पवित्र दलाई लामालाई खुल्लापत्र (अप्रिल ३०, २०१८)

अप्रील 30, 2018 | हेरिएको: 538
His Holiness the Dalai Lama with my teacher His Eminence Kensur Rinpoche Jampa Yeshe. This was taken in Gaden Monastery, when Kensur Rinpoche introduced me to His Holiness as a newly-recognised tulku. His Holiness accepted Kensur Rinpoche's introduction.

पवित्र दलाई लामा मेरा गुरु माननीय केन्सुर रिन्पोछे जाम्पायेशेसँग । यो तस्विर गादेन गुम्बामा लिइएको हो, जहाँ केन्सुर रिन्पोछेले मलाई पवित्र लामा नयाँ निर्धारित टुल्कु हुनुहुन्छ भनेर परिचय गराउनुभएको थियो । पवित्र लामाले सो परिचयलाई स्वीकार गर्नुभएको थियो । पवित्र दलाई लामालाई गादेन गुम्बाका सबै टुल्कुहरुका अवतारहरुसँग परिचय गराइनेछ । यो समयमा, तपाईंको गुरुले तपाईं कसको अवतार हुनुहुन्छ, तपाईं कसरी भेटिनुभयो, तपाईंको अभिषेक कहिले गरियो, तपाईंको माता-पिता, जन्मस्थल, नाम र यस्तै कुराहरु पवित्र दलाई लामालाई बताउनुहुनेछ । परिचय सकिएपछि पवित्र दलाई लामाले नयाँ टुल्कुले दिनुभएको भेट ग्रहण गर्नुहुनेछ । जब पवित्र लामाले परिचय र भेट स्वीकार गर्नुभएपछि उहाँले टुल्कुलाई स्वीकार्नुभयो र परम्पराअनुसार पृष्ठभुमि सबै बुझ्नुभयो भन्ने जनाउँछ ।
 
यस तस्विरमा, छेम रिन्पोछे(बाँया)का गुरु, गादेन शार्छे गुम्बाका भूतपूर्व आचार्य माननीय केन्सुर रिन्पोछे जेत्सन जाम्पायेशे (दाँया)ले पवित्र दलाई लामालाई छेम रिन्पोछेसँग आधिकारिक रुपमा परिचय गराउनुभएको थियो । यस उपलक्ष्यमा छेम रिन्पोछेले पवित्र दलाई लामालाई वज्रपानीको मूर्ति, खामभित्र प्रतिकका रुपमा केहि मुद्राको भेट, र अरु विभिन्न परम्परागत उपहारहरु चढाउनुभयो । पछि यस अवसारलाई याद राख्न यो तस्विर लिइयो । यस शुभभेट सन् १९९५ जनवरी ११ मा गादेन गुम्बामा भएको थियो । पवित्र दलाई लामाले केन्सुर रिन्पोछेको परिचय स्वीकार गर्नुभयो र आशीर्वाद दिनुभयो ।

पवित्र १४औं दलाई लामा जेत्सन जाम्फेल नवाङ लोब्सांङ येशे तेन्जिन ग्यात्सो पेल्सांग्पो,

हात जोड्दै, म निष्ठापूर्वक र विनम्रतापूर्वक तपाईंको करुणामय ध्यानको लागि अनुरोध गर्दछु ।

दोर्जे शुग्देनको अभ्यासमा प्रतिबन्ध लागेपछि र तिब्बती सरकारको निर्वासित क्षेत्रहरुभित्र यस प्रतिबन्धलाई चलनमा ल्याउन थालिएपछि, शुग्देन अनुयायीहरुले धेरै कष्ट सहनुपरेको छ । हामीले आफ्नै मान्छेहरुबाट भेदभाव सहनुपरेको छ, र हामीलाई तपाईंको प्रवचनमा सहभागी हुन अथवा तपाईंको उपस्थिति भएको ठाउँमा आउनबाट बन्चित गरिएको छ । शुग्देन अनुयाय गर्ने अभिभावकका बालबालिकाहरुलाई तिब्बती विधालयमा हेला गरिएको वा विधालयबाट निष्कासित गरिएको छ र शुग्देन अनुयायीहरु र उनीहरुको परिवारलाई भारतको तिब्बती शरणार्थी शिविरबाट बहिष्कृत गरिएको छ । एक संरक्षकको हिसाबले आफ्नो परिवारलाई आधारभुत प्रावधानहरु र खानाको व्यवस्था मिलाउनको लागि भए पनि हामीलाई तिब्बती व्यवसायमा संलग्न हुनबाट बन्चित गरिएको छ । हामीले तिब्बती परिचय-पत्र (पहेँलो पासपोर्ट) लिन खोज्दै पनि तपाईंको तिब्बती सरकारले दिने अनावश्यक समस्याहरुको सामना गर्नु परिरहेको छ, अतिआवश्यक उपचार र औषधी लिन पनि तिब्बती अस्पतालहरुमा हामीलाई अनुमति छैन, र योग्य भिक्षुहरुलाई आफ्नै गुम्बाहरुबाट धपाइएको र जीवनभर पालना गर्छु भनेका पवित्र शपथहरुलाई तोड्न बाध्य बनाइएको छ ।

हाम्रा कष्टहरुमध्य यी केहि कष्टहरु मात्र हुन् । सन् १९९६ मा पवित्र लामा र केन्द्रिय तिब्बती प्रशासनले दोर्जे शुग्देनको अभ्यासविरुद्ध लगाएको प्रतिबन्धदेखि म लगायत शुग्देन अनुयायीहरुले भोग्नु परेको अरु गणना गर्न नसकिने मानसिक र भावनात्मक यातनाजस्ता धेरै कष्टहरु छन् । त्यस समयदेखि पवित्र लामालाई धेरै मानिसहरुले दोर्जे शुग्देनमाथि लगाइएको प्रतिबन्ध हटाउने विवश आग्रह गरेका छन् । यो प्रजातान्त्रिक वा न्यायपूर्ण दुबै छैन, अझ यो त अमानवीय छ र यसले हरेक व्यक्तिको मौलिक हक र स्वतन्त्रतालाई चुँडेर लग्छ । यो निर्णयले पवित्र लामाले तिब्बतीहरुलाई दिनुभएको प्रजातन्त्रजस्तो अमूल्य उपहारले हुनुपर्ने परिणामभन्दा बिल्कुलै फरक दिशातिर लगेको छ र शुग्देन अनुयायीहरुलाई त्यहि प्रजातन्त्रबाट बन्चेत गर्दछ ।

