म शुग्देनका बारेमा अब बोल्न सक्छु

जनवरी 16, 2017 | हेरिएको: 735

(लेखक: छेम रिन्पोछे)

संसार भर रहेका प्रिय मित्रहरू,

बिगत १५ बर्ष भन्दा बढी समय देखी मैले हाम्रो कुल, अभ्यासहरू तथा परम्पराहरूका बारेमा बोल्न चाहिरहेको थिएँ । मेरा गुरूबाट मैले यस विषयमा चुप रहन तथा शान्त रहन सल्लाह पाइरहेको थिएँ । मेरो गुरूको निर्देशनको अवहेलना गर्न म सक्दिन । केही बर्षको अन्तरालमा मैले यस बारे बोल्न सक्छु कि भनेर सोध्दै आएको छु र अन्तत: गत बर्ष मैले स्वीकृती पाएँ । मैले यस विषयमा शान्त रहन निर्देशन पाउँदै आईरहेको थिएँ ।

कसैले म लुकिरहेको वा बोल्न डराएको वा बफादार थिईन भन्ने सोच्लान् तर म को हुँ भनेर बोलेर प्रमाणित गर्नु पर्दैन । मैले केवल गुरू प्रति समर्पण तथा शिक्षकहरू प्रति विश्वास राख्नु पर्दछ । मैले मेरा अभ्यासहरू लुकाई राखेको तथा अभ्यास गर्ने कुरा अस्वीकार गर्ने भनी दोष लगाईराखिएको छ, तर वास्तवमा मैले कहिल्यै मेरा अभ्यासहरू रोकिनँ, तर सार्वजनिक रूपमा तथा हाम्रा केन्द्रहरूमा मैले मेरा गुरूको अनुमति बिना अभ्यासको अनुमति दिईनँ । थाहा छ, पहिले तिब्बती समाजमा धेरै ईर्ष्यालु व्यक्तिहरूको अरूलाई क्षति पुर्‍याउने मनसायका कारण हाम्रो रक्षकको अभ्यासका बारे सार्वजनिक गरिँदा हामीलाई भौतिक रूपमा क्षति पुर्‍याइन्थ्यो । मेरा गुरूले मेरो बारेमा के सोच्नुहुन्छ भन्ने भन्दा बाहेक अरूले मेरो बारेमा के सोच्छन् भन्नेबारे पर्वाह छैन । मेरो गुरू प्रतिको समर्पण नै मेरो जीवनको सबै भन्दा महत्त्वपूर्ण पक्ष हो । मानिसहरूले मेरो विरूद्धमा मन लागेका कुरा गर्न सक्छन्, तर मलाई केही पर्वाह छैन किनभने, मैले गरिरहेको कुरा मलाई थाहा छ । मलाई मेरो गुरू प्रति विश्वास छ र उहाँले मलाई दिनुभएको पवित्र रक्षक प्रति पनि । मलाई ईन्टरनेटका नकारात्मक कुराहरू, मेरा गुरूको, मेरो अभ्यास वा मेरा रक्षक विरूद्धको गफहरू प्रति विश्वास छैन । उनीहरू जे चहान्छन् भन्न सक्छन्, समयले बताउने छ कि उनीहरू कस्ता मान्छेहरू हुन् भनी । एउटा रूखको पहिचान त्यसका फलहरूबाट हुन्छ । यदि कुनै व्यक्तिले सधैं अरूका विरूद्धमा नकारात्मक कुरा गरिरहन्छ र अझ उसले नचिनेको तथा कहिल्यै नभेटेको व्यक्तिहरूका बारे पनि नकारात्मक कुरा गर्छ भने, त्यसले उसको आफ्नो विचारहरूका बारे बोल्दछ र अन्तत: ती कुरा त्यस व्यक्तिको चरित्रका रूपमा प्रस्तुत हुन्छन् ।

तन्त्रमा आफ्नो यिदाम तथा रक्षक गोप्य राखिन्छ । ती गोप्य अभ्यासरू हुन् । यिनलाई गोप्य राख्नाले आफ्ना प्राप्तिहरू बढ्दछन् । हाम्रो बाह्य रक्षक (सेत्राप) वा सार्वजनिक रूपमा रक्षक हुन सक्छन् जसका बारेमा हामी भन्न सक्छौं तर हाम्रो गोप्य रक्षक पनि हुन सक्छन् जसका बारे हामी प्रत्यक्ष गर्दैनौं, जुन हाम्रा गुरूले उपलब्ध गराएका हुन्छन् । हामी सँग साधारण यिदामहरू हुन सक्छन् जस्तै, मञ्जुश्री, त्सोङकापा, तारा र यिनका बारेमा हामी बताउन सक्छौं तर व्यक्तिगत गोप्य यिदामका बारे भन्न मिल्दैन । हाम्रा यिदाम तथा रक्षक भनेका साथीहरूसँग वा ईन्टरनेटमा गफ गर्ने विषय होइनन् । हामी विनम्र तथा अनुशासित हुनु पर्दछ । यिनीहरू तन्त्रका निवासी हुन्, मेरा नियमहरू होइनन् । विस्तृत रूपमा बुझ्न तान्त्रिक प्रतिज्ञाहरू, गुह्यसमाजका मूल पाठहरूका साथै जे त्सोङ्खापाले लेख्नुभएको “Stages and Paths of Tantra” पुस्तक पढ्नुहोस् । धेरैले यी महत्त्वपूर्ण बुँदाहरू बुझ्दैनन् तर, धर्म वा तन्त्रको कुरा आउँदा, म अत्यन्तै पारम्परिक छु तथापि, आधुनिक समयका मानिसहरूका विचारहरूलाई जोड्न मेरो बाहिरी आवरण पारम्परिक नलाग्लान्, तर म पारम्परिक छु । उदाहरणको लागी यदी तपाईंको गुह्य यिदाम यमान्तक हुन् र कसैले तपाईंलाई के तपाईंको यिदाम यमान्तक हुन् भनी सोधे भने, तपाईंले होइन भन्न सक्नु हुन्छ । तान्त्रिक आचरण अनुसार तपाईंले झुट बोलिरहनु भएको छैन किनभने, तपाईंले उच्च तहको प्राप्तिका लागी आफ्नो अभ्यास गुप्त राख्नु पर्दछ । तपाईंले आफ्नो यिदाम तारा हुन् भनेर भन्न सक्नुहुन्छ । आफ्नो यिदाम उजागर गरे तपाईंले अड्चनहरू निम्त्याउन सक्नु हुन्छ । रक्षकको अभ्यासमा पनि उस्तै हुन्छ । यदी सबै भन्दा कडा मानेमा अभ्यास गर्दै हुनुहुन्छ भने, तपाईंले आफ्नो भित्री समुह भन्दा बाहिर तपाईंले आफ्नो रक्षकका बारे खुलासा गर्नु हुँदैन । यदी कोही अत्यन्तै सफल हुनुहुन्छ र कसैले के उहाँसँग अन्तर्ज्ञान छ भनी सोधेको खण्डमा अन्तर्ज्ञान भएता पनि छैन भनी भन्नु पर्छ र सामान्य व्यवहार नै गर्नुपर्छ । यो कदम्पा तरिका हो वा दिमागको तालिम गर्ने तरिका हो, जुन गेलुंग विद्यालय र सन्तजीवन अन्तर्गत पटक पटक दोहोर्याएर सिकाईन्छ । ग्यादेन, सेरा र ड्रेपुंगको गुम्बाहरूमा तपाईंले अलौकिक शक्ति प्राप्त गरेपछि खुल्ला रूपमा प्रदर्शन गर्न पाउनु हुन्न । यो कडा रूपमा बर्जित छ । तसर्थ तान्त्रिक मान्यता अनुसार तपाईंले आफ्नो भित्री गोप्य यिदाम र रक्षकका बारे खुलासा गर्नु हुँदैन, जतिसुकै मान्छेहरूले तपाईंलाई चिढ्याउन खोजे पनि । जसले तपाईंको अभ्यासबाट बिमुख गराउन खोज्छन्, तिनीहरूले सर्वोच्च योग तन्त्रको अज्ञानता जनाउँछन् । जसले मानिसहरूका रक्षक तथा यिदाम र अभ्यासहरूका बारे बताउन लगाउँछन्, तिनले गहिरो अज्ञानता जनाउँछ । एक अभ्यासकर्ताका लागी तिनीहरूका मागहरू अज्ञानताका फत्फताई हुन् ।

