अाशा राखी प्रेरणाला साथ पूरा गरेकी थिइन्।
उनको भिक्षुणी बन्ने प्रक्रियाद्वारा, भावी सन्ततिलाई फाइदा पु-याउनको लागि अरूलाई बुद्धको शिक्षा अनुसार जीवन जिउने कलामा प्रेरणा दिनको लागि,जीन अाइ, लामा सोङ्गखापाको शिक्षाहरू बाँड्ने माध्यम बन्न चाहन्छिन्। यसबाट उनी अाफ्नो गुरू र अामाबाबुको दयाको गुन चुकाउन चाहन्छिन्।सबै भन्दा खास कुरा उनी सबै दु:ख कष्टबाट मुक्त हुने अवस्था पाउन चाहन्छिन् र यो उनी अरूहरूको लागि पनि गर्न चाहन्छिन्।
पुरोहित सिन तान (हुनेवाला भिक्षु)
सीनको लागि,अरूलाई धर्म बाँडी अरूले गरेको दया चुक्ता गर्न र अरूको लागि पूर्णतया प्रतिबद्ध हुन यो अगाडी बढ्ने उत्कृष्ट कदम हो।
केचारामा आवद्ध हुनु भन्दा अगाडी,सीनले सुरूवाती दिनहरूमा प्रध्यापक र सामाग्री प्रदायक र ई-लर्निङ सामाग्री जस्ता विभिन्न कामहरू गरिन्। जब विभिन्न कलेजहरूमा विद्यार्थीहरूलाई सिकाउने शिक्षकहरूलाई अङ्ग्रेजी फर स्पेसीफिक परपोजमा(ESP) प्रशिक्षण दिँदा, माननीय छेम रिन्पोछेद्वारा दिने धर्म वचनमा सहभागी हुन उनलाई केचारामा आमन्त्त्रित गरियो। यो कार्यक्रमले उनका तिब्बती बौद्ध धर्म प्रति इच्छा उजागर ग-यो, जुन उनी सम्झिन् छिन् किशोरीको रूपमा आफ्नो आमा बाबुलाई त्यो शिक्षामा साथ दिँदाको खुशी।
सन् २००६ मा केचारा मिडिया एण्ड पब्लिकेशनमा स्वयम् सेविकाको रूपमा आबद्ध हुँदा, माननीय छेम रिन्पोछेको शिक्षाहरूलाई विश्व भरका धेरै मान्छेहरूमा पु-याउने लक्ष्य बनाई,उनले त्यहाँ कार्यकारी बजार व्यवस्थापकको रूपमा पूर्ण समय काम गर्ने ठानिन्। सीन अहिले छेम ल्याड-याङ टिमको सदस्य छिन्,जसले माननीय छेम रेन्पोछेको लौकिक विषयहरू हेर्दछ, जसकारण रेन्पोछे पवित्र धर्म शिक्षा दिन ध्यान केन्द्रित हुन पाउनु भएको छ।
सीन भन्छिन् कि जब उनले केचारामा पूर्ण समयको लागि आबद्ध हुने निर्णय गरिन्,उनले अगाडी नै सोचि सकेकी थिइन् कि उनी अरूको लागि लाभकारी हुनेछिन् र आफ्नो जीवन त्यसमै व्यतित गर्ने छिन्। माननीय छेम रिन्पोछेसँग नजिक भई काम गर्दा, अरूलाई मद्दत र अथाह चुनौतिहरूको बाबजुत गादेन संस्कृतिद्वारा, बुद्ध धर्मको प्रचारप्रसारमा नथाकि गरेको उनको प्रयास देख्दा उनले महसुस गरिन् कि अर्को तार्किक चरण भनेको भिक्षु बन्नु हो जसले गर्दा उनले आफ्नो गुरूसँग पढ्ने मौलिक अवसर पाउछिन्।सीनको लागि,अरूलाई धर्म बाँडी अरूले गरेको दया चुक्ता गर्न र अरूको लागि पूर्णतया प्रतिबद्ध हुन यो अगाडी बढ्ने उत्कृष्ट कदम पनि हो।
पुरोहित एडेलाइन उन् (हुनेवाला भिक्षु)
जब देखि उनले आफ्नो आध्यात्मिक घर केचारामा पाइन्, एडेलाइनले धर्म कार्यलाई आफ्नो जीवनको उद्देश्य बनाईन् र अरूको सेवामा आफूलाई पूर्ण समर्पण गर्ने इच्छा व्यक्त गरिन्।
सन् २०१० को अन्त्यतिर एडेलाइन संयोग बश माननीय छेम रिन्पोछेको ब्लगमा पुगिन् त्यस दिन देखि उहाँको ब्लग र फेसबुक पेज फलो गरिरहेकी छिन्। सन्२०१२ जुलाईमा धर्म ड्रम बुद्धिष्ट कलेज ताईवानबाट रिलिजियर्स स्ट्रडिजमा स्नाकोत्तर गरेपछि, उनी मलेसिया फर्किन् र केचरामा वरिष्ठ शिक्षा कार्यकारीको रूपमा संलग्न भईन्। एडेलाइन् माननीय छेम रिन्पोछेको वास्तविक कुरा गर्ने बानीले आकर्षित भईन् र उनको अभिभावकत्वमा केचाराको प्रगति देखि प्रभावित भइन्। एडेलाइनको लागि,माननीय छेम रिन्पोछे त्यो व्यक्ति हुन् जसले बोलेको कुरा पु-याउनुहुन्छ, आफ्नो प्रतिज्ञालाई पूरा गर्नुहुन्छ र अरूलाई साँचो रूपमा हेरचाह गर्नुहुन्छ जुन गुरू भक्तिको एकदमै राम्रो उदाहरण हो, यी गुणहरू जुन उनी आफू पनि पाउन चाहन्छिन्।