हामीले जुनै धर्म माने पनि, हामी जुनै क्षेत्रबाट आएका भए पनि, र हामी अहिले जहाँ बसोबास गरे पनि हामी सबै तिब्बती हौँ । हामी सबै तपाईंलाई धेरै माया र धेरै आदर गर्छौं तर प्रतिबन्धका कारणले सन् १९९६ देखि हामीले तपाईंलाई भेट्न पाएका छैनौं र हामीलाई तपाईंको साह्रै याद आउँछ । मलाई चाहिँ पक्कै आउँछ । तपाईंले भन्नुभएको थियो कि यदि हामीले दोर्जे शुग्देनको अभ्यास गरिराख्यौं भने हामीले तपाईंको धार्मिक वा धर्म-निरपेक्ष, कुनै पनि किसिमको प्रवचनमा सहभागी हुन पाउँदैनौँ र तपाईंसँग कुनै पनि किसिमको अन्तरक्रिया हुँदैन । हाम्रा अधिनायक तपाईं हुनुभएकाले, के म यो विनम्र अनुरोध गर्न सक्छु कि हरेक तिब्बतीले जुन आध्यात्मिक पाठ अभ्यास गरे पनि कमसेकम तपाईंको धर्म-निरपेक्ष प्रवचनहरुमा सहभागी हुन पाउनुपर्छ । अध्यात्मिक समय (अध्यात्मिक सम्बन्ध)का कारणले हामीले तपाईंको आध्यात्मिक प्रवचनमा सहभागी हुन नपाउनु भनेको बुझ्न सकिने कुरा हो । तर देशको एक साधारण जनताले आफ्ना अधिनायकले धर्मनिरपेक्ष भाषण दिइरहनुभएका बेलामा आध्यात्मिक सम्बन्ध त पक्कै बन्दैन वा आध्यात्मिक जिम्मेवारी त पक्कै पैदा हुँदैन ।

कृपा गरेर, म पूर्ण आदरका साथ आग्रह गर्छु कि कृपया तिब्बती जनतालाई आफ्ना धार्मिक आस्थाका नाममा अझ भेदभाव नगर्नुहोस् । हाम्रो धर्महरु जुन भए पनि, वा हामी नास्तिक नै भए पनि, कृपया तिब्बती समुदायमा समानता कायम हुन दिनुहोस् र दोर्जे शुग्देन अनुयायीविरुद्धको यो कानुन खारेज गरिदिनुहोस् । सबै तिब्बतीहरुले गर्न पाउने कुराहरुबाट शुग्देन अनुयायीहरुलाई बन्चित नगरिदिनुहोस् । सबै नेताहरुले आफ्ना जनतालाई धर्म, जाति, लैंगिक अभिविन्यास, लिंग, आदि जुन भए पनि, आफ्नो भाषणहरुमा सहभागी हुन दिनुपर्दछ । सबै तिब्बतीहरुसँग पवित्र लामाका धर्मनिरपेक्ष कार्यक्रमहरुमा सहभागी हुन पाउने र तिब्बती समुदायमा समानताको आनन्द लिन पाउने अधिकार र सुविधा हुनुपर्दछ । यदि प्रतिबन्ध छैन भने, म र अरु हजारौं शुग्देन अनुयायीहरु पवित्र लामालाई प्रतिबन्ध सुरुभएको विगत दुई दशकदेखि अनुरोध गरिरहेका हुँदैन थियौँ ।

कोहिले दोर्जे शुग्देन अनुयायीहरु चीनसँग मिलेर पवित्र लामाको समुदायभित्र र भारत र नेपालमा भएका तिब्बतीहरुबीच विभाजन ल्याउन कोसिस गरिरेहेका छन् भनि दावा गर्दछन् । त्यो कुरा केहि मानिसहरुमा लागु होला, तर संसारभरिका दोर्जे शुग्देन अनुयायीहरुको मामलामा यो सत्य हुन पक्कै पनि सक्दैन, र यो मेरो सत्य पक्कै पनि होइन । संसारभरिका सरकारहरुसँग गठबन्धित हुने धेरै तिब्बतीहरु छन्, तर यो शुग्देनको अभ्याससँग काहिँबाट पनि सम्बन्धित छैन, र त्यसैले कृपया त्यस समुहमा दोर्जे शुग्देन अनुयायीहरुलाई नगाभ्नुहोस् । दलाई लामा, वा कुनै तिब्बती वा कुनै पनि मानिसलाई हानि पुर्याउन कोहिसँग पनि म कहिल्यै गठबन्धित भएको छैन । म बौद्ध भिक्षु हुँ र म मेरा बोधिसत्वका वचनलाई गम्भीर रुपमा पालना गर्दछु । मैले पवित्र लामाको विरुद्धमा कहिल्यै बोलेको छैन । मैले निजी वा सार्वजनिक स्थान कहीं पनि पवित्र लामाको विरुद्ध नारा लगाएको छैन । पवित्र लामाका लागि मेरो मनमा भएको आस्था, आशा र विश्वास कहिल्यै गुमेको छैन । म बस त्यो दिन पर्खिरहेछु जुन दिन मलाई पवित्र लामाको प्रवचनमा सहभागी हुन र तपाईंसँग शिक्षा लिने सौभाग्य उपलब्ध गराइनेछ । वास्तवमा, मलाई १५ वर्षको उमेरदेखि नै पवित्र लामासँग कालचक्र तन्त्र सिक्ने इच्छा छ । मेरो युवावस्थादेखि नै मलाई पवित्र लामाप्रति गहिरो आस्था छ र सधैँ हुनेछ ।

पवित्र लामालाई थाहा नै छ, दोर्जे शुग्देनको अभ्यास विगत ४०० वर्ष देखि गरिँदै आएको छ । सबैभन्दा सुरुवातमा शाक्य परम्परामा गरियो । शाक्य वंशबाट गेलुग्पाहरुले यो ग्रहण गरे । हामी दोर्जे शुग्देनको अभ्यास गरिरहेछौँ किनकि हाम्रा गुरुहरुले यी अभ्यास अध्यात्मिक प्रतिबद्धताका रुपमा हामीलाई दिनुभएको थियो र यसको अरु कुनै कारण छैन । म दोर्जे शुग्देनको अनुयाय गर्छु किनकि मलाई मेरा मूल गुरु क्याब्जे जंग रिन्पोछेले यो अभ्यास दिनुभएको थियो र उहाँको आदेश थियो कि म यसको सधैं पालना गरूँ । मेरा मूल गुरुप्रतिको मेरो प्रतिबद्धताका कारण म दोर्जे शुग्देनको अभ्यास गरिरहेछु । यदि मैले आफ्नो अभ्यास छोडिदिने हो भने, मैले मेरा मूल गुरुप्रतिको प्रतिबद्धता तोड्नेछु । तर यदि मैले मेरा मूल गुरुको प्रतिबद्धताको पालना गरिरहने हो भने दुर्भाग्यबस स्वत: पवित्र लामालाई अप्रिय भइरहेको रहेछु । पवित्र लामालाई अप्रसन्न बनाउनु मेरो इच्छा होइन, तर मैले मेरो अभ्यासलाई निरन्तरता दिनै पर्दछ किनकि यो मलाई मेरा मूल गुरुले आदेश दिनुभएको थियो । हामीले हाम्रा मूल गुरुहरुलाई दिएको आध्यात्मिक प्रतिबद्धता र वचन हामीले तोड्न मिल्दैन । पवित्र लामा यो पवित्र नियमका बारेमा अवगत नै हुनुहुन्छ ।