म हाम्रो वंश, अभ्यासहरू तथा रक्षकका बारेमा धेरै भन्दा धेरै कुरा गर्नेछु तर म अरूलाई असर पर्ने गरी वा दुख्ने गरी वा हानी हुने गरी बोल्ने छैन । हाम्रो कर्म त्यसै समाविष्ट हुन्छ । हामीले गर्ने गाली वा बोली राम्रो उद्देश्यले बोलिएको छ वा छैन, त्यसमा कर्म जोडिएकै हुन्छ । मलाई अझ धेरै नकारात्मक कर्मको आवश्यकता छैन । हामीले सत्य दयालु बोली मार्फत् अविच्छिन्न रूपमा सत्य उजागर गर्न र बाँड्न सक्छौं तर अन्य व्यक्ति वा गुरू वा अभ्यासकर्तालाई गिराउन हुँदैन । मेरा गुरू र रक्षक खुशी हुनुहुने छैनन् यदी म अरू प्रति निर्दयी भएँ भने । समय समयमा मेरो जीवनमा बाधा अप्ठ्याराहरू पैदा गर्न कोशिश गर्नेहरू प्रति पनि म मध्यम मार्ग अपनाएर बोल्न चहान्छु ।

म परम पावन दलाई लामाका विरूद्धमा बोल्ने छैन किनभने, मैले उहाँबाट दिक्षाका प्रतिज्ञा प्राप्त गरेको छु र साथै धेरै शिक्षा पनि । तर उहाँ मेरा गुरू मात्र होइनन् । मलाई मेरा गुरूहरू मध्ये कोही एक भनेर छान्न मन पर्दैन तथापि केही व्यक्तिहरू त्यसो गर्छन् । म सधैं परम पावन दलाई लामाले सिकाउनुभएका अभ्यासहरू र मेरा मूल गुरू परम पावन क्याब्जे सोङ्ग रिन्पोछेका अभ्यासहरू जारी राख्नेछु । म कुनै एक छान्दिन । म छान्न सक्दिन । यसरी छान्नु मेरो तान्त्रिक प्रतिज्ञाको विरूद्ध हुनेछ । म मेरा केही गुरूहरूका प्रमाणिकरणहरूसँग सहमत नहुन सक्छु र म त्यस बारे विनम्रता पूर्वक बोल्न सक्छु र बोल्छु पनि, तर म त्यसबारे नम्र तथा उपकारी हुनेछु । म त्यस प्रति सम्मानजनक हुनेछु । म मेरा सबै गुरूहरूलाई साथमा राख्नेछु । परम पावन दलाई लामा प्रख्यात हुनुहुन्छ, उहाँ परम पावन क्याब्जे सोङ्ग रिन्पोछे भन्दा धेरै प्रख्यात हुनुहुन्छ, तर त्यसको तात्पर्य सोङ्ग रिन्पोछे केही कम वा गलत हुनुहुन्छ भन्ने होइन । म मेरो गुरूहरू र उहाँहरूको उपदेशहरू उहाँहरूको प्रसिद्धीका आधारमा चयन गर्दिनँ । म गुरूको चयन कसरी उहाँहरूले मेरो जीवन र मेरो विचारहरूमा प्रभाव पार्नुभएको छ, त्यसका आधारमा गर्दछु र त्यो मेरो गुरू र छनौटसँगको निश्चित कर्मको सम्बन्ध हो । कोही गुरूहरूले तपाईंलाई धेरै चिढ्याएर जान सक्नु हुन्छ, तर त्यसको अर्थ तपाईंको उहाँहरूसँग जोडदार सम्बन्ध हुनसक्छ र तपाईंले उहाँहरूसित राम्रोसँग सम्बन्ध जोड्न केवल आफ्नो कर्मलाई शुद्ध गर्नु पर्दछ । गुरूसँगको बलियो कर्मको आत्मियता असीम विश्वासका रूपमा आउन सक्छ वा सुरूमा असहमतीका रूपमा आउन सक्छ । कर्म विचित्रको हुन्छ ।

जब मैले क्याब्जे रिन्पोछेलाई १८ बर्षको उमेरमा लस एन्जलसमा भेटें, उहाँले मेरो भित्री हृदयसम्म प्रभाव पार्नु भयो र मेरो अस्तित्वलाई भित्र सम्म महसुस गराउनु भएको छ । मलाई उहाँसँग बिताएका हरेक क्षण प्रिय लाग्छन् । उहाँ सदाका लागी मेरा मूल गुरू हुनुहुन्छ र उहाँबाट प्राप्त कुनै पनि अभ्यासहरू तथा रक्षक त्याग्ने छैन । यसलाई हाम्रो गुरू प्रतिको समर्पण भनिन्छ । म कुनै महान व्यक्ति होइन वा म भित्र कुनै भव्य विशेषता छैन, तर मेरो गुरू प्रतिको समर्पण मलाई मन पर्ने मेरो गुण हो । यदी सोङ्ग रिन्पोछे द्वारा प्रदान गरिएको रक्षकको अभ्यास गर्नाले मानिसहरूले मलाई दुर्व्यवहार गर्छन् वा अपमानित गर्छन् वा त्याग गर्छन् वा छाडेर जान्छन् भने, त्यो ठीक छ । म क्याब्जे सोङ्ग रिन्पोछेले प्रदान गर्नुभएको अभ्यासका निम्ति दुर्व्यवहार सहन सक्छु । संसारले दिन सक्ने जेसुकै भन्दा पनि धेरै प्रबुद्धता अधिक महत्त्वपूर्ण हुन्छ । मेरा गुरूले मलाई प्रयुक्त गर्नुभएको कुरा त्याग गरेका कारण मलाई प्रशंसा गरिनु भन्दा सोङ्ग रिन्पोछेले प्रदान गर्नुभएको अभ्यासका कारण म अपमानित हुनु नै बेश । मलाई पनि अरूलाई जस्तै प्रशंसा गरिएको मन पर्छ, तर मेरो अध्यात्मिकताको मूल्य चुकाएर होइन । म मेरो आत्मा बेच्दिन । तसर्थ कृपया मेरो गुरू प्रतिको समर्पण, मेरो गुरूको अनुशरण र मेरा गुरू प्रति भक्तिका लागी मेरो निन्दा नगर्नुहोस् वा मलाई घृणा नगर्नुहोस् । यदी यसले तपाईंलाई अपमानित गराउँछ भने, म माफी चहान्छु । म तपाईंको भलो चहान्छु । तपाईंले आफ्नो रक्षकको अभ्यास गर्नु बढी महत्त्वपूर्ण हुन्छ किनभने, तपाईंको गुरूले त्यसलाई दिनुभएको हो, नकी रक्षकको लागी राख्नका लागी । तपाईंले आफ्नो अभ्यास आफ्नो गुरू प्रतिको विश्वासका कारण जारी राख्नुहुन्छ, रक्षक प्रतिको विश्वासले । यो कुरा तपाईंको दिमागमा बलियोसँग राख्नुहोस् । तपाईंको रक्षक प्रबुद्ध हुनुहोला वा नहोला, एक पटक तपाईंको बज्रधर समान गुरूले निर्धारित गर्नुभएपछी केही फरक पर्दैन । तपाईंले आफ्नो गुरू प्रतिको वाचा राख्नुहोस् । त्यो महत्त्वपूर्ण हुन्छ ।