जब देखि उनले आफ्नो आध्यात्मिक घर केचारामा पाइन्, एडेलाइनले धर्म कार्यलाई आफ्नो जीवनको उद्देश्य बनाईन्।यो सन्२०१३ मे मा हो जब उनले आधिकारिक रूपमा माननीय छेम रिन्पोछेलाई आफूलाई भिक्षुणी बनाई आफ्नो जीवन पूर्ण रूपमा धर्ममा समर्पित गर्न आग्रह गरिन्। एडेलाइनको आधारमा, भिक्षु बन्नु भनेको उनी आफ्नो भित्री आत्माप्रति सच्चा भई धर्मको आधारमा जीवनयापन गर्नु र अरूको लागि लाभदायक हुनु हो।
तथापि यो उनले आफ्नो मूल गुरूसँग भेटेर र उहाँको अधिनमा रही अध्ययन गरे मात्र सम्भव छ।
पुरोहित निरल पटेल (हुनेवाला भिक्षु)
आफूलाई राम्रो बनाउन भावी सन्ततिको लागि हाम्रो वंसजहरूको शिक्षाहरू अनुशरण गरी सुरक्षित गर्ने प्रेरणाको साथ निरल पूर्ण रूपमा पुरोहित बन्न चाहन्छन्। उनी अरूलाई लाभान्वित पार्न चाहन्छन्,जसरी उनी आफू लाभान्वित भएका थिए र अझै पनि छेम रिन्पोछेको धर्म बारे व्याख्याबाट लाभान्वित भई नै रहेका छन्।
निरल बेलायत मै जन्मिय र हुर्किए, मानव विज्ञानमा स्नातक गरेका,उनी छेम रिन्पोछेको युटुब च्यानलमा संयोग बस आउनु अघि सर्भिस अपार्टमेन्ट र होटेल कम्पनीमा साथ साथै व्यवस्थापन सेवा कम्पनीमा वित्तिय प्रशासकको रूपमा काम गर्दै थिए। माननीय छेम रिन्पोछेको शिक्षाहरूले गर्दा उनले आफ्नो र अरूको जीवन सुधार्न धर्मको अभ्यासको कति महत्व हुन्छ भन्रे बारे थाहा पाए।
बेलायतमा रहेका छेम रिन्पोछेको लामो समयका एक विद्यार्थीसँग सम्पर्कमा रहँदा,सन्२०१२ तिर १० दिनको लागि केचारा भ्रमण गर्ने प्रोत्साहन पाए। भ्रमणको अन्तिम दिन छेम रिन्पोछेले निरललाई केचारामा काम गर्न आउन आग्रह गर्नुभयो,जुन कुरालाई उनले स्वीकार गरे।
सन्२०१३ फेब्ररीमा निरल केचारा भवनमा शिक्षा समन्वयकका रूपमा काम गर्न,शिक्षा विभागलाई नयाँ शिक्षा पाठ्यक्रमको सृजना र कार्यन्वयनमा सघाउन, केचारा सन्डे धर्म स्कूलको समयमा युवाहरूलाई पढाउन उनी मलेसिया आए।जब देखि छेम रिन्पोछेबाट धेरै धर्म कार्य गर्न र आफूलाई राम्रो बनाउन प्रोत्साहित भए। यही कुरा ध्यानमा राखी,निरलले मठको भिक्षु बनाउन आग्रह गरे।
आफूलाई राम्रो बनाउन भावी सन्ततिको लागि हाम्रो वंसजहरूको शिक्षाहरू अनुशरण गरी सुरक्षित गर्ने प्रेरणाको साथ निरल पूर्ण रूपमा पुरोहित बन्न चाहन्छन्। उनी अरूलाई लाभान्वित पार्न चाहन्छन्,जसरी उनी आफू लाभान्वित भएका थिए र अझै पनि छेम रिन्पोछेको धर्म बारे व्याख्याबाट लाभान्वित भई नै रहेका छन्।
पुरोहित ट्यान गीम ली( हुलेवाला भिक्षुणी )
गीम लीको मुख्य उद्देश्य भनेको जो कोही व्यक्तिहरूलाई मार्ग निर्देश गर्नु र सहयोग गर्नु ,केचाराको ढोकाद्वारा धर्म बाँड्नु,सल्लाह,परामर्श दिनु, पुजाआजा गर्नु र अन्य धार्मिक सेवाहरूमा केन्द्रित रहनु हो। उहाँ रेन्पोछेको दयालाई पवित्र लामा सोङ्गखापाको शिक्षा र प्रेरणाहरूलाई अन्य मानिसहरूको आध्यात्मिक बाटो पहिल्याउनको लागि बाँड्न चाहनुहुन्छ।
