घेशे केल्साङ् ग्याछो रेन्पोछेबाट एउटा उपहार

नोभेम्बर 21, 2016 | हेरिएको: 981

सत्तरीको दशकमा, जब मैले बौद्ध धर्मको बारेमा थाहा पाँए, त्यहाँ धेरै अनुवादित पुस्तक र सामग्रीहरू थिए र ति मध्य केही धेरै राम्रा थिए तर त्यहाँ धेरै सामाग्रीहरु थिएनन्। यदि तपाईं गुम्बा शिक्षा अध्ययन गर्न चाहनुहुन्थ्यो भने, अनुवादित पुस्तकहरू पाउन एकदमै गाह्रो थियो । र यदि तपाईंले अनुवादित पुस्तकहरू फेला पार्नुभए पनि, तिनीहरू धेरै प्राविधिक भएकोले बुझ्न कठिन थिए र साँचै भन्नु पर्दा तिनीहरू अल्छिलाग्दा थिए।

दशकौं वर्ष पहिले, मैले माननीय घेशे केल्साङ् ग्यात्सोका पुस्तकहरू भेट्टाएर पढेको थिएँ। मैले ती पुस्तकहरू व्यवस्थित, सरल, बुझ्न सजिलो, र धर्मशास्त्रमा आधारित भएको पाएँ । ती पुस्तक उच्चतम क्षमतामा अंग्रेजी भाषामा अनुवाद गरिए पनि बुझ्न सजिलो र मूल शास्त्रको अनुवादअनुसार शुद्ध भएको पाएँ। र म पूर्ण रूपमा चकित भएँ कि यी किताबहरुमा यति सुन्दर दृष्टान्त, सही जानकारी, उत्कृष्ट अनुवादको साथ यस्तो सुन्दर तरिकाले प्रस्ट व्यख्या गरिएको थियो जसमा म पूर्णरुपले विश्वास गर्न सक्थेँ कि ति पुस्तकहरू मूल स्रोतबाट सही रूपमा अनुवादित गरिएका छन्।

बौद्ध धर्ममा, हामीले वंशको मूल स्रोतसँग सिकेर अभ्यास गर्न एकदमै महत्त्वपूर्ण हुन्छ। वंश भन्नाले ज्ञान एक योग्य गुरुबाट अर्को योग्य गुरु हुँदै आएको हो, र हाँगा समात्दै पछाडि हेर्ने हो भने महान भारतीय पण्डित, महासिद्ध, स्वामीहरू वा बुद्धलाई पनि अनुसरण गरिएको देखिन्छ। त्यसकारण बौद्ध परम्पराभित्र, विशेष गरी लामा चोङ्खापाको परम्परा भित्र; पूर्वदृष्टिमा देखेका पाठहरू लेख्न सम्भव त छ, परिदृश्यमा ‘टर्महरु’ वा लुकेका बहुमुल्य वस्तुहरू भेट्न सम्भव त छ…तर यसो गर्न खासै प्रोत्साहित गरिदैंन। त्यो किन हो? हामीसँग मन्जुश्री जस्ता अलौकिक प्राणीहरूबाट सिधै शिक्षा ग्रहण गर्नसक्ने ऋषिहरु, शक्तिशाली र सिद्धी प्राप्त गरेका महान व्यक्तिहरु हुनुहुन्छ। समय मिलेपछि प्रकट हुने चट्टान र धर्तीभित्र पुरिएका वा पानी र रूखमा भएका विशेष पाठ र अभ्यासहरूको बारेमा पूर्वदृष्टि देख्ने व्यक्तिहरु पनि हामीसँग हुनुहुन्छ । हामीसँग भविष्यको लागि भण्डार गरिएका पाठहरू खोज्न सक्ने व्यक्तिहरू हुनुहुन्छ। निश्चित रूपमा यहाँ यस्ता शक्तिशाली व्यक्तिहरु हुन्हुन्छ जसले आफ्नो समाधिबाट आफ्ना शक्तिहरुको विकास गर्नुभएको छ । यसमा शंका नै छैन।

तर एउटा साधारण दृष्टिकोणबाट, जस्तै म आफै एक साधारण व्यक्ति हुँ, र मैले उक्त व्यक्ति सिद्धी प्राप्त हुनहुन्छ वा हुनुहुन्न भनी भन्न सक्दिन। त्यसो भए यदि उहाँहरू दुवै मेरोमा आएर भन्नुभयो कि, “हेर मैले यो शिक्षा नागहरूबाट प्राप्त गर्छु, मैले यो शिक्षा मन्जुश्रीबाट पाएको छु, म दुरदर्शी र मेरो दर्शनबाट शिक्षा ग्रहण गर्छु…” भने, मलाई थाहा हुँदैन कि उहाँहरुले देखेको वा देखेको भनेर ठानेको कुरा साँचैमा सत्य हो कि होइन। त्यसकारण, मलाई उहाँहरुको पाठहरु सही हुँदैनन् कि भन्ने शंका लाग्दछ।

माननीय विद्वान गुरु, घेशे केल्साङ् ग्यात्सो रिन्पोछे

त्यसकारण, निश्चित रूपले यहाँ यस्ता उच्च सिद्धी प्राप्त गुरुहरू हुनुहन्छ, जोसँग दुरदर्शिता र दर्शन छ, जो स्वर्गीय प्राणीहरू देख्न सक्नुहुन्छ र अलौकिक प्राणीहरूसँग शिक्षा प्राप्त गर्नुहुन्छ, वंश प्राप्त गर्नुहुन्छ, अभ्यासहरू प्राप्त गर्नुहुन्छ; जस्तै भारतका महान गुरु, पद्मासम्भव भनेर पनि चिनिने गुरु रिन्पोछे, जसले कयौं पूर्वदृष्टिहरु देख्नुभयो, र विउ रोपेर पत्ता लगाउनुभयो… जसले ईश्वरीय र अलौकिक प्राणीहरूबाट प्राप्त गर्नुभएका कयौँ कयौं अभ्यासहरू फैलाउनुभयो । त्यसै गरी, अतिषा पनि त्यस्तै हुनुहुन्छ, लामा चोङ्खापा पनि त्यस्तै हुनुहुन्छ र पवित्र क्याब्जे फबोङ्खा रिन्पोछे, पवित्र क्याब्जे त्रिजंग रिन्पोछे, पवित्र क्याब्जे जोंग रिन्पोछे लगायत यस्तै अरु नयाँ-पुराना धेरै महान गुरुहरू पनि यस्तै हुनुहुन्छ।

तर यदि सबैले ती पाठहरुमा भर गरे जसको श्रोत लेखकसम्म गएर टुंगिन्छ, तब ढोंगीहरु पैदा हुने सम्भावना हुन्छ । ढोंगीहरु आएपछि, शिक्षाको गुणस्तरमा नकरात्मक असर पर्दछ । जब शिक्षामा गुणस्तर खस्कंदै जान्छ, त्यसले हाम्रो मस्तिष्कमा सिद्धी प्राप्त भएको स्थिति पैदा गराउन सक्दैन । त्यसैले तपाईंलाई उद्रित गरिएको श्रोत (पहिलेका गुरुहरु)बाट शिक्षा प्राप्त गर्नुभएको जीवित गुरुबाट तपाईंले शिक्षा, अभ्यास, संचार, प्रारम्भ वा अनुमति प्राप्त गरेपछि उक्त आशीर्वाद, शिक्षा र शिक्षण शक्ति तपाईंको मस्तिष्कमा रहन्छन्। जसकारण तपाईंले अभ्यास गर्दा, तपाईंले शक्तिशाली परिवर्तन र उपलब्धिहरू प्राप्त गर्न सक्नुहुन्छ।

त्यसकारण, वंश धेरै महत्त्वपूर्ण छ किनकि वंश सहि हुनुपर्दछ र उल्लेखित पनि हुनुपर्दछ। लामा चोङ्खापाको परम्पराभित्र – गेलुक्पामा, जब शिक्षकहरूले शिक्षा दिन्छन्, यो कहाँबाट आउँछ र उनीहरूले कहिले प्राप्त गरे भनेर स्रोत उद्रित गर्छन् । किनभने शिक्षकले तपाईंलाई यति मात्र भन्न पाउनुहुन्न, “हेर, मैले यो मन्जुश्रीबाट प्राप्त गरेको छु । तिमीले बस मलाई विश्वास गर्नुपर्छ ।” खासमा त्यस्ता क्षमता भएका शिक्षकहरू पनि हुनुहुन्छ जसले भन्न सक्छनुहुन्छ, “मैले यो मन्जुश्री बाट प्राप्त गरें” र मलाई लाग्छ कि हामीहरूमध्य धेरैले विश्वास गर्नेछौं। तर यहाँ यस्ता मानिसहरू पनि छन् कि यदि उनीहरूले आफूहरूले त्यो मन्जुश्रीबाट प्राप्त गरेको बताए भने, हामी भन्नेछौं, “ओहो, ठीक छ। तपाईंको लागि राम्रो।“ किनभने म एक साधारण मान्छे हुँ र मैले कस-कसले सिद्धी प्राप्त गरे र कस-कसले गरेनन् भनी निर्णय गर्न सक्दिन र म निर्णय गर्न खोज्दिन। त्यसकारण, त्यसको सट्टामा, उहाँहरुको स्रोतको बारेमा, वंशको बारेमा, अभ्यासको बारेमा, उहाँहरुले यो प्राप्त गर्नुभएको ठाउँको बारेमा सुन्न चाहन्छु….. किनकि यो धेरै विश्वसनीय हुन्छ।