म चीनसँग गठबन्धन गर्नका लागि दोर्जे शुग्देनको अभ्यास गरिरहेको छैन, र म कहिल्यै पनि आध्यात्मिक कारण बाहेक दोर्जे शुग्देनको अभ्यास गर्ने र अरुलाई अभ्यास सिकाउने गर्दिन । दोर्जे शुग्देन बुद्धत्व प्राप्त गर्नुभएको प्राणी हुनहुन्छ कि हुनुहुन्न वा भर पर्न मिल्ने प्राणी हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा दार्शनिक विवाद हुन सक्छ तर हामीलाई आफ्नो धर्म भेदभाव, विभाजन र पक्षपातबिना पालना गर्न पाउने स्वतन्त्रको निर्णय गर्नमा यस कुराले फरक पर्न हुँदैन ।

कोहिले भन्छन् कि दोर्जे शुग्देनमाथि कुनै प्रतिबन्ध छैन तर पवित्र लामाका शब्दहरु निकै शक्तिशाली छन् । जब पवित्र लामाले, कयौँ पटक आफू वा दोर्जे शुग्देनमध्य कोहि एकलाई छान्न शशक्त रुपमा भन्नुभयो, तब यसले ठुलो प्रभाव पार्यो र मानिसहरु छान्न बाध्य भए । स्वाभाविक रुपमा, जसले दोर्जे शुग्देन छाने, उनीहरु अपहेलित, घृणित र बदनाम भए र तपाईंको शत्रु करार भए, जुन सत्य होइन । पवित्र लामाले विगत २० वर्षमा कयौं ठाउँमा मानिसहरुलाई दोर्जे शुग्देनको अभ्यास त्याग्न आदेश दिनुभएको छ । यदि उनीहरुले सो नगरेमा, उनीहरुले तपाईंको कुनै पनि प्रवचनमा भाग लिन पाउँदैनन् जुन निकै दुखद छ । किनकि तिब्बती समुदायमा तपाईंको शब्द नै नियम हो । तपाईंले आफैंले खुलेर यो प्रतिबन्ध नै हो भन्नु नै पर्दैन, तपाईंले आफ्नो अप्रसन्नता व्यक्त गर्नु नै प्रतिबन्धको बराबर हुन्छ । जसले शुग्देन अभ्यासलाई निरन्तरता दिन खोज्छन्, उनीहरुलाई आफ्नो धर्म पालना गरेबापत अलग पारिन्छ र अपहेलित गरिन्छ, र प्रजातन्त्रमा यस्तो हुने हुँदैन । तिब्बती समुदायहरुमा तपाईंका शब्दहरु निकै शक्तिशाली छन् । तपाईंबाट आउने एक अप्रसन्नताको शब्द पनि प्रतिबन्ध जतिकै हुन्छ । पश्चिमका नेताहरुको यस्तो प्रभाव छैन होला, तर तिब्बती समुदायमा यस्तो हुन्छ जुन पवित्र लामालाई पनि राम्ररी थाहा छ ।

दोर्जे शुग्देनको अनुयाय गरेकै कारणले मलाई सामाजिक सञ्जालमा आक्रमण गरिएको छ । सयौँ निर्दोष भिक्षुहरु यसै कारणले गुम्बाहरुबाट निस्कासित भएका छन् । सन् २००९ मा, अल जजिरा, एक प्रख्यात अन्तराष्ट्रिय संचार संस्थाले अनुसन्धान गरेपछि दोर्जे शुग्देनका अनुयायीहरुले भारत, नेपाल, र विश्वभर कष्ट खेप्नु परेको छ भन्ने निष्कर्ष निकालेको थियो । अल जजिराले आफ्नो समाचारमा यो कुरालाई स्पष्ट रुपमा प्रकाशित गरेको थियो । आजको दिनमा आएर, कोहि पनि आफ्नो धर्मका लागि अपहेलित र आक्रमित हुनु हुँदैन । म आदरपूर्वक भन्न चाहन्छु कि कुनै पनि नेताले, चाहे धार्मिक वा धर्म-निरपेक्ष, कुनै धर्म वा आध्यात्मिक पथको आलोचना गर्नु हुँदैन किनकि यसले मानिसहरुमा विभाजन ल्याउँदछ । सबै नेताहरुले प्रजातन्त्र, समानता र न्यायको सम्मानमा, सबै मानिसहरुलाई स्वीकार गर्नुपर्छ, चाहे उनीहरु कुनै पनि धर्म, जाति, लिंग आदिका हुन् । भारतस्थित तिब्बती समुदायमा पनि हामीलाई यस्तै खालको प्रजातन्त्रको आवश्यकता छ । तनाव र अरु धेरै हानिकारक कारणले ग्रस्त यो सानो संसारमा हामीलाई एकता, समन्वयता र सहनशीलता आवश्यक छ । कृपया आफ्ना जनतालाई बिना पक्षपात आफ्नै इच्छाले कुनै पनि धर्म पालना गर्न वा नगर्न दिनुहोस् ।

हामीलाई थाहा छ कि तपाईंले तिबब्तीहरुका लागि गर्न मिल्ने सबै गरिरहनुभएको छ तर कहिलेकाहिँ अन्जानमै एउटा समुहलाई लाभ हुने तपाईंको एउटा फैसलाले अर्को कुनै समूहलाई हानि पुर्याइरहेको हुनसक्छ । दोर्जे शुग्देनविरुद्धको प्रतिबन्धले मलगायत एक पक्षका तिब्बती समूहहरुलाई निकै कष्ट भइरहेको छ । कृपया यो बुझिदिनुहोस् ।

संसार धेरै परिवर्तन भइसक्यो र हामीले उत्तर र दक्षिण कोरियाका नेताहरु पनि मिलेर आफ्नो सम्बन्ध सुधार्न भेट गरेको देख्यौँ । यो सन् २०१८ को अप्रिल, अर्थात् केहि दिन अघि मात्र भएको हो । विगतमा यस्तो होला भनेर कसैले कल्पना पनि गर्न सकेको थिएन । उत्तर र दक्षिण कोरियाका दुबै जनताहरुका लागि यो एक ठुलो समाचार हो । मेरो इच्छा छ कि उनीहरु दुबै फेरि मित्रराष्ट्र बनुन् । यसरी नै, हामी पनि तपाईंसँग पुन:मिलन गर्न सक्छौं भन्ने मलाई पूरा विश्वास छ । दक्षिण र उत्तर कोरियाले यस ऐतिहासिक भेट गर्नका लागि कयौँ पहाड चढ्नु पर्यो र मलाई लाग्दैन कि पवित्र लामा र दोर्जे शुग्देन अनुयायीहरुबीच यति धेरै मतभेद छ र त्यसैले मलाई लाग्छ कि हामी फेरी एक हुन सक्छौं ।