संयोगवश उहाँले केचाराको खोज सन्२००६मा गर्नुभयो र केचाराको कार्यक्रमहरूको अभ्यास तुरून्तै सुरू गर्न थाल्नु भयो, विशेषगरी रिट्रिटको १ करोड मिग्चेमा मन्त्र उच्चारण गर्न थाल्नुभयो।जब सन् २००६,अप्रिलमा, गीम लीले माननीय छेम रिन्पोछेलाई भेट्नुभयो र पहिलो पटक रिन्पोछेबाट उहाँको शिक्षा सुन्नुभयो, गीम अनियन्त्त्रित भएर रूनुभयो। त्यो बेला उहाँले केही बुझ्नुभएको थिएन, अन्तत: उहाँले आदर्श शिक्षक भेटाउनुभयो। उहाँ विशेष गरी छेम रेन्पोछेको मैत्रीमय शिक्षण तरिका र गुरूको आफ्नै उदाहरणबाट प्रभावित हुनुभएको थियो।
उहाँले केचारा घरमा एक दायित्व बोध घर व्यवस्थापन कर्मचारीको रूपमा सन्२००९ मा आबद्ध हुनुभयो,गीम ली अहिले केचारा घरको फ्रन्ट डेस्क म्यानेजर प्रमुख भएर रिट्रिट सेन्टर बेन्टोङ्ग,पेहाङ्गमा हुनुहुन्छ। उहाँले सन्डे धर्म कक्षा पनि लिनुहुन्छ र छेम रिन्पोछेको ब्लग च्याटको धर्म छलफलको मध्यमार्गी पनि हुनुहुन्छ। Tsem Rinpoche's blog chat.
छेम रिन्पोछेबाट प्राप्त धेरै शिक्षाहरूद्वारा उहाँको जीवनको आवश्यकताहरू नै परिवर्तित भएकोछ। उहाँले आफ्नो जीवन उद्देश्यको प्रश्नको उत्तरहरू प्राप्त गर्नुभएको छ, र उहाँले भगवान् बुद्धले सिकाउनुभएको करूणा र ज्ञानको बाटो पछ्याएर मात्र दु:ख र रिसबाट मुक्त हुन सकिन्छ भन्ने कुरा थाहा पाउनुभएको छ। यो बोधले उहाँलाई भिक्षुणी भएर संघको सदस्य हुन डो-याएकोछ।
अहिले पुरोहित,र पछिको बौद्ध भिक्षुणी,गीम लीको मुख्य उद्देश्य भनेको जो कोही व्यक्तिहरूलाई मार्ग निर्देश गर्नु र सहयोग गर्नु ,केचाराको ढोकाद्वारा धर्म बाँड्नु,सल्लाह,परामर्श दिनु, पुजाआजा गर्नु र अन्य धार्मिक सेवाहरूमा केन्द्रित रहनु हो। उहाँ रिन्पोछेको दयालाई पवित्र लामा सोङ्गखापाको शिक्षा र प्रेरणाहरूलाई अन्य जनहरूको आध्यात्मिक बाटो पहिल्याउनको लागि बाँड्न चाहनुहुन्छ।
पुरोहित ल्हो सेङ्ग पिअो (हुनेवाला भिक्षु)
ल्हो सेङ्ग पिअोले मजबूत तरिकाबाट छेम रेन्पोछेलाई संसारभरि धर्म फैलाउनको लागि इच्छा प्रकट गरे। यो दृढताका साथ उनले क्याम्ब्रिज विश्वविद्यालयबाट(जहाँ बाट उनलाई अध्ययनको लागि प्रस्ताव आएको) पि.एच.डीको लागि आएको प्रस्तावलाई अस्वीकार गर्ने निधो गरे,उनले रिसर्च कामबाट पनि राजीनामा दिए र छेम रेन्पोछेको पूरा समयको धर्म सेवकको रूपमा समावेश भए र त्यहाँदेखि कहिले पछाडी फर्केर हेरेनन्।
पछिल्लो सन्२००१,मा ल्हो सेङ्ग पिअोलाई कसरी धर्ममा सहभागी हुने भनेर आभास भएको थिएन। मास्टस् डिग्री इन्जिनियरिङमा गरेका ल्हो सेङ्ग पिअो, रिसर्च इन्जिनियर भएर सिंगापुरमा कार्यरत थिए जब उनले माननीय छेम रिन्पोछेलाई भेटे। रिन्पोछेको गहकिलो कुराबाट बलियो प्रकारले प्रभावित भए ल्हो सेङ्ग पिअो र केही समयमा नै रिन्पोछेको भेटद्वारा ल्हो सेङ्ग पिअोले रेन्पोछे र केचाराको लागि वेबसाइटको विकास गर्न सुरूवात गरे।
ल्हो सेङ्ग पिअो विज्ञानमा दखल राख्ने व्यक्तिमा पर्छन्,तर छिट्टै उनले महसुस गरे कि विज्ञानले दिन नसकेको उत्तरहरू। त्यही समयमा,उनले अनुभव गरे कि विज्ञान र शिल्प विज्ञान चाहिँ मानिसहरूको समस्याको समाधान होइन,मानिसहरू आजभन्दा हजारौँ वर्ष अघि अझ राम्रा थिए, तर समस्याहरू अहिले पनि यो संसारमा उस्तै नै छन्,यदि होइन भने र हामी हाम्रा पुर्खाहरूभन्दा धेरै कम मात्रामा खुशी छौँ।