उदाहरणको लागि, यदि तपाईं एउटा चिकित्सककोमा जाँदै हुनुहुन्छ र उहाँले तपाईंलाई एउटा विशेष आहार दिँदै हुनुहुन्छ। र उहाँले भन्नुभयो कि यो आहार यस प्रयोगशालाबाट आउँछ, अनुसन्धान यहाँ गरियो, यो तपाईंलाई आवश्यक पर्ने पोषणको मात्रा हो, यो तपाईंलाई आवश्यक भिटामिनको मात्रा हो, यो तपाईंलाई आवश्यक पर्ने खनिजको मात्रा हो, अध्ययनले यो प्रमाणित गरेको छ र हामीले यो यति वर्षको समय भित्र अनुसन्धान गरेर प्रमाणित आधिकारिक परिणामहरू यहाँ छन्। त्यसपछि, तपाईंलाई उहाँले लेख्दिनुभएको आहारमा विश्वास बढ्छ । तर यदि उक्त चिकित्सकले “हेर्नुस्, मेरी छोरीले यो प्राकृतिक उपचार गर्ने देवताबाट पाएकि हो र तपाईंको लागि यस औषधीले काम गर्नेछ ।” भन्नुभयो भने मलाई विश्वास कम लाग्नेछ । चिकित्सककि छोरीले देवता भेटेकी पनि हुन सक्छिन् तर नभेटेकि पनि हुन सक्छिन् । म निश्चित छैन।

त्यसैले मेरो लागि, म अलौकिक होइन र म जादू र रहस्यमा पनि धेरै रुची राख्दिन र यद्धपि यो सबै कुरा विद्यमान छ, मसँग जाँच गर्ने त्यस्ता शक्तिहरू छैनन्। तर यदि गुरुले मलाई स्रोत यहाँ छ, यो यहाँबाट आयो, मैले यहाँबाट प्राप्त गरें, मैले यो अभ्यास गरे र परिणामहरू यी हुन् भनेर भन्नुहुन्छ भने। म भन्नेछु, “धन्यवाद !” यो तपाईंलाई एक चिकित्सकले यी अध्ययनबाट यो प्रयोगशालाबाट हामीलाई स्वस्थ बनाउनका लागि यो पोषणको उपाय उपलब्ध गराए जस्तै नै हो। त्यसैले यो धेरै सुरक्षित छ। त्यसो भन्दा-भन्दै, म मेरो मुख्य गुरु, जोसँग मेरो सम्बन्ध छ, उहाँले मलाई केही कुरासँग परिचय गराउनुहुन्छ भने, मैले विश्वास गर्नेछु।

तर त्यसो भन्दा-भन्दै, जब मैले घेशे केल्साङ् ग्यात्सोका पुस्तकहरू पढ्दै आँए, ती किताबको शुद्धता, स्पष्टता, उत्तम एकरूपता, र विशेषगरी ‘क’ देखि ‘ज्ञ’ सम्मको हरेक चरणहरूको वर्णनबाट म पूर्ण रूपमा चकित भएँ। जब तपाईं यी पुस्तकहरू पढ्नुहुन्छ, घेशेको व्यक्तिगत कुरा र व्याख्या त्यहाँ भेटिन्न, यदि तपाईंले तिब्बती भाषा पढ्न सक्नुहुन्छ भने यो धर्मशास्त्र अनुसार ठ्याक्कै मिलेको छ। उदाहरणहरू राख्दै त्यहाँ के छ भनी स्पष्ट पार्दा त्यहाँ केही फरक कुराहरु त भेटिन्छन्, तर पाठको वास्तविक स्वरूप र गुदीमा हुनुपर्ने सबै कुराहरु स्पष्ट र सही छन्। र मलाई अचम्म लाग्यो किनभने मलाई तिब्बती भाषा सिक्न र तिब्बती भाषामा पढ्नमा समस्याहरू थियो र वास्तवमा म तिब्बती भाषामा अध्ययन गर्न चाहन्नथें। कुन कर्मको कारणले हो कुन्नि, मलाई अंग्रेजीमा पढ्न मनपर्छ। त्यसैले जब मैले घेशेको किताब र टिप्पणीहरू पढेँ, तिनीहरूले साँच्चै मेरो संसारलाई उजागर गरिदिए, तिनीहरूले साँच्चै मलाई धेरै ज्ञान दिए, र मलाई अझ धेरै धर्मको लागि खुला हुन मद्दत गरे।

मलाई याद छ २० वर्ष अघि मैले मानिसहरूलाई शिक्षा दिइरहँदा, मैले वास्तवमा घेशेका किताबहरू मेरो शिक्षणको आधारको रूपमा प्रयोग गर्दथें । मानिसहरूले भने कि यो उपयोगी र लाभकारी थियो…वास्तवमा यो मेरो लागि पनि उपयोगी थियो! त्यसैले मैले सधैँ यी महान गुरुसँग भएको ज्ञान र उहाँले उक्त ज्ञानलाई अनुवाद गर्न र त्यसलाई विश्वमा उपलब्ध गराउनको लागि आफ्ना विधार्थीहरुलाई गर्नुभएको हस्तान्तरणका लागि सधै प्रशंसा गर्ने गरेको छु। घेशेलाको अध्ययनशीलता, उहाँको ज्ञान, र उहाँले आफ्ना विधार्थीहरुलाई संसारभरिका मानिसहरुलाई लाभ दिन सकेका यस्ता किताबहरु प्रकाशन गर्न दिनुभएको सटिक प्रशिक्षणको म सधैँ ठुलो प्रशंसक हुँ।

घेशेलाका यी पुस्तकहरूबाट मेरो आदर अझै बढ्यो। मैले विगतमा पनि व्यक्तिगत रूपमा, कुनै अभ्यासको दिशानिर्देशका लागि यी पुस्तकहरू सयौंको संख्यामा खरिद गरें, मानिसहरूलाई पठाएँ र बाँडे पनि । तिनीहरू धेरै लाभकारी भएका छन्। उदाहरणको लागि, हेरुका र वज्रयोगिनीमा घेशेको तान्त्रिक पाठ बिल्कुल अनमोल छन्। मलाई मनपर्ने किताबहरूमध्य घेशेलाले लेख्नुभएको ‘तपाईंको मस्तिष्कलाई बुझ्दा’ हो, त्यो वास्तवमा मेरो मनपर्ने किताबहरूमध्य एक हो। र मलाई लाग्छ कि घेशेलाले अनुवाद गर्नुभएको शान्तिदेवको पाठ ‘ बोधिसत्त्व-चार्य-अवतार’ वा ‘नियाल्नु अर्थपूर्ण’ले वास्तवमा मेरो मनासिक विकास र आफैमा करुणाको विकास गर्नका लागि ठूलो परिवर्तन गरिदियो।

मलाई पढ्दा वास्तवमै त्यसले धेरै प्रभाव पार्यो र यसले मलाई धेरै उत्प्रेरित पनि गर्यो। मैले कहिल्यै पनि घेशेलालाई भेट्ने र उहाँसँग कुराकानी गर्ने मौका र सौभाग्य प्राप्त गरिन। तर मलाई उहाँका पुस्तकहरूबाट थाहा छ कि उहाँ वास्तवमै ठूलो गुरु हुनुहुन्छ। र उहाँसँग घेशेको पद छ कि छैन भनि मैले वास्तवमै ख्याल गरिन र त्यो कुराले मलाई व्याकुल पनि बनाएन। केही मानिसहरू उहाँ वास्तविक घेशेला हो वा होइन भनेर स-साना बहसमा जान चाहन्छन्। तर, गादेन गुम्बाबाट आएको हुनाले, मैले धेरै भिक्षुहरू भेटेको छु जो अलि पाका हुनुहुन्थ्यो, जसको घेशे उपनाम छैन, जो घेशे उपनाम प्राप्त गर्नु अघि नै भाग्नुभयो वा उहाँहरूको घेशे उपनाम प्रति रुचि नै छैन…उहाँहरूले अध्ययन गर्नुहुन्छ, सिक्नुहुन्छ, ज्ञान लिनुहुन्छ, र… उहाँहरू धेरै ज्ञानवान हुनुहन्छ र सिकाउनलाई उहाँहरुसँग धेरै कुराहरु हुन्छन् । त्यसकारण, उहाँहरूसँग घेशे उपनाम भए वा नभए पनि, त्यसले उहाँहरूको ज्ञान प्रति मेरो विश्वासलाई कहिल्यै पनि असर पारेको छैन। किनकी उदाहरणका लागि जब तपाईं उहाँको कार्यहरू अवलोकन गर्नुहुन्छ, घेशेला पवित्र भिक्षु हुनुहन्छ र उहाँ आफ्नो विनयको प्रतिज्ञाहरू आत्मसाथ गरी राख्नु हुन्छ भनि देख्नुहुन्छ, तपाईंलाई थाहा हुन्छ कि घेशेलाको मनमस्तिष्कमा त्याग पूर्णरुपले बसिसकेको छ किनकि उहाँ आफ्नो भिक्षु प्रतिज्ञा पवित्र तरिकाले पालन गर्नुहुन्छ। तपाईंलाई थाहा हुन्छ कि घेशेलाले उहाँको पूर्ण जीवन धर्म सिकाउँदै बिताउनुभएको हो र यो कुरा उहाँका पुस्तकहरु, उहाँका विधार्थीहरूमा र विश्वभरका सयौं केन्द्रहरूको रुपमा परिवर्तित भएको छ । यो उहाँको अपार करुणा वा बोधिचित्तको प्रमाण हो।