हामीले यो पनि देखिरहेका छौँ कि चीन र भारतबीचको दशाकौंको तनावपूर्ण सम्बन्धपछि, भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका माननीय राष्ट्रपति जी जिन्पिंग अब आफ्ना मतभेदहरुलाई हटाउने क्रममा छन् । शीतयुद्ध, अशान्ति, अविश्वासले कसैको पनि भलो गरेको छैन । चीन र भारतलाई आफ्नो सम्बन्धमा सुधार ल्याउन समय लाग्छ । विगतमा यो कसरी हुने होला भन्ने कुरामा शंका थियो, तर अहिले यो भइरहेछ । चीन र भारतको मित्रताले संसारलाई सकारात्मक प्रभाव पार्नेछ । मतभेद भएका पक्षहरुको मिलाप भएको समाचार आउनु सम्भव छ र अत्यावश्यक पनि छ । यदि यस्ता ठुला नेताहरुले आफ्नो उदार पक्ष देखाएर पहिला भएका मतभेदहरुमा सुधार ल्याउन सक्छन् भने, तपाईंले आफ्नो मनमा, तपाईं र दोर्जे शुग्देन अनुयायीहरुबीच भएका मतभेदभन्दा माथि उठेर सबै दोर्जे शुग्देन अनुयायीहरुसँगको सम्बन्धमा सुधार आउने बाटो पत्ता लगाउन सक्नुहुन्छ । हामीलाई तपाईंसँग पुन:मिलन गर्ने इच्छा छ । आध्यात्मिक अभिविन्यास जे भए पनि कृपया आफ्ना जनतालाई एकिकृत गर्नुहोस् ।

हालै अप्रिल २५, २०१८ मा पवित्र लामाले चीनले छानेका पान्चेन लामालाई अप्रत्यक्ष रुपमा स्वीकार्नु भएको छ र उच्च लामाहरुका एकै समयमा धेरै अवतार हुन सक्छन् भनेर जाम्यांग खेंत्से वान्ग्पोको उदाहरण दिनुभएर चीनले छानेका पान्चेन लामालाई अप्रत्यक्ष रुपमा मान्यता दिनुभएको छ । पवित्र लामाले भन्नुभयो कि दुइ पान्चेन लामा हुन् सक्छन् र मैले यो सुक्ष्म तर गहन सन्देश बुझें । पवित्र लामाले मान्यता दिनुभएको पान्चेन लामा र चीनले मान्यता दिएका पान्चेन लामा दुबै पवित्र १० औँ पान्चेन लामाका अवतार हुन् सक्छन् । यो अतिउत्तम खबर हो र पवित्र लामाले चीनसँगको सम्बन्ध सुधार गर्नका लागि बढाउनुभएको ठुलो हात हो । चिनियाँ पान्चेन लामालाई अप्रत्यक्ष रुपमा मान्यता दिनुभएको खबर सुनेर म निकै खुशी छु र सायद यसले पवित्र लामा र चीनबीचमा सम्बन्ध सुधार गर्ने संवादको वातावरण सिर्जना हुन सहयोग गर्नेछ जसले सबै तिब्बतीहरुलाई लाभ हुनेछ । सायद यसले पवित्र लामाको सपनाले संकेत गरेजस्तै पवित्र लामालाई चीन र तिब्बत फर्काउन र पोतला महलमा बस्ने बाटो बन्न सहयोग गर्नेछ । म यो होस् भनेर कामना गर्दछु किनकी पवित्र लामाले यो होस् भनेर कामना गर्नुहुन्छ । म यो होस् भनेर साँचै चाहन्छु किनकि मलाई थाहा छ कि तिब्बती मानिसहरुजस्तै पवित्र लामालाई पनि तिब्बतको सम्झना आउँदछ, जसरि शुग्देन र शुग्देन-बाहेकका सबै तिब्बतीहरुलाई तपाईंको सम्झना आउँछ ।

त्यसैले हात जोड्दै, घुँडा टेक्दै, म अनुरोध गर्दछु कि पवित्र लामाले सबै आधिकारिक स्थानहरुबाट र धर्मशालामा लेखिएको केन्द्रीय तिब्बती प्रशासनको साहित्यमा भएको दोर्जे शुग्देनसँग सम्बन्धित सबै किसिमको धब्बा, नकारात्मक वचन र नकारात्मक सन्दर्भहरु मेटाइदिनुहोस् ताकि दोर्जे शुगदेनमाथि भएको प्रतिबन्धको अन्त्य होओस् । म पवित्र लामालाई विनम्र अनुरोध गर्दछु कि धार्मिक अभिविन्यास जुन भए पनि सबै तिब्बतीलाई एकिकृत गरियोस् । कृपया हामीलाई तपाईं र दोर्जे शुग्देनबीच छान्न बाध्य नबनाउनुहोस् । हामीलाई छान्ने वा एक वा अर्कोसँग टाढा हुने इच्छा छैन । सहि किसिमको प्रजातन्त्रमा हामीलाई छान्न बाध्य गर्न पाइन्न । गादेन गुम्बाका कयौँ वृद्ध भिक्षुहरु मुटु टुटेर बित्नुभयो किनकी उहाँहरुलाई पवित्र लामा र दोर्जे शुग्देनबीच छनोट गर्ने इच्छा थिएन र यो हामीले देखेका छौँ । कयौं शताब्दीदेखि, गेलुग वंशका कयौँ पुस्ताले दुबै दलाई लामा र दोर्जे शुग्देनको पूजा गर्दथे । म मनबाटै यहि निरन्तर भइरहोस् भन्ने चाहन्छु । हामीलाई फेरि एकिकृत गर्ने शक्ति तपाईंमा छ ।

समयहुन्जेल नै यसको बारेमा केहि गरिहल्नुहोस् । हामीले जुनसुकै धर्म माने पनि हाम्रो अधिनायक भइदिनुहोस् । हे येशेनोर्बु (इच्छा पुरा गर्ने रत्न), कृपया हामीलाई तपाईंलाई फेरि भेट्न अनुमति दिनुहोस् र तपाईंको स्वर्ण आशिर्वादको आनन्द लिन दिनुहोस् । किनकि यति धेरै संसार परिवर्तन हुने घटनाहरु भइरहेका छन्, म दण्डवत प्रणाम गर्दै विनम्र अनुरोध गर्दछु कि दोर्जे शुग्देनमाथिको प्रतिबन्ध हटाइदिनुहोस् र दोर्जे शुग्देन अनुयायीहरुमाथि लगाइएका सबै कलंकहरु मेटिदिनुहोस् । दोर्जे शुग्देन र उहाँका अनुयायीहरुको विरुद्ध लेखिएका सबै नकारात्मक किताब, प्रवचन, तपाईंको आधिकारिक वेबसाइटमा भएका जानकारीहरुको नाश गरिदिनुहोस् । एक प्रजातान्त्रिक अधिनायक र सरकारलाई यो सुहाउनेछ ।