ल्हो सेङ्ग पिअोले छिटै थाहा पाए कि धर्म नै मानव जातिहरूको समस्याको एक उत्तम हल हो र अहिलेको आधुनिक कालमा माननीय छेम रिन्पोछेले प्रयोगमा ल्याउनुभएको पद्धति एकदमै उपयुक्त छ।ल्हो सेङ्ग पिअोले मजबूत तरिकाबाट छेम रिन्पोछेलाई संसारभरि धर्म फैलाउनको लागि इच्छा प्रकट गरे। यो दृढताका साथ उनले क्याम्ब्रिज विश्वविद्यालयबाट(जहाँ बाट उनलाई अध्ययनको लागि प्रस्ताव आएको) पि.एच.डीको लागि आएको प्रस्तावलाई अस्वीकार गर्ने निधो गरे,उनले रिसर्च कामबाट पनि राजीनामा दिए र छेम रिन्पोछेको पूरा समयको धर्म सेवकको रूपमा समावेश भए र त्यहाँदेखि कहिले पछाडी फर्केर हेरेनन्।
रिन्पोछेसँगको भेटले ल्हो सेङ्ग पिअोलाई स्फूर्ति दिने काम ग-यो। उनले कहिले पनि धर्म यति असाधारण हुन्छ सोचेका थिएनन्। रिन्पोछेसंगको व्यक्तिगत सहभागिताले,ल्हो सेङ्ग पिअोले गुरूसँग धेरै अविश्वसनीय क्षणहरू बिताए र आफूलाई एकदमै भाग्यमानी ठाने,किनभने ल्हो सेङ्ग पिअोले,वास्तविक धर्मलाई व्यवहारिक रूपमा उतारेको प्रत्यक्ष देखे। यि कुराहरूले उनलाई ७दिन २४घण्टा धर्म अभ्यास गर्न चुनौती दिए। यो पद्धतिबाट,रेन्पोछेले उनमा भएका पुराना संस्कारहरू र सोच्ने तौर तरिकामा फरक आएकोछ जसले गर्दा उनलाई धार्मिक संस्कारहरूमा ध्यान दिन मद्दत पुगेको छ।
रिन्पोछेले दिनुभएको शिक्षालाई हेर्दा हेर्दै मूर्तरूप दिनको लागि कुनै दोधार बिना नै ल्हो सेङ्ग पिअोले धर्म विश्वासमा लागे जुन हाम्रो मस्तिष्क विकासको लागि माथिल्लो अवस्था र प्रबुद्धत्व प्राप्त गर्ने सम्भावना दृढ हुन्छ। यि सबै तत्वहरूले ल्हो सेङ्ग पिअोलाई धर्म जीवनवृत्ति गर्न पुरोहितबाट भिक्षु हुनको लागि सघाएको छ।जहाँ उनले अझ बढी मात्रामा सही ढंगले धर्मलाई अरू माझ हस्तान्तरण गर्न र धर्मको लाभ अरूमा बाँड्न सघाउ पु-याउनेछन्।
पुरोहित येक यी
स्वाभाविक रूपमा अन्तर्मुखी व्यक्ति, येक यीले कुनै समयमा आफ्नो कमजोरी रहेको कुरालाई अहिले आफ्नो ताकत बनाएकी छिन्। कुनै समय जुन कुरा गर्न नसकिने थियो अहिले सजिलै गर्न सक्ने भएकी छिन्।
कोक येक यी ९ वर्षको सुकुमारी उमेरदेखि नै स्वतन्त्त्रता दबाउन बाध्य भएकी थिइन्,जब उनले जीवनयापन गर्नको लागि अध्ययनका साथ-साथै काम पनि गर्नुपर्थ्यो। सधैं अन्तर्मुखी, येक यीको थोरै मात्र साथीहरू थिए र उनलाई आफ्नो कुराहरू व्यक्त गर्न धेरै गाह्रो हुन्थ्यो। त्यसैले यो नसोचिएको कार्य क्षेत्र थियो जब उनले पत्रकारितामा कदम चालिन्।
येक यी श्रेष्ठ घोषित हुँदै गुयाङ्ग मिङ्ग दैनिकी र न्यान्याङ्ग सियाङ्ग पाउबाट रिपोर्टर अवार्ड जित्न सफल भइन्।उनको लेखहरू संग्रह प्रसंसकमा आधारित र उनको लेखाईमा भावनाहरू र सोचहरूको शसक्त निकास भएको हुन्थ्यो जुन उनले मौखिक रूपमा व्यक्त गर्न सक्दिन थिइन्। यद्यपि, उनको सफलताले येक यीलाई सन्तुष्ट बनाएको थिएन। उनले अस्थायी खुशी खोजेकी थिइनन्। उनको लागि सफलता, पैसा, मित्रता वा समाजमा स्थापित हुनु नै खुशी प्राप्तको माध्यम थिएन।
उनको स्थायी खुशी संग संगै, येक यीले माननीय छेम रिन्पोछेलाई भेटिन्,जसले उनलाई "आफ्नो वाणीलाई प्रतिकार गर्नुको सट्टा आफ्नो लेखाईको शक्तिलाई व्यक्त गर्न भने।" यसले उनलाई केचारा मिडिया र पब्लिकेशनमा लेखिकाको रूपमा जोड्न मद्दत गर्यो, त्यसैगरी उनी सिनियर इडिटरका साथ-साथै माननीय छेम् रेन्पोछेको सम्पर्कमा आइन्।