परम पावन क्याब्जे सोङ्ग रिन्पोछे, सुत्र तथा तन्त्रका सर्वोच्च गुरू

मैले परम पावन दलाई लामा र परम पावन क्याब्जे सोङ्ग रिन्पोछेमा बीच कुनै एक किन चुन्नु पर्यो ? धेरै बर्ष सम्म मैले यी दुई लामाहरू मध्ये कुनै एक कहिल्यै चुन्नु परेन, तर अहिले आएर किन मलाई यो परिस्थितिमा ल्याईदैछ ? तपाईंसँग कुनै एक चयन गर्ने विकल्प होला किनभने, तपाईंले कुनै पनि एक लामाबाट शिक्षा ग्रहण गर्नु भएको छैन, तर मेरो अवस्था त्यस्तो होइन, कृपया बुझ्ने प्रयास गर्नुहोस् । यो मेरो दिमागका लागी पनि अत्यन्तै अशान्तिपूर्ण हुन्छ तसर्थ मैले यस्ता प्रमाणिक विवादहरूको उत्तर धर्म भित्र खोज्नु पर्छ । आश्वघोषद्वारा लिखित गुरूपञ्चासिकाका अनुसार हामीले सम्पूर्ण गुरूहरूलाई सम्मान गर्नुपर्दछ जसबाट हामीले जस्तोसुकै अवस्थामा पनि शिक्षा प्राप्त गरेका छौं । हामीले कुनै पनि गुरूको निन्दा गर्नु हुँदैन, नत्र हाम्रो आध्यात्मिक अभ्यासहरू पूर्ण हुन सक्दैनन् । यसलाई हेर्दा कडा र कठीन लाग्न सक्छ, तर आफ्नो सहज क्षेत्रमा रहनु आध्यात्मिक प्रगतिका लागी सबैभन्दा ठूलो अवरोध हो । यदी उनीहरूले विवाद वा मतभेदहरू देखाउँछन् भने, म त्यसलाई मेरो दिमागलाई वशमा राख्ने एक अलौकिक खेलका रूपमा लिन्छु । तन्त्रमा सम्पूर्ण आवाज, मुद्राहरू, धारणाहरू, विचारहरू यिदामका हुन् । त्यस तरिकाले हामीले यसमा पारंगत हुन हाम्रो वास्तविकता दैनिक रूपमा परिवर्तन गर्दछौं । हामीले हाम्रा लामाहरूलाई गलत रूपमा लिन सक्दैनौं र हाम्रा तान्त्रिक अभ्यासमा हामीले पूर्ण रूपमा एकै दिनमा उहाँलाई बुद्धका रूपमा देख्दछौं । कसैले त्यसो गर्न सक्छन् तर त्यो रोकावट हुनेछ । त्यसले विवाद पैदा गर्नेछ । तान्त्रिक ध्यानको उद्देश्य भनेको हाम्रा सांसारिक विचारहरूमा नअल्झिनु हो । किनभने, यदी मैले यसलाई विवादका रूपमा हेरें भने, मैले सारा लामाहरूको त्याग गर्नेछु । एक जना अत्याधिक प्राप्ति भएका लामा कसरी अर्को भन्दा महान हुन सक्छन् । दर्जा भनेको मान्छेले बनाएको हो र केवल लैकिक उद्देश्यका निम्ति, तर आध्यात्मिक परिवेशमा यो सापेक्ष हुँदैन । मेरो लामा दुई शिष्य भएका एक साधारण ऋषि हुन सक्नु हुन्छ । उहाँ प्रख्यात हुनु भएपनि वा नहुनु भएपनि मेरा लागी बुद्ध नै हुनुहुन्छ । कुनै एक लामा अन्यन्तै प्रख्यात तथा प्रसिद्ध हुँदैमा उहाँको उपदेशहरूले अन्य साधारण तथा विनयशील ऋषि गुरूका उपदेशलाई च्यूत गर्न सक्दैन । मैले मेरा लामाको अनुशरण गर्नुको कारण उहाँका शिक्षाहरू मेरा लागी लाभकारी हुनाले हो, उहाँको ख्यातीका कारण होइन । ख्याती तथा हजारौं शिष्यहरू हुनु सँग कसको उपदेशहरू पालना गर्ने भन्ने कुराको कुनै सरोकार हुँदैन ।

मैले क्याब्जे सोङ्ग रिन्पोछेको शिक्षा तथा उहाँद्वारा मलाई प्रदान गरिएका रक्षकको अनुसरण गरें भन्दैमा के म दलाई लामाको विरूद्ध हुन्छु ? मलाई त्यसो लाग्दैन । पक्कै पनि लाग्दैन । यदी मैले टाओ, साटान, हिन्दू, जेन, क्रिष्टियन, वा पैगन धर्म मान्दैमा र दलाई लामाको आध्यात्मिक परम्परा भन्दा फरक छु भन्दैमा के म दलाई लामाको विरूद्ध हुन्छु ? पक्कै पनि हुन्न । यदी म दलाई लामाको विरूद्धमा छैन भने, किन मलाई यस तरिकाले वर्गिकरण गरिन्छ ? किन सबथोकलाई कालो र सेतो भनी संक्षेपिकरण गरिन्छ ? कहिलेकाहिं हाम्रा आमा र बुवाको मतभेद हुन्छन्, हामी आमाको कुनै कुरासँग सहमत हुन्छौं र केही कुरामा बुवासँग पनि सहमत हुन्छौं । कुनै बेला हामी बुवाको कुरासँग सहमत हुनु पर्छ भने, कहिले काहिं अमाको कुरासँग सहमत हुनु पर्छ, तर हामी कुनै एक अभिभावकसँग सहमत भयौं भन्दैमा हाम्रा अर्का अभिभावकको बिरूद्ध छौं भन्ने हुँदैन । हाम्रा लामाहरूको सन्दर्भमा पनि किन कालो-सेतो हुनुपर्ने र तिब्र प्रतिस्पर्धा हुनुपर्ने ? त्यसो हुनु पर्छ भन्ने मलाई लाग्दैन । म त्यो तरिका चयन गर्दिन ।