तपाईं अवलोकितेश्वरको अत्यन्त करुणामय, महान अवतार हुनुहन्छ । तपाईंको बुद्धिमानी र समुन्द्रझैँ करुणाको प्रयोग गरेर कृपया तपाईंको जनतालाई एकिकृत गर्नुहोस् । हामीले जुन धर्म पालना गरे पनि हामी सबैलाई एकिकृत गरिदिनुहोस् । म मेरो आत्माको सबैभन्दा गहिरो स्थानबाट पवित्र लामालाई विनम्र अनुरोध गर्दछु र आग्रह गर्दछु कि यस चिठ्ठीबाट रिसानी नगर्नुहोस् किनकि तपाईंको पवित्र मस्तिष्कलाई अशान्त बनाउने मेरो इच्छा होइन । तर यस गम्भीर मामलाका लागि तपाईं मात्र एक हुनुहन्छ जसलाई म अनुरोध गर्नसक्छु ।

विनम्रताका साथ,

हात जोडेर,

छेम टुल्कु रिन्पोछे
गादेन शार्छे गुम्बा

केचारा बौद्ध संस्था
अप्रिल ३०, २०१८

 

सम्बधित भिडियोहरु

वा भिडियो सर्भरमा हेर्नुहोस।
https://video.tsemtulku.com/videos/DalaiLamabansDorjeShugdenpracticeandexpelsmonks.mp4

अथवा युट्युबमा हेर्नुहोस्: https://www.youtube.com/watch?v=YQa0mZEtRGA

वा भिडियो सर्भरमा हेर्नुहोस।
https://video.tsemtulku.com/videos/AlJazeeraDS.mp4

अथवा युट्युबमा हेर्नुहोस्: https://www.youtube.com/watch?v=rKu2j4lLbH4

वा भिडियो सर्भरमा हेर्नुहोस।
https://video.tsemtulku.com/videos/RTNorthSouthKorea.mp4

अथवा युट्युबमा हेर्नुहोस्: https://www.youtube.com/watch?v=KHaqUl9rshM

वा भिडियो सर्भरमा हेर्नुहोस।
https://video.tsemtulku.com/videos/ModiXiMeeting.mp4

अथवा युट्युबमा हेर्नुहोस्: https://www.youtube.com/watch?v=KPh68dX6u7k

वा भिडियो सर्भरमा हेर्नुहोस।
https://video.tsemtulku.com/videos/DalaiLamaOn11thPanchenLama.mp4

अथवा युट्युबमा हेर्नुहोस्: https://www.youtube.com/watch?v=8hsyWE-fhZU

 

[सजिलै शेयर गर्नका लागि बनाइएको संसकरण]

 

पवित्र दलाई लामालाई खुल्लापत्र (अप्रिल ३०, २०१८)

पवित्र १४औं दलाई लामा जेत्सन जाम्फेल नवाङ लोब्सांङ येशे तेन्जिन ग्यात्सो पेल्सांग्पो,

हात जोड्दै, म निष्ठापूर्वक र विनम्रतापूर्वक तपाईंको करुणामय ध्यानको लागि अनुरोध गर्दछु ।

दोर्जे शुग्देनको अभ्यासमा प्रतिबन्ध लागेपछि र तिब्बती सरकारको निर्वासित क्षेत्रहरुभित्र यस प्रतिबन्धलाई चलनमा ल्याउन थालिएपछि, शुग्देन अनुयायीहरुले धेरै कष्ट सहनुपरेको छ । हामीले आफ्नै मान्छेहरुबाट भेदभाव सहनुपरेको छ, र हामीलाई तपाईंको प्रवचनमा सहभागी हुन अथवा तपाईंको उपस्थिति भएको ठाउँमा आउनबाट बन्चित गरिएको छ । शुग्देन अनुयाय गर्ने अभिभावकका बालबालिकाहरुलाई तिब्बती विधालयमा हेला गरिएको वा विधालयबाट निष्कासित गरिएको छ र शुग्देन अनुयायीहरु र उनीहरुको परिवारलाई भारतको तिब्बती शरणार्थी शिविरबाट बहिष्कृत गरिएको छ । एक संरक्षकको हिसाबले आफ्नो परिवारलाई आधारभुत प्रावधानहरु र खानाको व्यवस्था मिलाउनको लागि भए पनि हामीलाई तिब्बती व्यवसायमा संलग्न हुनबाट बन्चित गरिएको छ । हामीले तिब्बती परिचय-पत्र (पहेँलो पासपोर्ट) लिन खोज्दै पनि तपाईंको तिब्बती सरकारले दिने अनावश्यक समस्याहरुको सामना गर्नु परिरहेको छ, अतिआवश्यक उपचार र औषधी लिन पनि तिब्बती अस्पतालहरुमा हामीलाई अनुमति छैन, र योग्य भिक्षुहरुलाई आफ्नै गुम्बाहरुबाट धपाइएको र जीवनभर पालना गर्छु भनेका पवित्र शपथहरुलाई तोड्न बाध्य बनाइएको छ ।

हाम्रा कष्टहरुमध्य यी केहि कष्टहरु मात्र हुन् । सन् १९९६ मा पवित्र लामा र केन्द्रिय तिब्बती प्रशासनले दोर्जे शुग्देनको अभ्यासविरुद्ध लगाएको प्रतिबन्धदेखि म लगायत शुग्देन अनुयायीहरुले भोग्नु परेको अरु गणना गर्न नसकिने मानसिक र भावनात्मक यातनाजस्ता धेरै कष्टहरु छन् । त्यस समयदेखि पवित्र लामालाई धेरै मानिसहरुले दोर्जे शुग्देनमाथि लगाइएको प्रतिबन्ध हटाउने विवश आग्रह गरेका छन् । यो प्रजातान्त्रिक वा न्यायपूर्ण दुबै छैन, अझ यो त अमानवीय छ र यसले हरेक व्यक्तिको मौलिक हक र स्वतन्त्रतालाई चुँडेर लग्छ । यो निर्णयले पवित्र लामाले तिब्बतीहरुलाई दिनुभएको प्रजातन्त्रजस्तो अमूल्य उपहारले हुनुपर्ने परिणामभन्दा बिल्कुलै फरक दिशातिर लगेको छ र शुग्देन अनुयायीहरुलाई त्यहि प्रजातन्त्रबाट बन्चेत गर्दछ ।