येक यी अहिले केचारा केयरमा महत्वपूर्ण भूमिका सम्हाल्दै आएकी छिन्, उनले सल्लाह तथा सुझाव दिने, भ्रमण गर्ने, परामर्श र धर्म शिक्षाहरू बाँड्ने जो कोहि उनीहरूको दैलोमा आउँछन्। हिम्मत र लगावका साथ, उनी विल्कुलै बदलिएकी छिन् कुनै समय कमजोर ठानिएका उनका गुणहरू अहिले आएर सबभन्दा बलियो धार भएको छ, कुनै समय असम्भव मानिएका कुराहरू अहिले सम्भव हुन थालेका छन्।
पुरोहित भएर, उनको सहनशीलता र खुल्ला विचारको विकासले उनको यात्रामा केचाराले सहजपन र सान्तवना र उनमा नयाँ शक्तिको उजागरणले अरू धेरैलाई सिकाउने र प्रशिक्षित गर्ने आशा बोकेको छ।
पुरोहित लान्स चाय
एक वर्ष पुरोहित भएर,लान्स आफ्नो अभिन्न कर्तव्यहरू आफ्नो प्रतिज्ञाहरूलाई फेरि नविकरण गर्दै जारी राख्न चाहन्छिन्।
लान्सले ग्वान्जाअोको जिनान् विश्वविद्यालयबाट मेडिकलमा स्नातक र शल्य चिकित्सामा स्नातक(एम.बि.बि.एस) गरेकी छिन्,सन् १९९९चीनमा र क्वालालम्पुरको ट्रेडिस्नल चिनीयाँ मेडिकल कलेजमा पश्चिमी अौषधी बारे अध्यापन गराएर बिताइन्,धेरै वर्ष आंशिक लेक्चरको रूपमा काम गरिन्।
धेरै समयको लागि,लान्स नास्तिक भइन्,आफ्नो दिमागमा आएको प्रश्नहरूको उत्तरहरू खोज्न अवचेतन रूपमा आध्यात्मिक गरूको खोज गर्दै,प्रश्नहरू जसले उनी विश्वविद्यालयमा रहदाँको समयमा उनलाई निराशा तर्फ धकेलेको थियो। जसको लागि उनी उत्तर पाउन दार्शनिक किताबहरू पढि रहन्थिन्।
लान्सले केचाराको बारेमा पहिलो चोटि सन् २००७मा, दसौं वर्ष पुरानो साथी पुरोहित येक यीबाट थाहा पाइन्। उनी पुरोहित येक यीमा भएको पूर्ण परिवर्तन देखेर अचम्मित भइन्,जसलाई उनले सधै गैर आध्यात्मिक व्यक्तिको रूपमा चिनेकी थिइन्। केचाराको पहिलो किताब जुन लान्सले हेर्ने मौका पाएकी थिइन् त्यो बि ग्रिडिको चाइनिज संस्करण थियो। स्वभाविक रूपमा,लान्स सुरूवातमा सन्देहपूर्ण थिइन्। त्यसैले उनले दर्शनमा गल्ती भेट्टाउनको लागि किताब पढ्ने गर्थिन्। तथापि उनले कुनै पनि गल्ती भेट्टाउन सकिनन् र किताबमा भएका व्याख्याहरूको तार्किक रूप देखि प्रभावित भइन्।
सन् २००९ मार्चमा,लान्सले चाइनिज अनुवाद र प्रतिलेखनमा मद्दत पु-याउन केचारा मिडिया एण्ड पब्लेकेशन(kmp) मा आंशिकरूपमा आवद्ध भइन्।त्यही वर्ष उनी मेडिकल वा धर्म जीवनवृती अपनाउने भनेर दोधारमा परिन्, अन्तत: निश्कर्षमा पुगिन्। लान्सले महसुस गरिन् कि, दुइटै जीवनवृतीले मान्छेको दु:ख हटाउने एउटै प्रेरणा दिने हो, तर उनले महसुस गरिन् कि धर्ममा गरेको उनको कार्यले संवेदनशील प्राणीहरूको लागि अधिक योगदान पु-याउने छ।
एक वर्ष पुरोहित भएर,लान्स आफ्नो अभिन्न कर्तव्यहरू आफ्नो प्रतिज्ञाहरूलाई फेरि नविकरण गर्दै जारी राख्न चाहन्छिन्।
पुरोहित हान् ने
जब उनको मर्न लागेकी आमालाई शान्ति र आराम,रिन्पोछेबाट साक्षात्कार भइन्,तब उनले महसुस गरिन् कि उनी पनि यसरी नै अरूलाई धर्ममा आवद्ध गराउन चाहन्छिन् भनेर।
दुई बच्चाकी आमा लीम हान् ने, एक माध्यामिक विद्यालयकी अवकास प्राप्त प्रिन्सिपल हुन्।उनी सन् २०००,डिसेम्बरमा,३० वर्षको शैक्षिक पेशाबाट सेवा निवृत्त भइन्।उनले शिक्षाशास्त्रमा लेसिस्टर विश्वविद्यालय यू केबाट सन्२००१ को अन्तमा स्नातकोत्तरको डिग्री हासिल गरेकी हुन्।