कुनै मान्छे भन्छन् कि, आफ्ना रक्षकको त्याग गर्नाले वा जबरजस्ती अरूलाई रक्षकको त्याग गर्न लगाएर उनीहरू दलाई लामाका असल शिष्य हुन्छन् । तर मलाई लाग्दैन कि, तपाईंले एउटा सल्लाह अनुशरण गरी बाँकि बिर्सनु भयो भने, तपाईंले राम्ररी अभ्यास गर्दै हुनुहुन्छ । तपाईंले एक लामाको सट्टा अर्को लामाको चयन गर्नु पर्ने वा साथीहरूको त्याग गर्नु पर्नेले केही स्वाभाविक रूपमा गलत भइरहेको जनाउँछ । उदाहरणको लागी, परम पावन दलाई लामाले सिकाउनु भएको छ कि:

  1. तपाईंको शत्रुहरूलाई सहन गर्नुहोस् । तसर्थ अरूका रक्षकको अभ्यासका कारण उनीहरूको खुट्टा तान्ने काम गर्नुभयो भने, के तपाईंले दलाई लामाका शिक्षाहरूको अनुशरण गर्नु भयो त? तपाईंका वचनहरू वा जे बाहिर पठाउनु हुँदैछ, तिनलाई नियन्त्रण गर्नुहोस् ।
  2. चीन तिब्बतको ठूलो शत्रु मानिन्छ । यो उनिहरूको दृष्टिकोण हो । म केवल यसलाई उदाहरणको रूपमा प्रयोग गर्दैछु । तत्कालीन कम्युनिष्टहरूले हजारौं गुम्बाहरू ध्वस्त बनाईदिए, धेरै संघको हत्या गरे, हजारौं मूर्तिहरू, पवित्र ग्रन्थहरू जलाईदिए र बुद्ध धर्म प्रतिबन्धित गरिदिए । ती ठूलो नोक्सानी जस्तो लाग्छ र असंख्य नकारात्मक कर्म संचित गरेको देखिन्छ । उनीहरू दलाई लामाका विरोधी लाग्दछन् । तर दलाई लामाले कम्युनिष्टहरूलाई माफ गर्न सक्नुहुन्छ । त्यसो भए, किन अत्यन्तै थोरै “हानी” गरेका तथा अत्यन्तै थोरै कथित “नोक्सानी” गरेका शुग्देन व्यक्तिहरूलाई माफ नगर्ने ? यदी दलाई लामाले आफ्नो सार्वजनिक वक्तव्यहरूमा कम्युनिष्टहरूलाई माफी दिन सक्छन् भने, उनका अनुयायीहरूले शुग्देन व्यक्तिहरूलाई अपमान नगर्न र माफ दिन सक्दैनन् ? दलाई लामाले वर्तमान चिनियाँ नेताहरूलाई तिब्बतको समस्या समाधान गर्न भेट्न चाहेका छन् । यस समस्यालाई हल गर्न शुग्देनका अनुयायीहरूलाई किन नभेट्ने ? किन एक शत्रुलाई माफ गरी अर्कालाई बेवास्ता गर्नु ? केवल काल्पनिक परिस्थितिको प्रश्न । तसर्थ दलाई लामाले सिकाउनु भए जस्तै दयालु बन्न माफ दिनु सबैजनालाई उपयुक्त हुन्छ ।
  3. दलाई लामाले झुट नबोल्न तथा ईमान्दार बन्न भन्नु भएको छ । के उहाँको अनुशरण गर्ने सबैजना ईमान्दार छन् ? के तपाईंले आफ्ना सपथ कायम राख्नु भएको छ ? के तपाईं कहिल्यै झुट बोल्नु हुन्न?
  4. सपथ लिईसकेपछी अनुशरण गर्नुहोस्, वचनका चार नकारात्मकता, दिमागका तीन र शरीरिक तीन निषेधित गर्नुहोस् । के हामीले ग्रहण गरेका सपथहरू राम्ररी पालन गरेका छौं ? यदी छैनौं भने, अरूलाई हेरेर आलोचना नगर्नुहोस्, आफै भित्र नियाल्नुहोस् । दलाई लामा वा अन्य जुनसुकै लामाका शिष्य भए पश्चात् के तपाईंले आफ्ना सपथको अनुशरण गर्नु पर्दैन ? जुनसुकै परिस्थितिमा पनि अवश्य गर्नु पर्छ ।

शारीरिक तीन

  • हत्या
  • चोरी
  • यौन दुर्व्यवहार

वचनका चार नकारात्मकता

  • विवादित वचन
  • कठोर शब्दहरू
  • निर्अर्थक गफ
  • झुट बोल्नु

दिमागका तीन

  • ईष्या
  • घृणा तथा शत्रुता
  • नकातात्मक दृष्टिकोण

जब हामी अरूलाई हानी गर्छौं, उदाहरणका लागी, शुग्देनका अनुयायीहरूलाई र ईन्टरनेटमा उनीहरूलाई दैनिक रूपमा आलोचना गर्छौं, के हामीले दलाई लामाले प्रदान गरेका वा सिकाएका सपथहरूको अनुशरण गरिरहेका छौं ? यदी हामी दलाई लामाका राम्रा अनुयायी बन्न चहान्छौं र हामी हुनु पनि पर्छ, तथा उहाँको राम्रोसँग प्रतिनिधित्व गर्न चहान्छौं भने, हामीले हाम्रा सपथहरूको अनुशरण गर्नु पर्छ र धर्मको गहन अभ्यास गर्नुपर्छ तथा अरूलाई पीडा दिन वा दोषारोपण गर्नु हुँदैन । यदी आफू सहमत नभएका अभ्यासहरू अरूले अवलम्वन गर्न चहान्छन् भने, त्यो उनीहरूको अधिकार हो । यदी त्यो उनीहरूको अधिकार हो भने, किन उनीहरूलाई दैनिक रूपमा ईन्टरनेटमा तथा व्यक्तिगत रूपमा आलोचना गर्ने ? तपाईंलाई मन नपरेको कुरा अभ्यास गर्छन् भनी किन उनीहरूलाई निश्चित सार्वजनिक स्थानहरूमा निषेध गर्ने ? शुग्देनको अभ्यास गर्नु उनीहरूको अधिकार हो भन्ने तर अर्को तर्फ सधैं शुग्देनको बिरूद्ध सल्लाह दिनाले धेरैको सम्वेदनामा चोट पुर्‍याउँछ र त्यो ढोंगी देखिन्छ । उदाहरणका लागी मानौं, एसियाली मानिसहरू अरू जाती समान छन् (जुन् उनीहरू छन् पनि), तर उनीहरूलाई कुनै निश्चित विद्यालय, नगर र सार्वजनिक स्थानहरूमा निषेधित छन्, ती ढोंगी लाग्दछन्, होइन र? तपाईंले उनीहरू समान छन् भन्नुहुन्छ तर, तपाईंका कार्यले त्यस्तो दर्शाउँदैन । किन तपाईंले शुग्देनका बिरूद्ध सल्लाह दिन्छु भनेर निरन्तर भन्नुहुन्छ तर त्यो केवल तपाईंको सुझाव हो र तपाईंको सुझावले लाखौंलाई असर गरिरहेको हुन्छ ? अमेरिकाले चीन माथी मानव अधिकारका मुद्दामा दोषारोपण गर्छ, तर हेर्नुहोस् हालसालै फर्गसनमा के भएको थियो । कुनै मान्छेहरूले दलाई लामाका विरूद्धमा बोल्न सक्छन् र तत् पश्चात् तपाईंलाई लाग्छ कि, तपाईंले उनीहरूका विरूद्धमा गलत तरिकाले कार्य गर्ने अधिकार प्राप्त गर्नुभयो । तर सावधानी रूपमा सोच्नुहोस् कि तपाईंको बोली र शब्दको प्रयोगले तपाईं आफै, दलाई लामा र बुद्धधर्म माथी सम्भवत: सकारात्मक भन्दा नकारात्मक असर परेको होला । दलाई लामाको प्रतिनिधित्व राम्रोसँग गर्नुहोस्, अरूले नगरे पनि । अरूको व्यवहारका कारण आफ्नो व्यवहारमा असर पर्न नदिनुहोस् किनभने, कर्म व्यक्तिगत हुन्छ र यस अवस्थामा हामीले व्यक्तिगत रूपमा भोग्नु पर्छ ।