हामीले जुनै धर्म माने पनि, हामी जुनै क्षेत्रबाट आएका भए पनि, र हामी अहिले जहाँ बसोबास गरे पनि हामी सबै तिब्बती हौँ । हामी सबै तपाईंलाई धेरै माया र धेरै आदर गर्छौं तर प्रतिबन्धका कारणले सन् १९९६ देखि हामीले तपाईंलाई भेट्न पाएका छैनौं र हामीलाई तपाईंको साह्रै याद आउँछ । मलाई चाहिँ पक्कै आउँछ । तपाईंले भन्नुभएको थियो कि यदि हामीले दोर्जे शुग्देनको अभ्यास गरिराख्यौं भने हामीले तपाईंको धार्मिक वा धर्म-निरपेक्ष, कुनै पनि किसिमको प्रवचनमा सहभागी हुन पाउँदैनौँ र तपाईंसँग कुनै पनि किसिमको अन्तरक्रिया हुँदैन । हाम्रा अधिनायक तपाईं हुनुभएकाले, के म यो विनम्र अनुरोध गर्न सक्छु कि हरेक तिब्बतीले जुन आध्यात्मिक पाठ अभ्यास गरे पनि कमसेकम तपाईंको धर्म-निरपेक्ष प्रवचनहरुमा सहभागी हुन पाउनुपर्छ । अध्यात्मिक समय (अध्यात्मिक सम्बन्ध)का कारणले हामीले तपाईंको आध्यात्मिक प्रवचनमा सहभागी हुन नपाउनु भनेको बुझ्न सकिने कुरा हो । तर देशको एक साधारण जनताले आफ्ना अधिनायकले धर्मनिरपेक्ष भाषण दिइरहनुभएका बेलामा आध्यात्मिक सम्बन्ध त पक्कै बन्दैन वा आध्यात्मिक जिम्मेवारी त पक्कै पैदा हुँदैन ।

‘दलाई लामाले दोर्जे शुग्देनको अभ्यासमा प्रतिबन्ध लगाउनुभएको र भिक्षुलाई निस्कासित गर्नुभएको’ भिडियो हेर्नुहोस्
युटुबमा: https://www.youtube.com/watch?v=YQa0mZEtRGA
सर्भरमा: https://bit.ly/2I3gcP4

कृपा गरेर, म पूर्ण आदरका साथ आग्रह गर्छु कि कृपया तिब्बती जनतालाई आफ्ना धार्मिक आस्थाका नाममा अझ भेदभाव नगर्नुहोस् । हाम्रो धर्महरु जुन भए पनि, वा हामी नास्तिक नै भए पनि, कृपया तिब्बती समुदायमा समानता कायम हुन दिनुहोस् र दोर्जे शुग्देन अनुयायीविरुद्धको यो कानुन खारेज गरिदिनुहोस् । सबै तिब्बतीहरुले गर्न पाउने कुराहरुबाट शुग्देन अनुयायीहरुलाई बन्चित नगरिदिनुहोस् । सबै नेताहरुले आफ्ना जनतालाई धर्म, जाति, लैंगिक अभिविन्यास, लिंग, आदि जुन भए पनि, आफ्नो भाषणहरुमा सहभागी हुन दिनुपर्दछ । सबै तिब्बतीहरुसँग पवित्र लामाका धर्मनिरपेक्ष कार्यक्रमहरुमा सहभागी हुन पाउने र तिब्बती समुदायमा समानताको आनन्द लिन पाउने अधिकार र सुविधा हुनुपर्दछ । यदि प्रतिबन्ध छैन भने, म र अरु हजारौं शुग्देन अनुयायीहरु पवित्र लामालाई प्रतिबन्ध सुरुभएको विगत दुई दशकदेखि अनुरोध गरिरहेका हुँदैन थियौँ ।

कोहिले दोर्जे शुग्देन अनुयायीहरु चीनसँग मिलेर पवित्र लामाको समुदायभित्र र भारत र नेपालमा भएका तिब्बतीहरुबीच विभाजन ल्याउन कोसिस गरिरेहेका छन् भनि दावा गर्दछन् । त्यो कुरा केहि मानिसहरुमा लागु होला, तर संसारभरिका दोर्जे शुग्देन अनुयायीहरुको मामलामा यो सत्य हुन पक्कै पनि सक्दैन, र यो मेरो सत्य पक्कै पनि होइन । संसारभरिका सरकारहरुसँग गठबन्धित हुने धेरै तिब्बतीहरु छन्, तर यो शुग्देनको अभ्याससँग काहिँबाट पनि सम्बन्धित छैन, र त्यसैले कृपया त्यस समुहमा दोर्जे शुग्देन अनुयायीहरुलाई नगाभ्नुहोस् । दलाई लामा, वा कुनै तिब्बती वा कुनै पनि मानिसलाई हानि पुर्याउन कोहिसँग पनि म कहिल्यै गठबन्धित भएको छैन । म बौद्ध भिक्षु हुँ र म मेरा बोधिसत्वका वचनलाई गम्भीर रुपमा पालना गर्दछु । मैले पवित्र लामाको विरुद्धमा कहिल्यै बोलेको छैन । मैले निजी वा सार्वजनिक स्थान कहीं पनि पवित्र लामाको विरुद्ध नारा लगाएको छैन । पवित्र लामाका लागि मेरो मनमा भएको आस्था, आशा र विश्वास कहिल्यै गुमेको छैन । म बस त्यो दिन पर्खिरहेछु जुन दिन मलाई पवित्र लामाको प्रवचनमा सहभागी हुन र तपाईंसँग शिक्षा लिने सौभाग्य उपलब्ध गराइनेछ । वास्तवमा, मलाई १५ वर्षको उमेरदेखि नै पवित्र लामासँग कालचक्र तन्त्र सिक्ने इच्छा छ । मेरो युवावस्थादेखि नै मलाई पवित्र लामाप्रति गहिरो आस्था छ र सधैँ हुनेछ ।

पवित्र लामालाई थाहा नै छ, दोर्जे शुग्देनको अभ्यास विगत ४०० वर्ष देखि गरिँदै आएको छ । सबैभन्दा सुरुवातमा शाक्य परम्परामा गरियो । शाक्य वंशबाट गेलुग्पाहरुले यो ग्रहण गरे । हामी दोर्जे शुग्देनको अभ्यास गरिरहेछौँ किनकि हाम्रा गुरुहरुले यी अभ्यास अध्यात्मिक प्रतिबद्धताका रुपमा हामीलाई दिनुभएको थियो र यसको अरु कुनै कारण छैन । म दोर्जे शुग्देनको अनुयाय गर्छु किनकि मलाई मेरा मूल गुरु क्याब्जे जंग रिन्पोछेले यो अभ्यास दिनुभएको थियो र उहाँको आदेश थियो कि म यसको सधैं पालना गरूँ । मेरा मूल गुरुप्रतिको मेरो प्रतिबद्धताका कारण म दोर्जे शुग्देनको अभ्यास गरिरहेछु । यदि मैले आफ्नो अभ्यास छोडिदिने हो भने, मैले मेरा मूल गुरुप्रतिको प्रतिबद्धता तोड्नेछु । तर यदि मैले मेरा मूल गुरुको प्रतिबद्धताको पालना गरिरहने हो भने दुर्भाग्यबस स्वत: पवित्र लामालाई अप्रिय भइरहेको रहेछु । पवित्र लामालाई अप्रसन्न बनाउनु मेरो इच्छा होइन, तर मैले मेरो अभ्यासलाई निरन्तरता दिनै पर्दछ किनकि यो मलाई मेरा मूल गुरुले आदेश दिनुभएको थियो । हामीले हाम्रा मूल गुरुहरुलाई दिएको आध्यात्मिक प्रतिबद्धता र वचन हामीले तोड्न मिल्दैन । पवित्र लामा यो पवित्र नियमका बारेमा अवगत नै हुनुहुन्छ ।