मास्टर डिग्री हासिल गरेपछि, हान् ने डाक्टर शिक्षाको लागि अवसर प्राप्त गरिन् र आफ्नो अवकाशको समय, यात्रा गर्न र परिवारमा भेटघाट गरेर बिताउन थालिन्। त्यहि समयमा उनले आध्यात्मिक बाटोको खोजी पनि गर्दै थिइन्। उनले थेराभङ्यान र चिनिया महायान बाैद्ध धर्मबाट उत्तर खोज तलास गर्न सुरू गरिन्।
सन् २००४, डिसेम्बर मा, हान् ने ले लामरिम र सेतो तारा भन्ने शिर्षकमा माननीय गिलेक रिन्पोछेबाट रिट्रिटमा शिक्षा लिने अवसर प्राप्त गरिन्। रिट्रिटमा उनले आफ्नो प्रश्नहरूको उत्तरहरू पाइन्। त्यसपछि सन् २००५ जुनमा, उनको बहिनीको माध्यमबाट केचाराको बारेमा थाहा पाइन्, जहाँ उनले आध्यात्मिक मार्गदर्शनको भेट गरिन्, माननीय छेम् रेन्पोछे, जसले भर्खरै मात्र भन्नुभयो कि उनी अरूको लाभकारीको लागि धर्ममा लाग्नै पर्छ।
हान् ने विद्यालयको मार्ग निर्देशक परामर्शकर्ताको रूपमा झन्डै २० वर्ष रहनु भयो। तैपनि, जब उनको मर्न लागेकी आमालाई शान्ति र आराम,रिन्पोछेबाट साक्षात्कार भइन्,तब उनले महसुस गरिन् कि उनी पनि यसरी नै अरूलाई धर्ममा आवद्ध गराउन चाहन्छिन् भनेर।
केचाराको पुजाको समूहको एक सदस्य, जसले सोबतेन ख्याङ्गमा पुजाको आयोजना गर्नु भयो, हान् ने कन्टेन्ट डेभ्लपमेन्ट शैक्षिक विभागको एक सदस्य हुन्। यो बाहेक, साप्ताहिक केचारा च्याट टाइम टिमको सदस्य पनि हुन्।
पुरोहित डेभिड लाइ
सन् २०१४ मा, सबैको भलोको लागि डेभिडले बुद्ध धर्मावलम्बीको पुरोहितको भेष ग्रहण गर्नुका साथै संगठनको आध्यात्मिक आवश्यकताहरू र सेवाको निरन्तरता दिने निधो गरे।
दश वर्ष भन्दा पनि अघि देखि डेभिड छेम रिन्पोछेको विद्यार्थी हुँदै आउनुभएको छ, साथै उनी केचाराका एक संस्थापक सदस्य पनि हुन्। उनले केचारामा पूर्ण समयको कामदार भएर सन् २००५ मा आवद्ध भए र केचारा प्याराडाइज आउटलेटको सुरूवात देखि नै विभिन्न विभागहरूमा काम गर्दै आए।
पहिले देखि नै माननीय रिन्पोछेले डेभिडलाई लेख्नको लागि उत्प्रेरित गर्नुहुन्थ्यो। धेरै बाधा अवरोधहरू पछि डेभिडले अन्तत: आफ्नो जीवनवृत्तको पहिलो साहित्य पब्लिकेशन किताब र जीवनी निकाल्नु भयो। सन् २००९ मा उनको किताबमा आध्यात्मिक यात्रा जुन बाल्यकाल देखि थियो र कसरी माननीय रिन्पोछेलाई भेटे उल्लेख गरिएको थियो।
यो किताबको सकरात्मक प्रतिक्रियाले गर्दा उनलाई अरू थुप्रै पब्लिकेशनहरू निकाल्न मद्दत गर्यो। जस्तै: बज्रयोगीनी र अरू शक्तिशाली स्थानहरू नेपालमा- तीर्थयात्राको मार्ग नेपालमा, लामाले भन्नुभएको कथाहरू - छोटो कथाहरूको किताब र मायाको कुराकानीहरू - नाता सम्बन्धी किताब। यी सबै किताबहरूले मानिसहरूलाई प्रेरणा दिने र धर्ममा निरन्तरता दिन टेवा पुर्याउछ।
लेखन क्रिया, बाहेक डेभिडको केचारा प्याराडाइज आउटलेटमा काम गर्दा देखि नै जोश धर्म बाँड्नुमा रहेको छ। धेरै वर्ष देखि, डेभिडले माननीय रिन्पोछेबाट शिक्षाहरू लिदै आएको छन्, सर्वसाधरणको लागि शिक्षा जुन व्यक्तिगत तरिकाबाट र सल्लाहबाट गरिन्छ। उनलाई कसरी यी शिक्षाहरू करूणा सहित बाड्ने थाहा छ, उनले सक्ने ठाउँहरू र जो कोही उनले भेट्छन् । सन् २०१४ मा, सबैको भलोको लागि डेभिडले बुद्ध धर्मावलम्बीको पुरोहितको भेष ग्रहण गर्नुका साथै संगठनको आध्यात्मिक आवश्यकताहरू र सेवाको निरन्तरता दिने निधो गरे।