मैले पढेको, देखेको र विचार गरेअनुसार घेशेलाले अरूको लागि थकान बिर्सेर काम गर्नुहुन्छ । अरूको फाइदाको लागि, अरूलाई मदत गर्न, मानिसहरूलाई सहि मार्गमा ल्याउन, विशेष गरी लामा चोङ्खापाको मार्गमा ल्याउन यी कार्यहरू गर्नु हुन्छ। सानै उमेर देखि सिकाइ र भावनाको अध्ययन सिकेर उहाँले यो कार्य गर्न आफ्नो पूरा जीवन बिताउनुभयो र त्यसपछि, शिक्षण र शिक्षाको जीवन्त अवधारणा प्रस्तुत गरी एउटा जीवित उदाहरण बन्नुभयो। त्यसकारण, उहाँलाई धर्ममा जीवन बिताइरहेको हेर्दा र सांसारिक “खुशीहरू ” मा आकर्षित नभएको देख्दा, पूर्ण आदर व्यक्त गर्दै भन्न चाहन्छु कि तपाईं देख्न सक्नुहुन्छ घेशेलाले केहि प्रकारको शुन्यता हासिल गर्नुभएको छ । त्यसैले कुनै पनि अभ्यासको लागि विशेष गरी तन्त्र भन्दा अघिको वा तन्त्रको लागि, तीन मुख्य सिद्दान्तको मार्गहरु -आत्मत्याग, बोधिचित्त र शुन्यता हामीले प्राप्त गरेको हुनुपर्दछ। अनि यसकारण तपाईंले घेशेलाको जीवनलाई हेर्नुभयो भने, उहाँका कामहरू, ध्यान र नतिजाहरूबाट तपाईंले थाहा पाउन सक्नुहुन्छ कि उहाँले ३ सिद्दान्तको मार्गहरू प्राप्त गर्नुभएको छ, जो तान्त्रिक अभ्यासको लागि एक जरुरि आधार हो। त्यसैले, मलाई यो केहि फरक पर्दैन कि यो व्यक्ति घेशेको उपनामसंग सम्बन्धित छ वा छैन। मैले गादेन, सेरा र ड्रेपुंग गुम्बाहरूमा धेरै यस्ता गुरुहरू भेटेको छु जोसंग घेशेका नाम, उपनाम वा प्रमाणपत्र छैन त्यहि पनि धेरै मानिसहरू उहाँहरूकोमा शिक्षा, सल्लाह, भविष्यवाणी र धर्मशास्त्रको स्पष्टिकरणका लागि जान्थे, किनभने उहाँहरूसँग ज्ञान छ। मिलारेप्पा कहिल्यै घेशे हुनु भएन, उहाँ एक साधारण व्यक्ति हुनुहुन्थ्यो, लामो कपाल भएको, सेतो लामो कपडा लगाउने, धेरै आलोचना गर्नुहुन्थ्यो, आफ्नो शिक्षकबाट केही धर्म प्राप्त गर्नुभयो, ध्यानको लागि जानुभयो र बुद्दत्व प्राप्त गरि बुद्ध बन्नुभयो। कर्मापाको सम्प्रदयामा लाग्नेहरू घेशेहरू होइनन्। त्यसपछि थुप्रै प्रकारका गुरुहरू हुनुहुन्छ जो घेशेहरू हुनुहुन्न तर ज्ञान प्रशस्त हुन्छ।

यसो भन्नाले घेशेला घेशे होइन भन्न खोजेको होइन, पद र उपनामले मलाई खासै फरक पर्दैन भन्न खोजेको हो। त्यसैले, घेशेलाको कामहरूबाट र उहाँले सिक्न, अध्ययन गर्न, निपुण हुन, अभ्यास र विचारका लागि सम्पूर्ण जीवनकाल समर्पणपित गर्नाले धर्म र ज्ञानको चक्र नै अघि बढ्यो र.. उहाँसँग त्यसको नतिजा छ।

घेशेलाको आफ्नै अभ्यास, उहाँको धर्मरक्षक, वंशावली, र उहाँका धर्मनिरपेक्ष विचारहरुका बारेमा उहाँको व्यक्तिगत विचार के छ, त्यो मेरो चिन्ताको बिषय होइन। घेशेलाले धेरै गतिविधिहरू गर्नुहुन्छ जुन म बुझ्न वा पूर्णतया विश्लेषण गर्न सक्दिन तर म यहाँ निर्णय गर्नको लागि बसेको होइन। त्यसैले यहाँ घेशेलाको आलोचना गर्ने र घेशेलाको बारे राम्रो र नराम्रो कुरा भन्ने मानिसहरु छन्, तर यसले मलाई कुनै असर गर्दैन, किनकि घेशेलालाई बुझ्ने मेरो आफ्नै आँखा, कान र आफ्नै बुझाई शक्ति छ। म उहाँलाई बुझ्दछु भनेर मैले सोचेको होइन, म बाहिरी दृष्टिकोणको हिसाबमा भनिरहेको छु, उहाँले उच्चतम क्षमताको योग्य आध्यात्मिक गुरुको संकेत देखाउनु हुन्छ। उहाँले आफ्नो सम्पूर्ण जीवन शुद्ध भिक्षुको रूपमा बिताउनु भएको छ, उहाँले आफ्नो गुरुलाई अपार भक्तिको साथ पछ्याउनु भएको छ। उदाहरणका लागि तपाईंले उहाँका पुस्तकहरूमा देख्न सक्नुहुन्छ कि उहाँले सधैं आफ्नो गुरु, पवित्र क्याब्जे त्रिजंग रिन्पोछेलाई उल्लेख गर्नुहुन्छ। घेशे केल्साङ् ग्यात्सोले केहि गलत गर्नु भएको छैन किनभने उहाँ आफ्नो शिक्षक प्रति र उहाँका शिक्षकहरूले उहाँलाई सुम्पिनुभएका अभ्यासहरुप्रति वफादार हुनुहुन्छ । हामी सबै हाम्रा शिक्षकहरूप्रति वफादार हुनुपर्छ। एउटा शिक्षकप्रति वफादार हुनुको अर्थ हामीले अर्को शिक्षकलाई क्षति पुर्याउनु पर्दछ भन्ने होइन। घेशे केल्साङ् ग्यात्सोले थकान बिर्सेर धर्म सिकाउनुहुन्छ, उहाँ र उहाँका विधार्थीहरूले थुप्रै केन्द्रहरू खोल्नुहुन्छ जहाँ उहाँहरु मिहिनेत गर्नुहुन्छ, उहाँहरु ध्यान र अभ्यासहरू गर्नुहुन्छ र घेशेलाले आफ्ना विधार्थीहरूलाई दिक्षाको कार्यक्रम गर्न, मौखिक शिक्षा दिन र समिक्षा पेश गर्न प्रशिक्षण दिनुभएको छ। उहाँले आफ्नो जीवन अभ्यास गरेर, धर्म सिकाउँदै र धर्मलाई विचार गर्दै बिताउनुभयो। अरुले देखाए अनुसार उहाँको एक मात्र “गल्ति” भनेको उहाँको आफ्नो धर्मरक्षकप्रतिको दृष्टिकोण र आफ्नो गुरुसँगको प्रतिबद्धताका कारणले आफ्नो धर्मरक्षकको अभ्यास खुला गर्न नचाहने उनको अठोट मात्र हो।

म त्यसमा कुनै गल्ति देख्दिन, र मलाई लाग्छ कि यदि घेशेलाले ९ वटा उत्कृष्ट कार्यहरू गर्नुहुन्छ र एउटा कुरा हामीसँग सहमत हुँदैन भने, सायद त्यतिबेला हामीले उहाँलाई शत्रु नबनाऔं, हामी सहमत नहुने उहाँको एक पक्ष हेरेर उहाँलाई शत्रु करार गर्ने वा अरु केहि नकारात्मक उपनाम दिने नगरौं। अरु धेरै पक्षहरुमा हामीले ध्यान दिन सक्छौं। घेशे केल्साङ् ग्यात्सो आफ्नो शिक्षक, वंश, अभ्यासमा वफादार हुनु भएकाले मात्र उहाँको अपमान गर्नु आवश्यक छैन । यदि हामीले उहाँलाई केही प्रकारको नकारात्मक व्यक्ति बनाउछौं भने त्यो हाम्रो समस्या हो।

हालै, मैले घेशे केल्साङ् ग्यात्सोबाट एउटा पत्र संगै हरियो ताराको उपहार पाउँदा निकै सम्मानित महसुस भयो । मलाई अचम्म लाग्यो, सौभाग्यशाली महसुस भयो र यसले मनमा छोयो । यसको बारेमा म ब्लग गर्न चाहिरहेको थिएँ तर मैले अहिले सम्म समय पाएको थिइन। अग्रज भिक्षुले आफुभन्दा अवर भिक्षुलाई आशीर्वाद दिएको प्रति म घेशेलालाई धन्यवाद व्यक्त गर्न चाहन्थे। म उहाँलाई यस्तो बहुमूल्य उपहारको लागि धन्यवाद व्यक्त गर्न चाहान्छु जुन म साँचेर राख्नेछु र मैले यसलाई सुरक्षित गरेर मेरो पुजावेदी केन्द्रमा राखिसकेको छु ताकि सबैले यस ताराको तस्विरबाट आशीर्वाद पाउन सकून् जुन घेशेलाले मलाई करुणाले दिनुभएको छ।

घेशे केल्साङ् ग्यात्सोले मलाई प्रदान गर्नुभएको एउटा बहुमूल्य हरियो तारा । तपाईलाई धेरै धेरै धन्यवाद छ। यो प्रतिमा घेशे केल्साङ् ग्यात्सोको धर्म संस्थाले, नयाँ कर्मापाको परम्परा अनुसार निर्माण गरेको थियो। म यसको सुन्दरता र उत्तम कामकारीबाट चकित छु।