अर्को शब्दमा भन्नुपर्दा, पाप रहित व्यक्तिहरूले पहिलो ढुंगा पापीहरूलाई हान्छन् । हामी मध्ये पाप नभएका को छन् ? कोहि पनि छैनन् । तसर्थ अरूलाई ढुंगा हान्न रोकि हाल्नुहोस् । तसर्थ हामीले निर्णय गर्नु हुँदैन । हामी दयालु, माफी दिने र धैर्यवान हुनु पर्छ । घृणा गर्नु भनेको संसारिक हुनु हो र माफी दिनु भनेको पवित्र हुनु हो ।

परम पावन क्याब्जे ट्रिजंग रिन्पोछे, सम्पूर्ण तान्त्रिक मण्डलहरूका परम प्रभु जो अरू होइन, हेरूक हुन् ।

विगत ४०० बर्षमा रक्षकको अभ्यासको सुरूवात देखि कसैले पनि कुनै एक वा अर्का लामा चुन्नु पर्दैनथ्यो, किनअब आएर (सन् १९९६ देखी), हामीले कुनै एक लामा चुन्नु पर्यो ? र यदी हामीले कुनै एक लामाको चयन गर्यों भने, अर्का लामाको विरूद्धमा हुन्छौं ? त्यो तपाईंको दृष्टिकोण हुन सक्छ, त्यो तपाईंको सोच्ने तरिका हुन सक्छ, त्यो तपाईंले दुनियाँलाई हेर्ने नजर हुन सक्छ, तर मैले संसारलाई हेर्ने दृष्टिकोण त्यो होइन । मेरो संसार फरक छ, मेरो संसार मधयम मार्ग हो, मैले मेरा लामाहरू र अभ्यासहरूबाट राम्रा कुराहरू लिन सक्छु, र जुन कुरा सँग म असहमत छु, त्यसको बारे मैले टिप्पणी गर्नु पर्दैन र उनीहरूका विरूद्ध नकारात्मक अनादरपूर्ण अलोचना गर्नु पर्दैन, अथवा मैले चुन्नु पर्दैन । पुनश्च: यो मेरो संसार हो र म त्यसरी नै मेरो संसारमा जिउन चहान्छु । तपाईंले आफ्नो चयन गर्न सक्नुहुन्छ । मेरो संसारले मलाई मनको शान्ति दिन्छ, तपाईंको संसारले तपाईंलाई पूर्ण गर्छ र एक वा अर्का लामा प्रति विश्वासघाती बनाउँछ भने, म त्यस्तो अवस्थामा बस्न मञ्जुर छैन र म कहिल्यै पनि त्यस अवस्थामा बस्ने छैन । म मेरा सबै लामा र अन्य गुरूहरूलाई सम्मान गर्न चहान्छु र उहाहरूले सिकाउनु भए बमोजिम अभ्यास गर्न चहान्छु किनभने, अन्त्यमा अभ्यासले नै मलाई प्रबुद्ध तर्फ डोर्याउँछ । म चयन गर्दिन, बरू मेरा मूल गुरूले मलाई दिनुभएको अभ्यासका बारे बोल्छु, जसले मलाई धेरै फाईदा दिएको छ र चार सय बर्ष सम्म धेरै लाभ पुर्‍याएको छ । म अन्य धेरैसँग यो बाँड्ने छु, जो कर्मका दृष्टिकोणले तयार छन् ।

म केही पनि होइन, तर म सँग भएको सबै भन्दा राम्रो कुरा भनेको परम पावन क्याब्जे जोङ रिमपोचेसँग भेट हुनु हो । म उहाँ प्रति मेरो प्रेम, आदर तथा विश्वास मेरो अन्तिम दिन सम्म रहनेछ । म मेरो अभ्यास वा क्याब्जे सोङ्ग रिन्पोछेद्वारा निर्धारण गरिएका मेरा रक्षकको त्याग जतिसुकै दवाव आएता पनि गर्ने छैन । यदी ती रक्षक मेरा गुरूका लागी राम्रा भए मेरा लागी पनि पक्कै राम्रा हुन्छन् । म मेरो आस्था, मेरो गुरू प्रतिको समर्पण र अभ्यासहरू त्याग गर्नय भन्दा मर्नु ठीक ठान्छु । म कहिल्यै विमुख हुने छैन । मैले यसका लागी परम पावन दलाई लामाप्रति अभद्रता व्यक्त गर्न खोजेको होइन; मेरा रक्षकको अभ्यास राजनैतिक कारणले गरेको होइन । मैले कहिल्यै गरेको छैन । दलाई लामा मेरो अभ्यास सँग सहमत नहुन सक्नुहुन्छ, तर म हात जोडेर सम्मानपूर्वक झुकेर माफी माग्दछु साथै मेरो अभ्यास जारी राख्दछु । मेरो अभ्यासका लागी मलाई पैसा तिरिएको छैन र म केही फाईदा पनि पाउँदिन । अझ केचराबाट भएका कुनै पनि धर्म स्टोर र अनलाईन स्टोरहरूबाट मैले एक डलर पनि पाउँदिन । सबै नाफा हाम्रा कर्मचारीहरू, तिनका भत्ता र हाम्रो सुन्दर केचराको सम्भारमा जान्छन् । म कहिल्यै पनि धर्मबाट नाफा कमाउँदिन ।

परम पावन क्याब्जे फबोङ्खा रिन्पोछे, सर्वश्रेष्ठ कप्तान जसले संसारको कपटी सागरबाट हाम्रो नाउ पार लगाउँछन्