पुरोहित हेनरी अोआइ
रिन्पोछेको धर्म विद्यार्थी भएर यी सबै वर्षहरूमा, सिकाई र धर्म अभ्यासलाई पछ्याउँदै आएका हेनरीलाई केचारामा रिन्पोछे द्वारा खोजिएको पुरोहितको दायित्वको महत्चको बारेमा थाहा छ। उनी पुरोहित बनेर रिन्पोछेको, केचाराको र आम मानिसहरूको सेवा गर्न चाहन्छन्।
सन् १९५२ मा पेन्याङ्ग मा जन्मिएका हेनरी, कामको खोजीमा क्वालालम्पुर आएका थिए। उनले भिन्दा भिन्दै कामहरू गरे र सन् १९९७/८ तिर जब उनी काम बिहिन भएका थिए त्यो बेला माननीय छेम् रेन्पोछेलाई उनको बहिनी, रूबीको (अहिले को डाटो रूबी खोङ्ग), घरमा भेटेका थिए, जुन बेला रिन्पोछेले धर्म शिक्षा दिदै थिए। त्यो समयमा हेनरी रिन्पोछेको धर्म शिक्षा दिने तरिका देखि २ छक्क परेका थिए।
रिन्पोछेको दयालु मार्गनिर्देशन, शिक्षणशैली र धर्मको अभ्यास उनीहरूको पहिलो आध्यात्मिक रिट्रिटलाई समावेश गर्दै, हेनरी र उनकी श्रीमती एन्जेलले सानो व्यापारको सुरूवात गरे जुन छिट्टै नै नाफामा गयो। केहि वर्ष पश्चात, केचारा हाउस बुद्धिष्ट एसोसियसनको स्थापना पछि, रिन्पोछेले आफ्नो विद्यार्थीहरूलाई लाईसन् (मध्यस्तकर्ता को) रूपमा भर्ना गर्न सुरू गर्नु भयो र हेनरी र डटो रूबीले आफूलाई त्यस कार्यको लागि समर्पित गरे। पछि थुप्रै विद्यार्थीहरू मध्यस्तकर्ता को रूपमा चुनिए त्यसबाट मध्यस्तकर्ता को काउन्सिलको जन्म भयो। अहिले लाईसन् काउन्सिल बोर्ड अफ डिरेक्टर भनेर पनि चिनिन्छ जहाँ एक सदस्य हेनरी पनि हुन्।
केचारा फरेष्ट रिट्रिटको निर्माण र प्रोजेक्ट सम्पन्न कार्य निरिक्षण गर्दै, अहिले हेनरी प्रोजेक्ट डिरेक्टरको रूमा कार्यरत छन्। प्रोजेक्ट डिरेक्टर हुनु अघि उनी केचारा प्याराडाइस रिटेल आउटलेट का विभाग प्रमुख थिए जहाँ उनले १० वर्ष सेवा गरे। उनी अझै पनि कम्पनि निर्देशकका साथ-साथै केचारा भित्रका थुप्रै कम्पनिहरूमा निर्देशक रहदै आएका छन्। उनले एक पटक सन् २०१२ देखि २०१३ मा केचारा हाउस बुद्धिष्ट एसोसियसनमा उप-राष्ट्रपति भएर पनि काम गरे।
रिन्पोछेको धर्म विद्यार्थी भएर यी सबै वर्षहरूमा, सिकाई र धर्म अभ्यासलाई पछ्याउँदै आएका हेनरीलाई केचारामा रिन्पोछे द्वारा खोजिएको पुरोहितको दायित्वको महत्चको बारेमा थाहा छ। उनी पुरोहित बनेर रिन्पोछेको, केचाराको र आम मानिसहरूको सेवा गर्न चाहन्छन्। उमेरको वृद्धि संगसंगै केचाराको पुरोहित भएर जीवनको बाटो पहिल्याएको उनलाई भिक्षु हुनको लागि प्रेरणा मिलेको छ। हेनरी विश्वास गर्नु हुन्छ जब एक व्यक्ति वृद्ध हुन्छ तब उसले मृत्युको लागि तयारी गर्छ। र यो कति राम्रो मृत्यु हुनेछ केचारा रिट्रिटको भिक्षु भएर मर्न पाउँदा। यो मृत्युको दया हो जुन हेनरी चाहन्छन्। तर आउन लागेको मृत्यु हुनु पूर्व, हेनरी केचारा रिट्रिटमा निरन्तर काम गर्न, समाजको सेवा गर्न र जो कोहि उनकोमा आउछन् र उनको जस्तो तरिकाले सहयोग गर्न सक्छन् त्यो पूरा गर्न चाहन्छन्। र जब उनको पार्थीव शरीर अरूको सेवा गर्न रहदैन, उनी अनुरोध गर्छन् कि रिन्पोछेको आदेशबाट केचारा फरेष्ट रिट्रिटमा ध्यान गर्नको लागि भित्रिउन्।
पुरोहित प्याट्सी गोई
प्याट्सी अहिले चाहन्छिन् कि आफ्नो बाँकीको जीवन धार्मिक कार्य, धर्म अभ्यास र अरू जनहरूको लाभमा बिताउँ भनेर।