बौद्ध परम्परामा, पुरानो भिक्षुसँग शीर्षकहरू छ वा छैन यसले कुनै फरक पार्दैन। उहाँहरूलाई रिन्पोछे भन्न सकिन्छ, दोर्जे चांङ्, महाशिद्ध, घेशेला वा मात्र भिक्षु (पुरानो लामाको अर्थ) भन्न सकिन्छ, जे भने पनि त्यो शीर्षकले फरक पर्दैन। उहाँहरुले आफ्नो विनय वचनको पालना पवित्र रुपमा गरिरहनुभएको छ र दशकौंदेखि सो गरिरहनुभएको छ, रहस्य “पवित्र रुपमा गर्नु” हो, र सो कारणले उहाँहरु आशीर्वादले भरिपूर्ण हुनुहुन्छ, उहाँहरु पवित्र संघ हुनुहुन्छ, उहाँहरु प्रेरणाले भरिपूर्ण हुनुहन्छ, उहाँहरु जीवनकालभर भगवान बुद्धको अनुसरण गरेको नतिजाले भरिपूर्ण हुनुहुन्छ।

यसैले, यस्तो प्राणी जसले राम्रोसँग विनयको पालना गर्दछ, पाठहरूको अभ्यास गर्दछ र बुद्धले हामीलाई सिकाउनुभएको ज्ञानलाई आफ्नो काम, क्रिया, र नतिजाबाट आत्मसाथ गरिरहेको हुन्छ, त्यस्तो व्यक्ति धेरै विशेष र पवित्र हुन्छ । यदि उहाँहरूले एउटा वस्तु छोएर तपाईंलाई दिनुभयो भने, त्यो एउटा आशीर्वादयुक्त वस्तु बन्दछ। यदि उहाँहरूले पानीलाई फुकेर तपाईंलाई दिनुभयो भने यो आशीर्वादयुक्त पानी बन्दछ जुन उपचारका लागि योग्य हुन्छ र यदि उहाँहरूले तपाईंले उपहारको रुपमा घेशेलाबाट मैले एउटा तारा प्राप्त गरे जस्तै उपहार पाउनुभयो भने यसलाई हामी थप आशीर्वादका रुपमा लिन सक्छौं र यसलाई अझ विशेष मानिन्छ। वस्तुगत रुपमा तारासँग मेरो लगाव छैन, हामीले जुन वस्तुलाई तारा भनेर सम्बोधन गर्यौं, त्यसमा मेरो लगाव छैन.. एक वरिष्ठ भिक्षुले आफुभन्दा अवर भिक्षुलाई दिएको आशीर्वादको बारेमा मोहित भएको छु, जबकि म पनि उहाँजस्तै तीन मुख्य धर्मपथको अभ्यास गर्ने, मस्तिष्कको अभ्यास गर्ने, सुत्र र तन्त्रमा अब्बल हुने र धर्मचक्रलाई अरुका निमित्त अझै अघि बढाउने चाहना राख्दछु।

त्यसैले मैले यहाँ घेशेलाले मलाई दिनुभएको सुन्दर ताराका साथै उहाँबाट आएको पत्रको एक तस्विर संलग्न गरेको छु, जसको लागि म आभारी छु। मैले सम्भवतः घेशेलाको बारेमा ब्लग गरेर र मेरो उहाँप्रतिको प्रशंसा व्यक्त गरेर, केहि मानिसको दिमागमा केहि चिन्ता सिर्जना गरेको हुन सक्छु तर मलाई कुनै चिन्ता र दु:ख सिर्जना गर्न इच्छा छैन तर मलाई लाग्छ कि मलाई जो मन पर्छ उहाँको प्रशंसा गर्ने मलाई अधिकार छ, र मेरो व्यक्तिगत ब्लग, जुन मेरो व्यक्तिगत ठाउँ हो, जहाँ मेरा विचारसँग समस्या नहुने मानिसहरु पढ्न आउँछन्, त्यहाँ मलाई जसको बारेमा लेख्ने इच्छा लग्यो, त्यसको बारेमा मैले लेख्ने र ब्लग गर्ने अधिकार मलाई छ जस्तो लाग्छ।

माननीय घेशे केल्साङ् ग्यात्सोबाट मलाई एउटा पत्र ! (ठुलो पारेर हेर्न तस्बिरमा क्लिक गर्नुहोस्)

जसले घेशेलालाई मैले जतिको आदर गर्नुहुन्न, म विनम्र अनुरोध गर्दछु कि कृपया यो ब्लग नपढ्नुहोला, यो पोस्ट नपढ्नुहोला र अरु केहि पढ्नुहोला। तर मेरो ब्लगमा दिनहुँ आउने, र यता-उताका कुराहरुलाई समातेर आलोचना गर्नुहुने व्यक्तिहरुलाई पनि म भन्न चाहन्छु कि लाखौं अरु ब्लगहरु छन् जुन सायद तपाईंको रुचिको हुन सक्छन् र आफुलाई मनपर्ने कुराहरुको बारेमा कुराकानी गरेर, आफ्नो विचार व्यक्त गरेर, बहस गर्नुभयो भने सायद त्यो समयको सदुपयोग हुन्थ्यो होला। यो मेरो व्यक्तिगत ब्लग हो, म यसमा मेरो ऊर्जा राख्दछु, मेरो विधार्थीहरूले मलाई आफ्नो समय दिएर, मिहिनेत गरि सहयोग गर्दछन्, र यो मेरो ठाउँ हो। जे कुरा म लेखि राख्दछु त्यो मेरो व्यक्तिगत रायहरू, विचारहरू, मलाई मन पर्ने नपर्ने कुराहरू हुन्, र यदि तपाई यसमा खुसि हुनुहुन्न भने कसैले पनि तपाईंलाई यस ब्लगमा आउन बाध्य तुल्याउने छैन, यदि तपाईंसँग प्रत्येक दिन ब्लगमा आएर यसको कमजोरी औंल्याउन भन्दा राम्रो केहि अरु छैन भने, के म तपाईंलाई आग्रह गरौँ कि यहाँ आउनको साटोमा आफ्नो मनमा शान्ति ल्याउनुहोस् ? ॐ मणि पद्मे हूँ।

घेशेला मेरो लागि सबैभन्दा उच्च क्षमताको धर्म गुरु हुनुहुन्छ, र मलाई थाहा छ कि उहाँको पवित्र दलाई लामा लगायत अरु तिब्बती धर्म गुरुहरुका बारेमा आफ्नै केहि विचारहरू छन् । तर यो घेशे केल्सांङ् ग्यात्सोको आफ्नै विचार, त्यो उहाँको सोचाइ हो। घेशेलाले के सोच्नुहुन्छ, उहाँको विचारहरू के के छ त्यो मेरा विचारहरुसँग सधैँ मिल्दो छैन। उहाँका आफ्नै रायहरू छन्, उहाँसँग आफ्नो विचारको अधिकार छ र मेरो आफ्नै विचारहरू छन र मसँग मेरो अधिकार छ। मेरो कुरा यो हो, म उहाँको भिक्षुत्वको शुद्धताको प्रशंसा गर्छु, उहाँको किताबहरुभित्र भएको स्पष्ट, बौद्धिक र बहुश्रुत ज्ञानको प्रशंसा गर्दछु। तीस वर्ष लामो समय देखि यी पुस्तकहरूबाट मैले प्राप्त गरिरहेकोको ज्ञानको लागि म आभारी छु। मेरो हृदयको गहिराईबाट प्रार्थना गर्दछु कि घेशेला, पवित्र दलाई लामा, क्याब्जे त्रिजंग रिन्पोछे जस्ता महान गुरुहरुको बारेमा तपाईंको जस्तो राय भए पनि उहाँहरु लामो समय बाँचिरहनुहोस् र अरुको हितका निमित्त धर्मचक्रलाई अघि बढाइरहनुहोस् । घेशेलाको अनुयाय गर्ने समूहमा कति सायद दलाई लामाका प्रशंसक नहोलान् तर यो उनीहरुको आफ्नो विचार हो।

यधपी, म अझै दलाई लामाको प्रशंसा गर्छु र मेरो विचारको अधिकार मलाई छ । दलाई लामाका प्रशंसक तर घेशे केल्साङ् ग्यात्सोको प्रशंसा नगर्ने मानिसहरु पनि यहाँ छन् तर उनीहरुसँग पनि आफ्नो विचारको अधिकार छ । म घेशे केल्साङ् ग्यात्सो र दलाई लामा दुवै जनाको उत्साही प्रशंसक हुँ किन भने मलाई मध्य मार्ग मन पर्छ। मैले पवित्र दलाई लामाबाट शिक्षा लिएको छु, त्यसैले मैले उहाँको आदर गर्नुपर्छ। पवित्र दलाई लामाका अवतारले बेखुसी व्यक्त गर्नुभएको लामाहरूबाट पनि मैले शिक्षा लिएको छु र मैले अझै पनि उहाँहरूको आदर गर्नु पर्दछ। म दलाई लामाको ‘बेखुसी’का कारणले कुनै लामालाई त्याग्न सक्दिन किनभने मैले उहाँलाई गुरु बनाइसकेको छु। न त म दलाई लामालाई नै त्याग्न सक्छु।