म चीनसँग गठबन्धन गर्नका लागि दोर्जे शुग्देनको अभ्यास गरिरहेको छैन, र म कहिल्यै पनि आध्यात्मिक कारण बाहेक दोर्जे शुग्देनको अभ्यास गर्ने र अरुलाई अभ्यास सिकाउने गर्दिन । दोर्जे शुग्देन बुद्धत्व प्राप्त गर्नुभएको प्राणी हुनहुन्छ कि हुनुहुन्न वा भर पर्न मिल्ने प्राणी हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा दार्शनिक विवाद हुन सक्छ तर हामीलाई आफ्नो धर्म भेदभाव, विभाजन र पक्षपातबिना पालना गर्न पाउने स्वतन्त्रको निर्णय गर्नमा यस कुराले फरक पर्न हुँदैन ।

कोहिले भन्छन् कि दोर्जे शुग्देनमाथि कुनै प्रतिबन्ध छैन तर पवित्र लामाका शब्दहरु निकै शक्तिशाली छन् । जब पवित्र लामाले, कयौँ पटक आफू वा दोर्जे शुग्देनमध्य कोहि एकलाई छान्न शशक्त रुपमा भन्नुभयो, तब यसले ठुलो प्रभाव पार्यो र मानिसहरु छान्न बाध्य भए । स्वाभाविक रुपमा, जसले दोर्जे शुग्देन छाने, उनीहरु अपहेलित, घृणित र बदनाम भए र तपाईंको शत्रु करार भए, जुन सत्य होइन । पवित्र लामाले विगत २० वर्षमा कयौं ठाउँमा मानिसहरुलाई दोर्जे शुग्देनको अभ्यास त्याग्न आदेश दिनुभएको छ । यदि उनीहरुले सो नगरेमा, उनीहरुले तपाईंको कुनै पनि प्रवचनमा भाग लिन पाउँदैनन् जुन निकै दुखद छ । किनकि तिब्बती समुदायमा तपाईंको शब्द नै नियम हो । तपाईंले आफैंले खुलेर यो प्रतिबन्ध नै हो भन्नु नै पर्दैन, तपाईंले आफ्नो अप्रसन्नता व्यक्त गर्नु नै प्रतिबन्धको बराबर हुन्छ । जसले शुग्देन अभ्यासलाई निरन्तरता दिन खोज्छन्, उनीहरुलाई आफ्नो धर्म पालना गरेबापत अलग पारिन्छ र अपहेलित गरिन्छ, र प्रजातन्त्रमा यस्तो हुने हुँदैन । तिब्बती समुदायहरुमा तपाईंका शब्दहरु निकै शक्तिशाली छन् । तपाईंबाट आउने एक अप्रसन्नताको शब्द पनि प्रतिबन्ध जतिकै हुन्छ । पश्चिमका नेताहरुको यस्तो प्रभाव छैन होला, तर तिब्बती समुदायमा यस्तो हुन्छ जुन पवित्र लामालाई पनि राम्ररी थाहा छ ।

‘दलाई लामा: भित्र राक्षस (अल जजिरा)’
युटुबमा: http://www.youtube.com/watch?v=rKu2j4lLbH4
सर्भरमा: https://bit.ly/2KsylnP

दोर्जे शुग्देनको अनुयाय गरेकै कारणले मलाई सामाजिक सञ्जालमा आक्रमण गरिएको छ । सयौँ निर्दोष भिक्षुहरु यसै कारणले गुम्बाहरुबाट निस्कासित भएका छन् । सन् २००९ मा, अल जजिरा, एक प्रख्यात अन्तराष्ट्रिय संचार संस्थाले अनुसन्धान गरेपछि दोर्जे शुग्देनका अनुयायीहरुले भारत, नेपाल, र विश्वभर कष्ट खेप्नु परेको छ भन्ने निष्कर्ष निकालेको थियो । अल जजिराले आफ्नो समाचारमा यो कुरालाई स्पष्ट रुपमा प्रकाशित गरेको थियो । आजको दिनमा आएर, कोहि पनि आफ्नो धर्मका लागि अपहेलित र आक्रमित हुनु हुँदैन । म आदरपूर्वक भन्न चाहन्छु कि कुनै पनि नेताले, चाहे धार्मिक वा धर्म-निरपेक्ष, कुनै धर्म वा आध्यात्मिक पथको आलोचना गर्नु हुँदैन किनकि यसले मानिसहरुमा विभाजन ल्याउँदछ । सबै नेताहरुले प्रजातन्त्र, समानता र न्यायको सम्मानमा, सबै मानिसहरुलाई स्वीकार गर्नुपर्छ, चाहे उनीहरु कुनै पनि धर्म, जाति, लिंग आदिका हुन् । भारतस्थित तिब्बती समुदायमा पनि हामीलाई यस्तै खालको प्रजातन्त्रको आवश्यकता छ । तनाव र अरु धेरै हानिकारक कारणले ग्रस्त यो सानो संसारमा हामीलाई एकता, समन्वयता र सहनशीलता आवश्यक छ । कृपया आफ्ना जनतालाई बिना पक्षपात आफ्नै इच्छाले कुनै पनि धर्म पालना गर्न वा नगर्न दिनुहोस् ।

हामीलाई थाहा छ कि तपाईंले तिबब्तीहरुका लागि गर्न मिल्ने सबै गरिरहनुभएको छ तर कहिलेकाहिँ अन्जानमै एउटा समुहलाई लाभ हुने तपाईंको एउटा फैसलाले अर्को कुनै समूहलाई हानि पुर्याइरहेको हुनसक्छ । दोर्जे शुग्देनविरुद्धको प्रतिबन्धले मलगायत एक पक्षका तिब्बती समूहहरुलाई निकै कष्ट भइरहेको छ । कृपया यो बुझिदिनुहोस् ।

‘आरटी समाचार: उत्तर र दक्षिण कोरियाका नेताहरुबीचको भेटका मुख्य अंशहरु’ भिडियो हेर्नुहोस्
युटुबमा: http://www.youtube.com/watch?v=KHaqUl9rshM
सर्भरमा: https://bit.ly/2I8NTim