सामान्यतया खाली समय भएकी पूर्ण समय गृहिणी, प्याट्सीले ठूलो भाग्यले गर्दा गादेन मठमा भ्रमण गर्ने र माननीय छेम रिन्पोछेलाई लगभग २० वर्ष अघि भेट्ने अवसर प्राप्त गरिन्। त्यति बेला एक हप्ता मठमा बिताएको समयले उनको जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यायो। त्यो भन्दा अगाडि, उनमा आध्यातमिक प्रति झुकाउ थिएन र रेन्पोछे भेटे पछि उनी भित्री मनबाट नै घचघचिएकि थिइन् र उनले जीवनमा अझ केही गर्नु छ भन्ने कुराको महसुश गरेकि थिइन् जुन खानु, सुत्नु, बजार जानु र मोजमस्ती गर्नु भन्दा फरक हुनेछ। रिन्पोछेको धर्म देशना दिने तौर तरिका तर्कसंगत र व्यवारिक थियो तर विशेषत,उहाँले हामीलाई सधैँ अरूको लाभदायक हुने काममा केन्द्रित रहन जोर दिनु हुन्थ्यो। रिन्पोछेले धर्मलाई सजिलोसँग बुझ्नको लागि बनाउनु भएको थियो र उहाँको सल्लाह पहिले र अहिले पनि एउटै छ," भित्रै देखि परिवर्तन हुनुहोस् न कि बाहिरबाट।"
सन् २००९ मा, केहि वर्षहरूको अभ्यास र रेन्पोछेद्वारा सिकेको कुरालाई व्यवहारमा उतारे पछि, प्याट्सीले केचारा रिटेल आउटलेट, पेन्याङ्गमा रहेर धर्मलाई अरूहरूमा बाड्ने निर्णय गरिन्। उनलाई थाहा थियो कि रेन्पोछेको शिक्षण पद्धति सबै मानिसहरूमा आजको समय अनुसार धेरै नै उपयुक्त छ र ती क्रियाकलापहरू अरूहरूको लागि लाभदायक हुन सक्छ जसरी उनी लाभदायक भएकी थिइन्। उनी उनी आफ्नो गुरूको दयाको गुन तिर्न चाहन्थिइन् जसले निरन्तर रूपमा उनलाई सहयोग र मार्ग निर्देशन गर्नुभयो। आज, केचारा प्याराडाइज पेन्याङ्ग धर्मको पसल मात्र नभएर, पुजाको आयोजना हुने, जनावरहरूको मुक्ति र धार्मिक कुराहरू गर्ने स्थान भएको छ।
सन् २०१०, फेरि पनि रिन्पोछेको आर्शिवादले, प्याट्सीले केचारा सुप किचन क्रियाकलाप केन्द्र पेन्याङ्गमा खोलिन्। उदास र दु:खी व्यक्तिहरू जो अप्ठेरोमा परेका छन्, जसको घर छैन र शहरी क्षेत्रमा बाटोमा बस्ने गरिबहरूको लागि, प्याट्सेले "कामदार मैत्रपूर्ण" अभ्यास गर्ने निधो गरिन् जुन शिक्षा रिन्पोछे द्वारा उनले जानेकी थिइन् र यो नै एक मात्र सक्रिय उपाय थियो। आज, उनीसँगै उनको स्वयम् सेवा गर्ने समूहले, घरबारविहीनहरूलाई खाना खुवाउने र शहरी क्षेत्रमा रहेका गरीबहरूलाई चार पटक हप्तामा र आधारभूत खाना धेरै गरीब परिवारहरूलाई महिनामा खान दिने व्यवस्था गरको छ। प्याट्सी अहिले चाहन्छिन् कि आफ्नो बाँकीको जीवन धार्मिक कार्य, धर्म अभ्यास र अरू जनहरूको लाभमा बिताउँ भनेर।
पुरोहित अल्बर्ट राट्छग
सन् २००८ मा, अल्बर्ट राट्छगले आंशिक समयमा केचारा प्याराडाइसमा काम सुरू गरे तर उनले कामको दाैरानमा केचारा र रिन्पोछेको बारेमा धेरै सिके। रिन्पोछेको दया र करूणाबाट उनी गहिरोसँग प्रभावित भए। उनले महसुस गरे कि उनको कामले उनको जीवनमा अझ बढी महत्व राख्दछ र केचारामा पूर्ण समयको लागि काम गर्ने निधो गरे।
बजार व्यवस्थापकको काम द्वारा, अल्बर्टले रेन्पोछेका शिक्षणहरूबाट अझ बढी धर्मको बारेमा बुझे र यो ज्ञान उनले उनको स्टोर्समा आउने जनहरूलाई समस्याबाट उतार्नको लागि प्रयोग गरे, जसले उनीहरूको जीवनमा सुधार ल्याउन मद्दत पुर्यायो।
अल्बर्टले छिट्टै नै रिन्पोछेको कदमलाई पछ्याउने प्रतिज्ञाको विकास गरे र सन् २०१६ मा पुरोहित भई अरूको लाभ र सेवामा लाग्न निरन्तरता दिए।