म मेरा गुरू, यिदाम, धर्म तथा रक्षक प्रति सदा अडिग रहने छु । मैले सिकेका कुराहरू संसारसँग बाँड्नेछु । दु:खी संसारमा जीवन केही मात्रामा सुन्दर छ किनभने, मैले परम पावन क्याब्जे सोङ्ग रिन्पोछेलाई भेट्न पाएँ, जसले परम पावन क्याब्जे ट्रिजंग रिन्पोछेका अभ्यासहरू तथा कुल परम्परा हस्तान्तरण गर्नुभयो । ट्रिजंग रिन्पोछे क्याब्जे सोङ्ग रिन्पोछेका मूल गुरू हुनुहुन्थ्यो । कति भाग्यमानी म ? लामो समय सम्म संसारमा एक बेकम्मा भई भौतारिरहेको म जस्तोले जिवित हेरूक बुद्धलाई भेट्ने अवसर पाएँ र उहाँको नाम थियो, परम पावन क्याब्जे सोङ्ग रिन्पोछे!! कस्तो भाग्यमानी म? धेरै भाग्यमानी! अति भाग्यमानी तथा अति भाग्यशाली । म क्याब्जे सोङ्ग रिन्पोछेलाई माया गर्छु, जो मेरा आध्यात्मिक पिता हुनुहुन्छ र म परम पावन क्याब्जे ट्रिजंग रिन्पोछेलाई माया गर्छु, जो मेरा आध्यात्मिक हजुरबुवा हुनुहुन्छ । तीन जना जिवित बुद्धहरूको सम्पर्कमा हुन पाउने म कति भाग्यमानी । म सोङ्ग रिन्पोछे, ट्रिजंग रिन्पोछे तथा फबोङ्खा रिन्पोछेलाई प्रेम गर्छु । र मेरो आस्था र समर्पणका लागी सबैले मलाई दोषारोपण गर्लान्, दुर्व्यवहार गर्लान् तथा मेरो स्तर गिराउलान् तर म हार मान्ने छैन । मेरो साथमा कोहि पनि नहुँदा समेत उहाँहरूले प्रयुक्त गर्नुभएको एक पनि अभ्यास छोड्ने छैन । म ईमानदार छु । आध्यात्मिक रूपमा ईमान्दार ।

म कहिल्यै पनि मेरा गुरू र अभ्यासहरू परित्याग गर्ने छैन । म मेरो लोजोङ र लाम रिमको अभ्यासका लागी कार्यरत रहनेछु र धर्मको प्रबर्द्धन गर्नेछु । मेरो मुख्य अभ्यास कुनै रक्षकहरू होइनन् तर धर्म हो, विशेषत लोजोङ । म निरन्तर प्रयास गर्नेछु र राम्रो व्यक्ति बन्न कडा मेहनत गर्नेछु तथा मेरा अध्यात्मिक अभ्यासमा संलग्न रहनेछु । यस पृथ्वीमा मेरो समय छोटो छ र म संसारका कुनै चीजमा मेरो समय खेर फाल्न चहान्न किनभने, त्यसको कुनै अर्थ छैन ।

म प्रार्थना गर्छु कि दोर्जे शुग्देन सँगको यस ‘विवाद’ मैत्रीपूर्ण रूपमा चाँडै अन्त्य हुनेछ । दोर्जे शुग्देनका लाखौं अनुयायीहरूले आफ्ना अभ्यास त्याग्ने छैनन् । तसर्थ दोर्जे शुग्देनका असल नेताहरूले तिब्बती नेतृत्वसँग भेटेर केही सहकार्य गरे भने, त्यो दुबै पक्षका लागी जीतको अवस्था हुनेछ । कसैलाई पनि पीडा नहोस् र सबैजना विजयी होऊन् । म आशा गर्छु कि त्यो शिघ्र स्वीकृत हुनेछ ।

जीवनमा गर्न बाँकि केही पनि छैन । मैले जस्तो जानेको छु, त्यस तरिकाले म राम्रो व्यक्ति बन्नेछु र यदी कसैलाई त्योसँग समस्या भए म उहाँहरूसित माफी माग्छु जसरी म उहाँहरूलाई माफ गर्छु ।

सविनय,
छेम रिन्पोछे

अन्य सम्बन्धित लेखहरूका लागी यहाँ क्लिक गर्नुहोस् ।

 

1 लाई जवाफहरू म शुग्देनका बारेमा अब बोल्न सक्छु

तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण

विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।

तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।

जवाफ लेख्नुहोस्

उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: jpg, jpeg, gif, png

 

उच्चतम फाइलको साइज: 50MB
अनुमति दिइएको फाइलको प्रकार: mp4
उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: pdf, docx

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Blog Chat

ब्लग च्याट

ब्लगका आदरणीय साथीहरू,

मैले यो खण्ड तपाईंहरूको राय,विचारहरू र भावनाहरू जे तपाईंहरूलाई राख्न मन लाग्छ त्यसको लागि बनाएको हुँ।

सबैको भिन्दा भिन्दै दृष्टिकोण हुन्छ, त्यसैले यो खण्ड तपाईंहरूको लागि हो।

छेम रिन्पोछे


कृपया च्याटमा रमाइलो समय र एक अर्कालाई सहयोग गर्न आउनुहोस् र सहभागी हुनुहोस्। सबैलाई त्यही भेटौँला।


ब्लग च्याट शिष्टाचार

सबैको लागि ब्लग च्याट कोठालाई सकरात्मक ,मनोरञ्जनात्मक र प्रबुद्ध अनुभव दिने खालको बनाउनको लागि यिनीहरू केही सरल दिशानिर्देशहरू हुन्। कृपया ध्यान दिनुहोस् कि यो च्याट कोठा हो, हामी च्याट गर्छौँ! च्याट कोठालाई बाधा नपु-याउनुहोस् वा अरूसँग कुराकानी नगरी पोष्ट नगरीदिनुहोला।

विस्तार गर्नुहोस्
मित्रवत व्यवहार गर्नुहोस्

ध्यानदिनुहोस् तपाईंले तपाईंले कुरा गर्नुभएको यी व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै हुन्। उनीहरू भिन्न संस्कृतिबाट अाएका हुनसक्छन् र उनीहरूको तपाईंको भन्दा फरक राय हुनसक्छ। उनीहरूलाई तपाईंले वास्तविक जीवनमा जस्तै व्यवहार गर्नुहोस् र उनीहरूको मतको सम्मान गरिदिनुहोला र उनीहरूले पनि तपाईंलाई त्यसरी नै मित्रवत व्यवहार गर्ने छन्।

धैर्यता राख्नुहोस्

कोठालाई तपाईंलाई उत्तर दिने अवसर दिनुहोस्। धैर्यता एक गुण हो। र केही समय पश्चात सम्बन्धित मानिसहरूबाट प्रतिकिया अाएन भने, सायद उनीहरूलाई उत्तर थाहा भएन वा उनीहरूले तपाईंको प्रश्न देखेनन् भनेर प्रश्न पुन: सोध्नुहोस् वा कसैलाई सिधा सम्पर्क गर्नुहोस्। यदि मानिसहरूले प्रतिक्रिया दिन असक्षम भए भने अप्रसन्न नभई दिनुहोला।

सान्दर्भिक हुनुहोस्

यो माननीय छेम रेन्पोछेको ब्लग हो। कृपया यस स्थानको सम्मान गरिदिनुहोस्। हामी अनुरोध गर्देछौँ कि यहाँका सबै सहभागीहरू माननीय छेम रेन्पोछे र उहाँको संगठन, केचाराको सम्मान गरून्।