म र हजारौं अरु म जस्तै नाजुक परिस्थितिमा छन् । यो मानसिक अभ्यासको लागि राम्रो हुन्छ तर कहिलेकाँही कठिन हुन सक्छ। दुबै पक्षहरूले म कुन पक्षमा छु भनि सोचिरहेका हुन्छन् । सत्य भन्नु पर्दा, म मेरो गुरुहरूको पक्षमा छु जसले मेरो हृदय सबैभन्दा बढि छुनुभएको छ । अरुहरूले दलाई लामा वा घेशे केल्साङ् वा अन्य कोहि अरूको विरोध गर्न सक्लान् तर म सक्दिन। मेरो आध्यात्मिक विकास र बुद्धत्व प्राप्त गर्ने कर्तव्य मेरो मस्तिष्कको सम्मुख छ, र मैले मेरो आफ्ना लामाहरुप्रति अनादर व्यक्त गर्नु ठुलो गल्ति हुन्छ।

साँचो आध्यात्मिकता एक वा अर्कोको लागि घृणा वा द्वेष होइन। जब हामीसँग घृणा हुन्छ, हामीले मध्यमार्ग वा संतुलनको बाटो खोज्नु पर्दछ। सन्तुलन बिना, एक पक्षलाई घृणा गरेर आध्यात्मिकताको प्रतिज्ञा गर्नु, हाम्रो मन्त्रहरू, ध्यान र अभ्यासहरू गर्नु र यी सबै कुरा गर्नु खासमा आफैंमा विरोधात्मक हुन्छ। किनभने ध्यान, मन्त्रहरू, अभ्यासहरू र अध्ययनको सम्पूर्ण उद्देश्य भनेकै ‘मनपर्ने’ र ‘मननपर्ने’ भावनाको सबै छाप हटाउनु हो। किनकी यदि तपाईं मन पराउनुहुन्छ भने, तपाईं अवश्य मन नपराउनु हुनेछ र यदि मन पराउनुहुन्न भने तपाई अवश्य मन पराउनुहुनेछ । र मन पराउनु र मन नपराउनुले यो सांसारिक कालचक्रको जरा उत्पन्न हुन्छ किनभने यसले देखाउँछ कि यहाँ घृणा र मोह छ। त्यसैले एउटा लामा मनपराउनको लागि अर्को लामालाई घृणा गर्नु वास्तवमा हाम्रो तथाकथित आध्यात्मिक अभ्यासको लागी ठुलो मूल्य चुकाउनु हो जुनमा हामी यसरी केहि प्रगति गर्न सक्दैनौं।

त्यसैले यहाँ भन्न खोजेको कुराको चुरो चाहिँ कुनै निश्चित लामा, वंशलाई मन पराउन वा नपराउन भन्दा पनि एउटा मध्यमार्ग बाटो खोज्नु हो। सबैको आफ्नै कर्म, यात्रा, बाटो हुन्छ र हामी अरु व्यक्तिहरूको पद्दतिमा जति आलोचना गरेपनि यदि यो बुझ्ने उनीहरुसँग कर्म छैन भने उनीहरुले बुझ्दैनन् र झन् सुनेर नसुनेझैं गर्दै आफ्नो हृदयहरू अझ कडा बनाउँछन् र यसले परिस्थितिलाई अझ गाह्रो बनाउँछ र उनीहरूमा रिस र घृणा आउन थाल्छ। त्यसैले सबै भन्दा महत्त्वपूर्ण कुरा माफ गर्नु र आदर गर्नु हो।

मानिसहरू दलाई लामा र घेशे केल्साङ ग्यात्सो दुवैलाई आदर गर्न गाह्रो मान्न सक्छन् किनकि उहाँहरु एक अर्काको विपक्षि जस्तो देखिनुहुन्छ । उहाँहरूको बीचमा जे भए पनि वा नभए पनि मलाई चिन्ता छैन किनकि महत्त्वपूर्ण कुरा भने यसलाई कसरि अवलोकन गरिन्छ भन्ने हो। र म यसलाई मध्यमार्गबाट हेर्दछु, जुन भनेको कसैको अपमान नगर्नु, कसैलाई मननपराउने नगर्नु हो, वा एकको पक्ष लिएर अर्कोको आलोचना नगर्नु हो । हामी सामाजिक सञ्जालमा गएर अनन्त रुपमा पटक पटक कुनै लामाको आलोचना गर्न सक्छौं तर यसले लामामा परिवर्तन र परिस्थिति परिवर्तन हुँदैन, यसले हामीलाई असल मान्छे बनाउँदैन न त म आफैलाई एउटा असल आध्यात्मिक व्यक्ति हुन दिन्छ। र एक सासमा ओम मणि पद्मे हुङ् जप गर्ने र त्यस पछि अर्को सासमा कुनै लामाको आलोचना गर्नु विरोधाभासी देखिन्छ र यी कार्य एक अर्कासँग मिल्दो हुँदैनन्। यसैले महत्वपूर्ण के छ भने यदि हामीले दलाई लामामा विश्वास गर्दछौं भने, हामीले सहनशील, दयालु र अत्यन्त क्षमाशील भइ मानिसहरुलाई मौकाहरु दिएर दलाई लामाको राम्रो प्रतिनिधित्व गर्नुपर्दछ।

यदि हामीले घेशे केल्साङ् ग्यात्सोको प्रतिनिधित्व गर्छौं भने पनि हामीले त्यसै गर्नु पर्दछ। हाम्रो लामा र शिक्षक जो भए पनि विशेष गरी अरुलाई बुझ्ने कुरामा हाम्रो विवेक र सहानुभूति प्रयोग गरेर, हामीले उहाँहरुको राम्रो तवरले प्रतिनिधित्व गर्नुपर्दछ। अरुले आफूलाई होच्यायो भनेर अरूलाई होच्याएर, आलोचना गरेर र अरुले घृणा अभियान गर्यो भनेर उत्तरमा उनीहरूको विरुद्ध घृणा अभियानहरू गरेर हामीलाई हामीले आलोचना गरिरहेका मानिसभन्दा असल पक्कै बनाउँदैन ।

मैले यो पोष्ट कुनै राजनीतिक टिप्पणी गर्न, कुनै कुराको खुलासा गर्न वा तपाईंको विचार परिवर्तन गर्न लेखेको होइन । मैले यो पोस्ट प्रकाशित गर्नुको कारण यहाँ कतिपय मानिसहरूलाई घेशेला र दलाई लामाको बारे र तिब्बतमा र सम्बन्धित संसारहरूमा हुने कुराहरुको बारेमा केहि पनि थाहा छैन। उनीहरुलाई खासै केहि थाहा छैन र उनीहरु मात्र धर्म चाहन्छन् । म उनीहरूलाई घेशेलाद्वारा लिखित पुस्तकहरू पढ्न, अध्ययन गर्न, बुझ्न र आफ्नो ज्ञान सुधार गर्न सिफारिस गर्दछु – यसले मलाई सहयोग भएको थियो । त्यसैले यस ब्लग पोस्टमा के भन्न चाहेको थिएँ भने घेशेलाका कामहरूले मलाई सहयोग भएको थियो र म उहाँ प्रति कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु। जीवनका अरु कुराहरु, वा अन्य लामाहरू, वा दलाई लामामा उहाँका धर्मनिरपेक्ष विचारहरू जे छन्, त्यसले मलाई असर पार्दैन र उहाँको विचार ममा प्रतिबिम्बित हुँदैन ।

दलाई लामा र घेशेलाको बारेमा मेरो आफ्नै विचारहरू छन् र म यसलाई मेरो ब्लगमा आफ्नै तरिकाले आफ्नै ठाउँ बनाएर व्यक्त गर्नेछु। म आदरपूर्वक सबैलाई भन्न चाहन्छु कि हामी सबैले यहि गरौँ। र म फेरि आदरपूर्वक दोहोर्याउन चाहन्छु, यदि तपाईंहरू मेरो भनाई प्रति सहमत हुनुहुन्न भने त्यहाँ कुनै समस्या छैन। तपाईंहरूले मेरो विचारका लागि मलाई आलोचना गर्नु पर्ने कुनै पनि कारण छैन। म आफैँ बुद्धत्व प्राप्त गर्न खोजिरहेको एक साधारण सांसारिक प्राणी हुँ ।

छेम रिन्पोछे

माननीय घेशे केल्साङ ग्यात्सो रिन्पोछेका लागि,

कृपया दीर्घायु रहनुहोस्, कृपया धर्मको चक्रलाई जारी राख्नुहोस्। तपाईंको सम्पूर्ण कामहरू प्रति धन्यवाद व्यक्त गर्न चाहन्छु किनकि तिनीहरू साँच्चै विशाल र महान छन्। बुद्धको शिक्षा र विशेष रूपले भगवान चोङ्खापाको परम्पराको विकासमा तपाईले जीवनभर योगदान गरेको प्रति धन्यवाद व्यक्त गर्न चाहान्छु। तपाईंको मुख्य लामा प्रतिको निष्ठापूर्ण र दृढ भक्तिको लागि धन्यबाद, जो मेरो लागि र अन्य धेरैका लागि उत्कृष्ट प्रेरणा बनेको छ। कुनै पनि अवरोधहरूको बाबजुत तपाईंले गरिरहने अभ्यास ती पहिलेका महान कदम्पा घेशेहरू जस्तै छ।