नम्र हुनुहोस्

अरूलाई अप्रिय हुनेखालका शब्द र अाचरणहरूको प्रयोग नगरदिनुहोला। यदि कोहीले तपाईंलाई अनादार गर्छ भने उनीहरूसँग बहस गर्नुभन्दा उनीहरूलाई बेवास्ता गरिदिनुहोस्।

कृपया ध्यान दिनुहोस् जसले यो दिशानिर्देशहरूको पालना गर्दैन उसलाई यस च्याट रूमबाट प्रतिबन्धित गरिनेछ। प्रतिबन्ध लगाउन यस ब्लगको प्रशासकसँग पूर्ण विवेकशील स्वतन्त्रता छ। कसैले अपिल गर्न चाहन्छ वा च्याट रूममा कसैको व्यवहारप्रति गुनासो गर्न चाहन्छ भने कृपया इमेलमा सन्दर्भित च्याटलाई कपि-पेस्ट गरेर care@kechara.com मा पठाउनुहोस् र सम्बन्धित वार्तालापको मिति र समय उल्लेख गर्नुहोस्।

केचारा फरेष्ट रिट्रिटको प्रगतिको जानकारीहरू

हाम्रो फरेष्ट रिट्रिटको आउँदो प्रोजेक्टको, हालचालैको खबरहरू र चित्रात्मक जानकारीहरू, जसरी यो हुँदैजाने छ ।

केचाारा फरेष्ट रिट्रिट एउटा अद्वितीय ईश्वरीय रिट्रिट सेन्टर जसले शारीरिक, मानसिक र अाध्यात्मिक स्वस्थतालाई केन्द्रित गर्ने काम गर्दछ। यो एउटा यस्तो स्थान हो जहाँ परिवार र व्यक्ति स्वयम्ले शान्ति प्राप्त गर्नेछन्, त्यो पनि प्राकृतिक बन वातावरणको पोसिलो अाहार र प्रेरणसँगै। केचारा फरेष्ट रिट्रिटमा, हामीले समाजको नयाँ पुस्ताको लागि विश्वमा नै सकरात्मक मूल्य जस्तै दया र करूणा प्रदान गर्ने प्रतिबद्धता गरेका छौँ।

थप जानकारीको लागि, पढिदिनुहोला यता (अङ्ग्रेजीमा), यता (चिनियाँमा), वा आधिकारीक साईट: retreat.kechara.com.










रिन्पोछेबाट सन्देशहरू

थप रिन्पोछेको संदेशहरू हेर्नको लागि तल बक्समा जानुहोस्। ईमेजलाई क्लिक गर्नुहोस् ठूलो पार्नको लागि। पुराना अभिलेखहरू हेर्नको लागि “पुराना संदेशहरूमा” क्लिक गर्नुहोस्। 'प्री' र 'नेक्सट'को प्रयोग लिङ्कहरूको मार्ग निर्देशनको पेजहरूको लागि गर्नुहोस्।

URLको प्रयोग सिधै यो लिङ्कबाट गर्नुहोस्: http://w33.tsemrinpoche.com/l/np/#messages-from-rinpoche

शुग्देनको भूत समयका भनाईहरू र संदेशहरू पूरै विश्वभरि

यूरोप सुग्देन संघबाट:


अधिक भिडियोहरू

तिब्बतीय जनसाधारण कुराबाट:


अधिक भिडियोहरू

श्रेय

विचार: Tsem Rinpoche
प्राविधिक: Lew Kwan Leng, Justin Ripley, Yong Swee Keong
डिजाइन: Justin Ripley, Cynthia Lee
विषय-वस्तु: Tsem Rinpoche, Justin Ripley, Pastor Shin Tan, Sarah Yap
लेखक: Pastor Loh Seng Piow
व्यवस्थापक: Pastor Loh Seng Piow, Beng Kooi

मैले धर्म ब्लग समूहका साथीहरूलाई धन्यवाद दिनै पर्छ जसले म,केचारा र धर्मको वृद्धिका लागि महत्वपूर्ण सहयोग यो उत्कृष्ट क्षेत्रमा गर्नुभयो। म उहाँहरूलाई सम्मान गर्छु र उहाँहरूसँग काम गर्न पुलकित छु। म साँच्चै चाहन्छु। सायद यतिले मात्र उहाँहरूको लागि पुग्दैन, तर म अहिले भनिरहेकोछु। म उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

छेम रिन्पोछे

Total views today
446
Total views up to date
28575068

म अहिले के लेख्दैछु

Facebook Fans Youtube Views Blog Views

अज्ञात

ज्ञात र अज्ञात दुवै भयानक हुन्,
ज्ञात कुराहरू अारामदायी र निष्क्रय हुन्,
अज्ञात वृद्धि र मौकाका लागि हुन्,
व्यक्ति स्वयमलाई कहिले थाहा नहुन सक्छ कि कोही डरहरूलाई अज्ञात भन्दा बढी ज्ञात भएको हुन्छ। कसले भन्न सक्छ
कि अज्ञातभन्दा ज्ञातचाहि अस्वस्थ हुन्छ भनेर?
तर फेरि, कहिलेकाही अज्ञात ज्ञातभन्दा अस्वस्थ हुनसक्छ। अन्तमा केही पनि ज्ञात छैन जबसम्म हामीले प्रयत्न गर्दैनौँ।
त्यसैले अन्तमा अज्ञातका साथ पछि लाग
किनभने सबै अज्ञातहरूको घनिष्ठता ज्ञातसँग हुन्छ।
~ छेम रेन्पोछे

फोटो जादैछ

ठूलो रूपमा हेर्न चित्रमा थिच्नुहोस् । र तलसारेर थप फोटो हेर्न "सबै फोटो हेर्नुहोस्" मा थिच्नुहोस् ।
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn\'t this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
6 वर्ष अगाडी
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn't this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden\'s blessings for friends, sponsors and supporters, wonderful!
6 वर्ष अगाडी
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden's blessings for friends, sponsors and supporters, wonderful!
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
6 वर्ष अगाडी
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
One of our adorable Kechara Forest Retreat\'s doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
6 वर्ष अगाडी
One of our adorable Kechara Forest Retreat's doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
6 वर्ष अगाडी
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
6 वर्ष अगाडी
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong
6 वर्ष अगाडी
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong
It\'s very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it\'s very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
6 वर्ष अगाडी
It's very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it's very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.
6 वर्ष अगाडी
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
6 वर्ष अगाडी
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo
7 वर्ष अगाडी
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
7 वर्ष अगाडी
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
7 वर्ष अगाडी
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
See beautiful pictures of Manjushri Guest House here- https://bit.ly/2WGo0ti
7 वर्ष अगाडी
See beautiful pictures of Manjushri Guest House here- https://bit.ly/2WGo0ti
Beginner’s Introduction to Dorje Shugden~Very good overview https://bit.ly/2QQNfYv
7 वर्ष अगाडी
Beginner’s Introduction to Dorje Shugden~Very good overview https://bit.ly/2QQNfYv
Fresh eggplants grown on Kechara Forest Retreat\'s land here in Malaysia
7 वर्ष अगाडी
Fresh eggplants grown on Kechara Forest Retreat's land here in Malaysia
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat
7 वर्ष अगाडी
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat

भिडियो जादैछ

No videos found

पुरोहितलाई सोध्नुहोस्


Ask the Pastors

धर्म सम्बन्धित तपाईंको प्रश्नहरूको स्पष्टीकरण दिन केचाराका सम्माननिय पुरोहितहरूसँग राखिएको एक अंश ।

तल आफ्नो नाम र प्रश्न मात्र राख्नुहोस् र हाम्रो कुनै एक पुरोहितले तपाईंलाई उत्तर दिनुहुनेछ ।

पुराना प्रश्न हेर्न तल सारेर "सबै प्रश्नहरू हेर्नुहोस्" मा थिच्नुहोस्

कुरा गरेको फोटोहरू

Throwback 5th March dharma sharing followed by DORJE SHUGDEN Puja.kechara Kuantan Study Group Sam
1 हप्ता अगाडी
Throwback 5th March dharma sharing followed by DORJE SHUGDEN Puja.kechara Kuantan Study Group Sam
26th February had our weekly DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
3 हप्ता अगाडी
26th February had our weekly DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
Andrea Lai offered incense on behalf of all Kechara Ipoh members and friends. So Kin Hoe (KISG)
4 हप्ता अगाडी
Andrea Lai offered incense on behalf of all Kechara Ipoh members and friends. So Kin Hoe (KISG)
3 sets of Serkym were offered by Yee Mun and other member to Dorje Shugden prior to the puja. So Kin Hoe (KISG)
4 हप्ता अगाडी
3 sets of Serkym were offered by Yee Mun and other member to Dorje Shugden prior to the puja. So Kin Hoe (KISG)
Kechara Ipoh Study Group has carried out Dorje Shugden puja in Ipoh on Sunday. So Kin Hoe (KISG)
4 हप्ता अगाडी
Kechara Ipoh Study Group has carried out Dorje Shugden puja in Ipoh on Sunday. So Kin Hoe (KISG)
Beautiful prayer wheels at Kuantan center Kechara Kuantan study group by Sam
1 महिना अगाडी
Beautiful prayer wheels at Kuantan center Kechara Kuantan study group by Sam
Beautiful prayer wheels at Kuantan center. Kechara Kuantan Study Group by Sam
1 महिना अगाडी
Beautiful prayer wheels at Kuantan center. Kechara Kuantan Study Group by Sam
5th February had Dharma sharing followed by DORJE SHUGDEN Puja at center Kechara Kuantan Study Group by Sam
1 महिना अगाडी
5th February had Dharma sharing followed by DORJE SHUGDEN Puja at center Kechara Kuantan Study Group by Sam
1 st February Yesterday blessed day cleaning of Gyenze Chapel Kechara Kuantan Study Group sam
1 महिना अगाडी
1 st February Yesterday blessed day cleaning of Gyenze Chapel Kechara Kuantan Study Group sam
Throwback yesterday 1st February released about 100 birds back to nature.Kechara Kuantan Study Group Sam
1 महिना अगाडी
Throwback yesterday 1st February released about 100 birds back to nature.Kechara Kuantan Study Group Sam
21st January evening Dharma sharing followed by DORJE SHUGDEN Puja done. Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
21st January evening Dharma sharing followed by DORJE SHUGDEN Puja done. Kechara Kuantan Study Group by Sam
Phillippe Ng offered incense and purified the offerings on altar at the beginning of puja. So Kin Hoe (KISG)
2 महिना अगाडी
Phillippe Ng offered incense and purified the offerings on altar at the beginning of puja. So Kin Hoe (KISG)
Mannance Wong offered Serkym on behalf of Kechara Ipoh Study Group prior to the puja today. So Kin Hoe (KISG)
2 महिना अगाडी
Mannance Wong offered Serkym on behalf of Kechara Ipoh Study Group prior to the puja today. So Kin Hoe (KISG)
Through the blessings from our Guru, His Eminence Tsem Tulku Rinpoche, Kechara Ipoh Study Group members gathered for Dorje Shugden puja in Ipoh today. So Kin Hoe (KISG)
2 महिना अगाडी
Through the blessings from our Guru, His Eminence Tsem Tulku Rinpoche, Kechara Ipoh Study Group members gathered for Dorje Shugden puja in Ipoh today. So Kin Hoe (KISG)
15th January 2026 had dharma sharing and DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
15th January 2026 had dharma sharing and DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
11 December animals liberation activities completed. Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
11 December animals liberation activities completed. Kechara Kuantan Study Group by Sam
Kechara Ipoh members were preparing the offerings on the altar for the puja today. So Kin Hoe (KISG)
2 महिना अगाडी
Kechara Ipoh members were preparing the offerings on the altar for the puja today. So Kin Hoe (KISG)
1st January of 2026 Hanging of prayer flags at Kechara Kuantan... Kechara Kuantan Study Group sam
2 महिना अगाडी
1st January of 2026 Hanging of prayer flags at Kechara Kuantan... Kechara Kuantan Study Group sam
Truly majestic! Taken on 20th Dec, 2025. Our altar is the sacred space that serves as a focal point for us practice. That's end of our reporting for the month of December. Do join us in the year of 2026, every Saturday @3pm. Kechara Penang Study Group by Jacinta.
2 महिना अगाडी
Truly majestic! Taken on 20th Dec, 2025. Our altar is the sacred space that serves as a focal point for us practice. That's end of our reporting for the month of December. Do join us in the year of 2026, every Saturday @3pm. Kechara Penang Study Group by Jacinta.
Our altar! It was colourful and neatly arranged because it's a way for us to accumulate merit through offerings. All the items on the altar are deeply symbolic, representing enlightened qualities that practitioners aspire to develop. Kechara Penang Study Group by Jacinta.
2 महिना अगाडी
Our altar! It was colourful and neatly arranged because it's a way for us to accumulate merit through offerings. All the items on the altar are deeply symbolic, representing enlightened qualities that practitioners aspire to develop. Kechara Penang Study Group by Jacinta.
The Promise
  These books will change your life
  Support Blog Team
Lamps For Life
  Robe Offerings
  Vajrayogini Stupa Fund
  White Tara Mantra Bank Project
  Dana Offerings
  Soup Kitchen Project
 

तपाईंको सल्लाह सुझाव

Live Visitors Counter
देशद्वारा पेज हेरिएको
United States 7,108,467
Malaysia 5,281,668
India 2,792,019
Bhutan 1,045,598
Singapore 1,025,797
United Kingdom 1,009,800
Nepal 993,905
Canada 876,956
Australia 710,401
Philippines 579,617
Indonesia 511,174
Germany 411,082
France 334,777
Brazil 289,261
Vietnam 263,801
Thailand 239,837
Taiwan 225,581
Italy 201,474
Spain 179,846
Netherlands 177,589
Mongolia 160,993
South Africa 149,624
Portugal 144,446
Hong Kong 144,154
Sri Lanka 142,455
Türkiye 142,353
Japan 141,171
China 139,497
United Arab Emirates 128,259
Russia 125,541
Romania 113,366
जम्मा पेज हेरिएको: 28,575,068

लग्इन गर्नुहोस्

Dorje Shugden
दोर्जे सु्ग्देनको बारेमा मेरा कुराहरू हेर्न क्लिक गर्नुहोस्….