तपाईहरूले आफ्नो स्थानबाट आफुले सकेसम्म धर्म फैलाउन गर्नुभएका काम, जुनमा तपाईं निकै सफल हुनुभएको छ, त्यसका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । म तपाईले गरेका सबै कार्यहरूको सराहना गर्दछु, र म तपाईले दिनुभएको अति सुन्दर पत्र र पवित्र तारा मूर्तिको लागि मुरी-मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। मेरो जीवनको अन्त्यसम्म म यसलाई सम्हालेर राख्नेछु र मैले पहिले भने जस्तै, केचाराको पूजाघरमा सबैले हेर्न मिल्ने गरि, र ताराको शक्तिशाली उर्जाबाट आशीर्वाद पाउन मिल्ने गरि मेरो धर्म केन्द्रमा यो मुर्ति राख्नेछु । दशकौं वर्षसम्म तपाईंको प्रशंसा गरेको हुनाले म भित्रैबाट आशा गर्छु कि एक दिन मैले सिधै तपाईको उपस्थितिमा तपाईंलाई भेट अर्पण गर्न पाउनेछु । अहिलेको लागि, कृपया तपाईंको ध्यानहरूको शक्तिलाई यथार्थमा परिवर्तन गरिदिनुहोस् र तपाईंको कर्ममा जोडिएका कयौंका लागि आफ्नो जीवन निरन्तर एक आशीर्वादको श्रोत बनाएर फैलाइदिनुहोस्।

मेरो नम्र र गहिरो आदर,
छेम रिन्पोछे

परिशिष्ट: बर्षौ-बर्ष अगाडी जब म गादेनमा थिए, यदि मैले भन्न पाउँछु भने अरुले सिर्जना गरेका यी सब ‘विवादहरु’ भन्दा अघि, जब म गादेन गुम्बामा घेशेलाको एउटा अति राम्रो ज्ञानपूर्ण र स्पष्ट किताब पढिरहेको थिएँ, मैले मेरो हातहरू बाँधेर प्रार्थना गरेको थिएँ, “म यस पुस्तकमा भएका सबै ज्ञानलाई लिन सकूँ”। र त्यस पुस्तक ‘आनन्दको मार्ग, वज्रयोगिनीको व्याख्या’ थियो। म त्यस समयमा यति धेरै उत्प्रेरित भएको थिएँ कि मैले घेशेलालाई म उहाँका किताबहरुको कति प्रशंसा गर्छु भनेर वर्णन गर्न एउटा पत्र लेखें र यो पत्रको दोश्रो भाग(जुन मैले अहिले पत्ता लगाउन सकिन)मा मैले उहाँलाई यमंतका, गुह्यासमाज, छह शसष्त्र महाकाल, कंग्सो – पाल्देन ल्हामु कंग्सो, कालरुपा प्रार्थना र अरु पाठहरु अनुवाद गर्न अनुरोध गरें।

वर्षौं अघि, मैले घेशे केल्साङ् ग्यात्सो द्वारा लिखित तिब्बत परम्परामा बौद्ध धर्म भन्ने पुस्तक पढेको थिएँ, र मलाई वास्तवमै महसुस भएको थियो कि यो अत्यन्तै स्पष्ट र धेरै राम्रो थियो र मैले ती किताबहरू धेरै बाँड्ने गर्थें। अनि विशेषगरि मलाई यो कुरा मनपर्छ कि पवित्र १४ औँ दलाई लामाले यस किताबको भूमिका लेख्नुभएको थियो र मैले सोचेको थिएँ कि, ‘वाह! एक प्रसिद्ध तिब्बतका गुरुले तिब्बतको अर्को महान गुरु घेशेलाको किताबको भूमिका लेख्नुभएको रहेछ’। मैले सोचेँ यति शक्तिशाली उर्जाको मिलाप हुँदैछ – दलाई लामाले घेशे केल्साङ्का लागि भूमिका लेख्नुभएको छ । अनि त्यस पछि, चिजहरु परिवर्तन भए, फरक विचारहरु, केहि अवरोधहरू र केहि सोचाई पनि उत्पन्न भए, सायद यो नश्वरतामा एक पाठ थियो।

त्यसैले म यहाँ मेरो पत्रको एक भाग समावेश गर्छु जुन मैले धेरै बर्ष पहिले उहाँलाई लेखेको थिएँ- तपाईंले यहाँ मिति र वर्ष देख्न सक्नुहुन्छ।

सन् १९९४ मा घेशे केल्सांङ्लाई मैले लेखेको पत्र यो थियो; यो ‘फुल मुन’ नामको नयाँ कडम्पा परम्पराको पत्रिकामा प्रकाशित भएको थियो । (ठुलो पारि हेर्नलाई तस्विरमा क्लिक गर्नुहोस्)।

धेरै लामाहरूले घेशे केल्साङ् ग्यात्सोका पुस्तकहरूको अत्यधिक प्रशंसा गर्नुभएको छ, ति मध्ये पवित्र १४औं दलाई लामा एक हुनहुन्थ्यो जसले घेशे केल्सांङ्को अघिल्लो प्रकाशनहरूमा उहाँको किताबको भूमिका लेख्नुभएको थियो । ठुलो पारि हेर्न यो तस्बिरमा क्लिक गर्नुहोस्। त्यो भूमिका लेखिँदा पनि घेशे केल्साङ्ले त्यही अभ्यास गरिरहेनुभएको थियो, त्यहि लामाप्रति समर्पित हुनहुन्थ्यो र उहाँ उही मानिस हुनुहुन्थ्यो। मेरो विचारमा केहि पनि परिवर्तन भएको छैन।

 


 

घेशे केल्साङ् ग्यात्सोको चीरायुको लागि प्रार्थना

घेशे केल्साङ् ग्यात्सो रिन्पोछेका सबै विधार्थी र संसारभरका समर्थकहरूका लागि – यी महान गुरुको चीरायुको लागि यहाँ केहि सुन्दर प्रार्थनाहरू पढ्नको लागि उल्लेखित छन्।

This is the Choyang Duldzin Kuten (Oracle) in trance of Duldzin Dorje Shugden at Madhayamaka Centre in England. Dorje Shugden can take trance in both peaceful and wrathful forms, and in this form he took peaceful trance of the oracle of Gaden Monastery. During one such trance session at Madhayamaka Centre, the long life prayer to Geshe Kelsang Gyatso was composed.

यो बेलायतको मधयामाका केन्द्रमा डुल्जिन दोर्जे शुग्देन चढेका चोयाङ् डुलजिन कुटेन (वरेकल) हुन्। दोर्जे शुग्देन दुवै शान्त र कडा आवेगपूर्ण रूपमा चढ्न सक्नुहुन्छ, र यस बेलामा उहाँ गादेन गुम्बाको ओरेकलमा शान्त रुपमा चढ्नु भएको थियो। मधयामाका केन्द्रको एक यस्तै एकाग्र सत्रको समयमा, घेशे केल्साङ् ग्यात्सोको दीर्घायुको प्रार्थनाको रचना भएको थियो।

एउटा प्रार्थना पवित्र १४औं दलाई लामाको कनिष्ठ गुरु, अघिल्लो क्याब्जे त्रिजंग रिन्पोछेले रचना गर्नु भएको हो। अर्को प्रार्थना राजा धर्मरक्षक दोर्जे शुग्देनले चोयाङ् डुलजिन भन्ने ओरेकलका माध्यमबाट रचना गर्नुभएको हो।

सबै प्राप्तिहरु हाम्रो गुरुहरुको आशीर्वाद र सहायताले हुने भएपछि, आफ्ना गुरुहरुप्रति समर्पित गरिएको जीवनकालभरको अभ्यासहरु निकै बहुमूल्य हुन्छन् । यी अभ्यासहरुले गुरु र चेला बीचको सम्बन्धलाई शुद्ध पार्दछन् र हाम्रो गुरुहरूको दीर्घायुको परिस्थितिको सिर्जना गर्दछन्।

घेशेलाको दीर्घायुका लागि अनुकुल स्थिति बनाउन म घेशेलाका विधार्थीहरुलाई यी प्रार्थनाको वचन गर्न उत्प्रेरित गर्दछु । र गुरुको दीर्घायुका लागि प्रार्थना गर्दा, दीर्घकालीन जीवनको आशीर्वाद पाउने कारणहरूको निर्माण हुन्छ। घेशे केल्साङ् ग्यात्सो रिन्पोछेको लामो जीवन र राम्रो स्वास्थ्य रहोस् र सबै जीवन भएका प्राणीहरुका लागि उहाँले गर्नुभएको अध्ययन र अभ्यासले गर्दा धर्म चक्र निरन्तर अघि बढिरहोस्।

बौद्ध धर्मको गेलुग सम्प्रदायमा, विभिन्न संरक्षकहरूको उच्च स्तरका ओरेकलहरुको प्रयोग प्रायः गरिन्छ। ती भगवानहरू (दोर्जे शुग्देंन, सेत्राप, चोङ्खापा, दोर्जे युड्रोम, चोदार, नेचुङ्, गादोङ्, शिन्जाचेन, छेरीङ्मा, आदि) विशेष गरेर प्रशिक्षित व्यक्तिहरूमा चढ्नुहुन्छ र बोल्नुहुन्छ । उहाँहरुले प्राय: भविष्यको र अतितका कुराहरू बताउनुहुन्छ जुन एकदमै मिल्न जान्छन्।

फबोङ्खा रिन्पोछे, त्रिजंग र रिन्पोछे, डोमो घेशे रिन्पोछे, मंगोलियाका खाल्खा जेछुन डाम्पा रिन्पोछे, जस्ता धेरै उच्च लामाहरू र अरु धेरै लामाहरू ओरेकलहरुलाई यी देवतालाई स्वागत गर्ने प्रशिक्षण दिन प्रख्यात छन्। तिनीहरू कडा निगरानीमा हुन्छन् र जब प्रशिक्षण पूरा भएपछि, यी उच्च लामाहरुले उनीहरुलाई पारित गर्दछन्। गादेनको गुम्बाको चोयाङ् डुल्जिन कुटेनलाई क्याब्जे त्रिजंग रिन्पोछेले व्यक्तिगत रूपमा प्रशिक्षण गराउनु भएको थियो। सेराको अहिलेको पाङ्लुङ् कुटेनलाई दुवै डोमो घेशे रिन्पोछे र त्रिजंग रिन्पोछेहरूद्वारा प्रशिक्षित गरिएको थियो। अहिलेका यी प्रख्यात र शक्तिशाली ओरेकल बनाउन त्रिजंग रिन्पोछेको पाँच वर्षको व्याग्तिगत निगरानी लागेको थियो। धर्मशालाका छेरिङ्मा खाल्खा, जेछुन डाम्पा रिन्पोछे, मंगोलियाको प्रमुख लामा द्वारा प्रशिक्षित गरिएका थिए। र गादेन जाङ्छे गुम्बाका जेन निमा पनि ओरेकल प्रशिक्षण गराउनका लागि प्रसिद्ध थिए।

सिद्ध प्राप्त भएका र उच्च तहका लामाहरुमा सिकाउने मात्र होइन, भविष्यवाणी, पूर्वदृष्टि, जस्ता खुबीहरु र नरोपाको छ योगहरुमा लेखिए जस्तै अरु तन्त्रहरुबाट पाएका अरु खुबीहरू पनि उहाँहरुसँग हुन्छन् । उहाँहरुले ओरेकलहरुलाई प्रशिक्षण दिन सक्नुहुन्छ र धर्मरक्षकहरु जस्ता निराकार प्राणीहरुलाई महसुस गर्न सक्नुहुन्छ र विशेष प्रशिक्षण पाएका ओरेकलहरुद्वारा उहाँहरुलाई बोल्न लगाउन सक्नुहुन्छ।

GKGLongLife-1

GKGLongLife-1

GKGLongLife-1

GKGLongLife-1

GKGLongLife-1

GKGLongLife-1

GKGLongLife-1

GKGLongLife-1

GKGLongLife-1

GKGLongLife-1

GKGLongLife-1

GKGLongLife-1

GKGLongLife-1

 

थप विस्तृत जानकारीका लागि:

 

1 लाई जवाफहरू घेशे केल्साङ् ग्याछो रेन्पोछेबाट एउटा उपहार

तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण

विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।

तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।

जवाफ लेख्नुहोस्

उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: jpg, jpeg, gif, png

 

उच्चतम फाइलको साइज: 50MB
अनुमति दिइएको फाइलको प्रकार: mp4
उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: pdf, docx

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Blog Chat

ब्लग च्याट

ब्लगका आदरणीय साथीहरू,

मैले यो खण्ड तपाईंहरूको राय,विचारहरू र भावनाहरू जे तपाईंहरूलाई राख्न मन लाग्छ त्यसको लागि बनाएको हुँ।

सबैको भिन्दा भिन्दै दृष्टिकोण हुन्छ, त्यसैले यो खण्ड तपाईंहरूको लागि हो।

छेम रिन्पोछे


कृपया च्याटमा रमाइलो समय र एक अर्कालाई सहयोग गर्न आउनुहोस् र सहभागी हुनुहोस्। सबैलाई त्यही भेटौँला।


ब्लग च्याट शिष्टाचार

सबैको लागि ब्लग च्याट कोठालाई सकरात्मक ,मनोरञ्जनात्मक र प्रबुद्ध अनुभव दिने खालको बनाउनको लागि यिनीहरू केही सरल दिशानिर्देशहरू हुन्। कृपया ध्यान दिनुहोस् कि यो च्याट कोठा हो, हामी च्याट गर्छौँ! च्याट कोठालाई बाधा नपु-याउनुहोस् वा अरूसँग कुराकानी नगरी पोष्ट नगरीदिनुहोला।

विस्तार गर्नुहोस्
मित्रवत व्यवहार गर्नुहोस्

ध्यानदिनुहोस् तपाईंले तपाईंले कुरा गर्नुभएको यी व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै हुन्। उनीहरू भिन्न संस्कृतिबाट अाएका हुनसक्छन् र उनीहरूको तपाईंको भन्दा फरक राय हुनसक्छ। उनीहरूलाई तपाईंले वास्तविक जीवनमा जस्तै व्यवहार गर्नुहोस् र उनीहरूको मतको सम्मान गरिदिनुहोला र उनीहरूले पनि तपाईंलाई त्यसरी नै मित्रवत व्यवहार गर्ने छन्।

धैर्यता राख्नुहोस्

कोठालाई तपाईंलाई उत्तर दिने अवसर दिनुहोस्। धैर्यता एक गुण हो। र केही समय पश्चात सम्बन्धित मानिसहरूबाट प्रतिकिया अाएन भने, सायद उनीहरूलाई उत्तर थाहा भएन वा उनीहरूले तपाईंको प्रश्न देखेनन् भनेर प्रश्न पुन: सोध्नुहोस् वा कसैलाई सिधा सम्पर्क गर्नुहोस्। यदि मानिसहरूले प्रतिक्रिया दिन असक्षम भए भने अप्रसन्न नभई दिनुहोला।

सान्दर्भिक हुनुहोस्

यो माननीय छेम रेन्पोछेको ब्लग हो। कृपया यस स्थानको सम्मान गरिदिनुहोस्। हामी अनुरोध गर्देछौँ कि यहाँका सबै सहभागीहरू माननीय छेम रेन्पोछे र उहाँको संगठन, केचाराको सम्मान गरून्।

नम्र हुनुहोस्

अरूलाई अप्रिय हुनेखालका शब्द र अाचरणहरूको प्रयोग नगरदिनुहोला। यदि कोहीले तपाईंलाई अनादार गर्छ भने उनीहरूसँग बहस गर्नुभन्दा उनीहरूलाई बेवास्ता गरिदिनुहोस्।

कृपया ध्यान दिनुहोस् जसले यो दिशानिर्देशहरूको पालना गर्दैन उसलाई यस च्याट रूमबाट प्रतिबन्धित गरिनेछ। प्रतिबन्ध लगाउन यस ब्लगको प्रशासकसँग पूर्ण विवेकशील स्वतन्त्रता छ। कसैले अपिल गर्न चाहन्छ वा च्याट रूममा कसैको व्यवहारप्रति गुनासो गर्न चाहन्छ भने कृपया इमेलमा सन्दर्भित च्याटलाई कपि-पेस्ट गरेर care@kechara.com मा पठाउनुहोस् र सम्बन्धित वार्तालापको मिति र समय उल्लेख गर्नुहोस्।

केचारा फरेष्ट रिट्रिटको प्रगतिको जानकारीहरू

हाम्रो फरेष्ट रिट्रिटको आउँदो प्रोजेक्टको, हालचालैको खबरहरू र चित्रात्मक जानकारीहरू, जसरी यो हुँदैजाने छ ।

केचाारा फरेष्ट रिट्रिट एउटा अद्वितीय ईश्वरीय रिट्रिट सेन्टर जसले शारीरिक, मानसिक र अाध्यात्मिक स्वस्थतालाई केन्द्रित गर्ने काम गर्दछ। यो एउटा यस्तो स्थान हो जहाँ परिवार र व्यक्ति स्वयम्ले शान्ति प्राप्त गर्नेछन्, त्यो पनि प्राकृतिक बन वातावरणको पोसिलो अाहार र प्रेरणसँगै। केचारा फरेष्ट रिट्रिटमा, हामीले समाजको नयाँ पुस्ताको लागि विश्वमा नै सकरात्मक मूल्य जस्तै दया र करूणा प्रदान गर्ने प्रतिबद्धता गरेका छौँ।

थप जानकारीको लागि, पढिदिनुहोला यता (अङ्ग्रेजीमा), यता (चिनियाँमा), वा आधिकारीक साईट: retreat.kechara.com.










रिन्पोछेबाट सन्देशहरू

थप रिन्पोछेको संदेशहरू हेर्नको लागि तल बक्समा जानुहोस्। ईमेजलाई क्लिक गर्नुहोस् ठूलो पार्नको लागि। पुराना अभिलेखहरू हेर्नको लागि “पुराना संदेशहरूमा” क्लिक गर्नुहोस्। 'प्री' र 'नेक्सट'को प्रयोग लिङ्कहरूको मार्ग निर्देशनको पेजहरूको लागि गर्नुहोस्।

URLको प्रयोग सिधै यो लिङ्कबाट गर्नुहोस्: http://w33.tsemrinpoche.com/l/np/#messages-from-rinpoche

शुग्देनको भूत समयका भनाईहरू र संदेशहरू पूरै विश्वभरि

यूरोप सुग्देन संघबाट:


अधिक भिडियोहरू

तिब्बतीय जनसाधारण कुराबाट:


अधिक भिडियोहरू

श्रेय

विचार: Tsem Rinpoche
प्राविधिक: Lew Kwan Leng, Justin Ripley, Yong Swee Keong
डिजाइन: Justin Ripley, Cynthia Lee
विषय-वस्तु: Tsem Rinpoche, Justin Ripley, Pastor Shin Tan, Sarah Yap
लेखक: Pastor Loh Seng Piow
व्यवस्थापक: Pastor Loh Seng Piow, Beng Kooi

मैले धर्म ब्लग समूहका साथीहरूलाई धन्यवाद दिनै पर्छ जसले म,केचारा र धर्मको वृद्धिका लागि महत्वपूर्ण सहयोग यो उत्कृष्ट क्षेत्रमा गर्नुभयो। म उहाँहरूलाई सम्मान गर्छु र उहाँहरूसँग काम गर्न पुलकित छु। म साँच्चै चाहन्छु। सायद यतिले मात्र उहाँहरूको लागि पुग्दैन, तर म अहिले भनिरहेकोछु। म उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

छेम रिन्पोछे

Total views today
512
Total views up to date
28615583

म अहिले के लेख्दैछु

Facebook Fans Youtube Views Blog Views

अज्ञात

ज्ञात र अज्ञात दुवै भयानक हुन्,
ज्ञात कुराहरू अारामदायी र निष्क्रय हुन्,
अज्ञात वृद्धि र मौकाका लागि हुन्,
व्यक्ति स्वयमलाई कहिले थाहा नहुन सक्छ कि कोही डरहरूलाई अज्ञात भन्दा बढी ज्ञात भएको हुन्छ। कसले भन्न सक्छ
कि अज्ञातभन्दा ज्ञातचाहि अस्वस्थ हुन्छ भनेर?
तर फेरि, कहिलेकाही अज्ञात ज्ञातभन्दा अस्वस्थ हुनसक्छ। अन्तमा केही पनि ज्ञात छैन जबसम्म हामीले प्रयत्न गर्दैनौँ।
त्यसैले अन्तमा अज्ञातका साथ पछि लाग
किनभने सबै अज्ञातहरूको घनिष्ठता ज्ञातसँग हुन्छ।
~ छेम रेन्पोछे

फोटो जादैछ

ठूलो रूपमा हेर्न चित्रमा थिच्नुहोस् । र तलसारेर थप फोटो हेर्न "सबै फोटो हेर्नुहोस्" मा थिच्नुहोस् ।
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn\'t this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
6 वर्ष अगाडी
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn't this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden\'s blessings for friends, sponsors and supporters, wonderful!
6 वर्ष अगाडी
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden's blessings for friends, sponsors and supporters, wonderful!
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
6 वर्ष अगाडी
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
One of our adorable Kechara Forest Retreat\'s doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
6 वर्ष अगाडी
One of our adorable Kechara Forest Retreat's doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
6 वर्ष अगाडी
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
6 वर्ष अगाडी
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong
6 वर्ष अगाडी
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong
It\'s very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it\'s very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
6 वर्ष अगाडी
It's very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it's very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.
6 वर्ष अगाडी
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
6 वर्ष अगाडी
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo
7 वर्ष अगाडी
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
7 वर्ष अगाडी
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
7 वर्ष अगाडी
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
See beautiful pictures of Manjushri Guest House here- https://bit.ly/2WGo0ti
7 वर्ष अगाडी
See beautiful pictures of Manjushri Guest House here- https://bit.ly/2WGo0ti
Beginner’s Introduction to Dorje Shugden~Very good overview https://bit.ly/2QQNfYv
7 वर्ष अगाडी
Beginner’s Introduction to Dorje Shugden~Very good overview https://bit.ly/2QQNfYv
Fresh eggplants grown on Kechara Forest Retreat\'s land here in Malaysia
7 वर्ष अगाडी
Fresh eggplants grown on Kechara Forest Retreat's land here in Malaysia
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat
7 वर्ष अगाडी
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat

भिडियो जादैछ

No videos found

पुरोहितलाई सोध्नुहोस्


Ask the Pastors

धर्म सम्बन्धित तपाईंको प्रश्नहरूको स्पष्टीकरण दिन केचाराका सम्माननिय पुरोहितहरूसँग राखिएको एक अंश ।

तल आफ्नो नाम र प्रश्न मात्र राख्नुहोस् र हाम्रो कुनै एक पुरोहितले तपाईंलाई उत्तर दिनुहुनेछ ।

पुराना प्रश्न हेर्न तल सारेर "सबै प्रश्नहरू हेर्नुहोस्" मा थिच्नुहोस्

कुरा गरेको फोटोहरू

19th March evening had our DORJE SHUGDEN Puja Kechara Kuantan Study Group by Sam
1 हप्ता अगाडी
19th March evening had our DORJE SHUGDEN Puja Kechara Kuantan Study Group by Sam
15th March Blessings at grand opening Kechara Kuantan Study Group by Sam
1 हप्ता अगाडी
15th March Blessings at grand opening Kechara Kuantan Study Group by Sam
Throwback 5th March dharma sharing followed by DORJE SHUGDEN Puja.kechara Kuantan Study Group Sam
3 हप्ता अगाडी
Throwback 5th March dharma sharing followed by DORJE SHUGDEN Puja.kechara Kuantan Study Group Sam
26th February had our weekly DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
4 हप्ता अगाडी
26th February had our weekly DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
Andrea Lai offered incense on behalf of all Kechara Ipoh members and friends. So Kin Hoe (KISG)
1 महिना अगाडी
Andrea Lai offered incense on behalf of all Kechara Ipoh members and friends. So Kin Hoe (KISG)
3 sets of Serkym were offered by Yee Mun and other member to Dorje Shugden prior to the puja. So Kin Hoe (KISG)
1 महिना अगाडी
3 sets of Serkym were offered by Yee Mun and other member to Dorje Shugden prior to the puja. So Kin Hoe (KISG)
Kechara Ipoh Study Group has carried out Dorje Shugden puja in Ipoh on Sunday. So Kin Hoe (KISG)
1 महिना अगाडी
Kechara Ipoh Study Group has carried out Dorje Shugden puja in Ipoh on Sunday. So Kin Hoe (KISG)
Beautiful prayer wheels at Kuantan center Kechara Kuantan study group by Sam
2 महिना अगाडी
Beautiful prayer wheels at Kuantan center Kechara Kuantan study group by Sam
Beautiful prayer wheels at Kuantan center. Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
Beautiful prayer wheels at Kuantan center. Kechara Kuantan Study Group by Sam
5th February had Dharma sharing followed by DORJE SHUGDEN Puja at center Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
5th February had Dharma sharing followed by DORJE SHUGDEN Puja at center Kechara Kuantan Study Group by Sam
1 st February Yesterday blessed day cleaning of Gyenze Chapel Kechara Kuantan Study Group sam
2 महिना अगाडी
1 st February Yesterday blessed day cleaning of Gyenze Chapel Kechara Kuantan Study Group sam
Throwback yesterday 1st February released about 100 birds back to nature.Kechara Kuantan Study Group Sam
2 महिना अगाडी
Throwback yesterday 1st February released about 100 birds back to nature.Kechara Kuantan Study Group Sam
21st January evening Dharma sharing followed by DORJE SHUGDEN Puja done. Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
21st January evening Dharma sharing followed by DORJE SHUGDEN Puja done. Kechara Kuantan Study Group by Sam
Phillippe Ng offered incense and purified the offerings on altar at the beginning of puja. So Kin Hoe (KISG)
2 महिना अगाडी
Phillippe Ng offered incense and purified the offerings on altar at the beginning of puja. So Kin Hoe (KISG)
Mannance Wong offered Serkym on behalf of Kechara Ipoh Study Group prior to the puja today. So Kin Hoe (KISG)
2 महिना अगाडी
Mannance Wong offered Serkym on behalf of Kechara Ipoh Study Group prior to the puja today. So Kin Hoe (KISG)
Through the blessings from our Guru, His Eminence Tsem Tulku Rinpoche, Kechara Ipoh Study Group members gathered for Dorje Shugden puja in Ipoh today. So Kin Hoe (KISG)
2 महिना अगाडी
Through the blessings from our Guru, His Eminence Tsem Tulku Rinpoche, Kechara Ipoh Study Group members gathered for Dorje Shugden puja in Ipoh today. So Kin Hoe (KISG)
15th January 2026 had dharma sharing and DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
15th January 2026 had dharma sharing and DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
11 December animals liberation activities completed. Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
11 December animals liberation activities completed. Kechara Kuantan Study Group by Sam
Kechara Ipoh members were preparing the offerings on the altar for the puja today. So Kin Hoe (KISG)
3 महिना अगाडी
Kechara Ipoh members were preparing the offerings on the altar for the puja today. So Kin Hoe (KISG)
1st January of 2026 Hanging of prayer flags at Kechara Kuantan... Kechara Kuantan Study Group sam
3 महिना अगाडी
1st January of 2026 Hanging of prayer flags at Kechara Kuantan... Kechara Kuantan Study Group sam
The Promise
  These books will change your life
  Support Blog Team
Lamps For Life
  Robe Offerings
  Vajrayogini Stupa Fund
  White Tara Mantra Bank Project
  Dana Offerings
  Soup Kitchen Project
 

तपाईंको सल्लाह सुझाव

Live Visitors Counter
देशद्वारा पेज हेरिएको
United States 7,117,104
Malaysia 5,285,047
India 2,795,813
Bhutan 1,047,489
Singapore 1,027,604
United Kingdom 1,011,123
Nepal 994,696
Canada 878,232
Australia 711,835
Philippines 580,074
Indonesia 512,835
Germany 411,469
France 335,044
Brazil 289,637
Vietnam 264,146
Thailand 240,123
Taiwan 225,728
Italy 201,646
Spain 179,974
Netherlands 177,932
Mongolia 161,190
South Africa 149,735
China 146,082
Portugal 144,514
Hong Kong 144,391
Sri Lanka 142,618
Türkiye 142,454
Japan 141,387
United Arab Emirates 128,326
Russia 125,619
Romania 113,457
जम्मा पेज हेरिएको: 28,615,583

लग्इन गर्नुहोस्

Dorje Shugden
दोर्जे सु्ग्देनको बारेमा मेरा कुराहरू हेर्न क्लिक गर्नुहोस्….