संसार धेरै परिवर्तन भइसक्यो र हामीले उत्तर र दक्षिण कोरियाका नेताहरु पनि मिलेर आफ्नो सम्बन्ध सुधार्न भेट गरेको देख्यौँ । यो सन् २०१८ को अप्रिल, अर्थात् केहि दिन अघि मात्र भएको हो । विगतमा यस्तो होला भनेर कसैले कल्पना पनि गर्न सकेको थिएन । उत्तर र दक्षिण कोरियाका दुबै जनताहरुका लागि यो एक ठुलो समाचार हो । मेरो इच्छा छ कि उनीहरु दुबै फेरि मित्रराष्ट्र बनुन् । यसरी नै, हामी पनि तपाईंसँग पुन:मिलन गर्न सक्छौं भन्ने मलाई पूरा विश्वास छ । दक्षिण र उत्तर कोरियाले यस ऐतिहासिक भेट गर्नका लागि कयौँ पहाड चढ्नु पर्यो र मलाई लाग्दैन कि पवित्र लामा र दोर्जे शुग्देन अनुयायीहरुबीच यति धेरै मतभेद छ र त्यसैले मलाई लाग्छ कि हामी फेरी एक हुन सक्छौं ।

हामीले यो पनि देखिरहेका छौँ कि चीन र भारतबीचको दशाकौंको तनावपूर्ण सम्बन्धपछि, भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका माननीय राष्ट्रपति जी जिन्पिंग अब आफ्ना मतभेदहरुलाई हटाउने क्रममा छन् । शीतयुद्ध, अशान्ति, अविश्वासले कसैको पनि भलो गरेको छैन । चीन र भारतलाई आफ्नो सम्बन्धमा सुधार ल्याउन समय लाग्छ । विगतमा यो कसरी हुने होला भन्ने कुरामा शंका थियो, तर अहिले यो भइरहेछ । चीन र भारतको मित्रताले संसारलाई सकारात्मक प्रभाव पार्नेछ । मतभेद भएका पक्षहरुको मिलाप भएको समाचार आउनु सम्भव छ र अत्यावश्यक पनि छ । यदि यस्ता ठुला नेताहरुले आफ्नो उदार पक्ष देखाएर पहिला भएका मतभेदहरुमा सुधार ल्याउन सक्छन् भने, तपाईंले आफ्नो मनमा, तपाईं र दोर्जे शुग्देन अनुयायीहरुबीच भएका मतभेदभन्दा माथि उठेर सबै दोर्जे शुग्देन अनुयायीहरुसँगको सम्बन्धमा सुधार आउने बाटो पत्ता लगाउन सक्नुहुन्छ । हामीलाई तपाईंसँग पुन:मिलन गर्ने इच्छा छ । आध्यात्मिक अभिविन्यास जे भए पनि कृपया आफ्ना जनतालाई एकिकृत गर्नुहोस् ।

‘द कुइन्ट: भारतीय प्रम. मोदी र चिनियाँ राष्ट्रपति जी’ भिडियो हेर्नुहोस्
युटुबमा: http://www.youtube.com/watch?v=KPh68dX6u7k
सर्भरमा: https://bit.ly/2jn1lBe

हालै अप्रिल २५, २०१८ मा पवित्र लामाले चीनले छानेका पान्चेन लामालाई अप्रत्यक्ष रुपमा स्वीकार्नु भएको छ र उच्च लामाहरुका एकै समयमा धेरै अवतार हुन सक्छन् भनेर जाम्यांग खेंत्से वान्ग्पोको उदाहरण दिनुभएर चीनले छानेका पान्चेन लामालाई अप्रत्यक्ष रुपमा मान्यता दिनुभएको छ । पवित्र लामाले भन्नुभयो कि दुइ पान्चेन लामा हुन् सक्छन् र मैले यो सुक्ष्म तर गहन सन्देश बुझें । पवित्र लामाले मान्यता दिनुभएको पान्चेन लामा र चीनले मान्यता दिएका पान्चेन लामा दुबै पवित्र १० औँ पान्चेन लामाका अवतार हुन् सक्छन् । यो अतिउत्तम खबर हो र पवित्र लामाले चीनसँगको सम्बन्ध सुधार गर्नका लागि बढाउनुभएको ठुलो हात हो । चिनियाँ पान्चेन लामालाई अप्रत्यक्ष रुपमा मान्यता दिनुभएको खबर सुनेर म निकै खुशी छु र सायद यसले पवित्र लामा र चीनबीचमा सम्बन्ध सुधार गर्ने संवादको वातावरण सिर्जना हुन सहयोग गर्नेछ जसले सबै तिब्बतीहरुलाई लाभ हुनेछ । सायद यसले पवित्र लामाको सपनाले संकेत गरेजस्तै पवित्र लामालाई चीन र तिब्बत फर्काउन र पोतला महलमा बस्ने बाटो बन्न सहयोग गर्नेछ । म यो होस् भनेर कामना गर्दछु किनकी पवित्र लामाले यो होस् भनेर कामना गर्नुहुन्छ । म यो होस् भनेर साँचै चाहन्छु किनकि मलाई थाहा छ कि तिब्बती मानिसहरुजस्तै पवित्र लामालाई पनि तिब्बतको सम्झना आउँदछ, जसरि शुग्देन र शुग्देन-बाहेकका सबै तिब्बतीहरुलाई तपाईंको सम्झना आउँछ ।

‘पवित्र ११औं पान्चेन लामाका बारेमा पवित्र दलाई लामाले व्यक्त गर्नुभएका असाधारण मन्तव्य’ भिडियो हेर्नुहोस्
युटुबमा: http://www.youtube.com/watch?v=8hsyWE-fhZU
सर्भरमा: https://bit.ly/2HLnBzd

त्यसैले हात जोड्दै, घुँडा टेक्दै, म अनुरोध गर्दछु कि पवित्र लामाले सबै आधिकारिक स्थानहरुबाट र धर्मशालामा लेखिएको केन्द्रीय तिब्बती प्रशासनको साहित्यमा भएको दोर्जे शुग्देनसँग सम्बन्धित सबै किसिमको धब्बा, नकारात्मक वचन र नकारात्मक सन्दर्भहरु मेटाइदिनुहोस् ताकि दोर्जे शुगदेनमाथि भएको प्रतिबन्धको अन्त्य होओस् । म पवित्र लामालाई विनम्र अनुरोध गर्दछु कि धार्मिक अभिविन्यास जुन भए पनि सबै तिब्बतीलाई एकिकृत गरियोस् । कृपया हामीलाई तपाईं र दोर्जे शुग्देनबीच छान्न बाध्य नबनाउनुहोस् । हामीलाई छान्ने वा एक वा अर्कोसँग टाढा हुने इच्छा छैन । सहि किसिमको प्रजातन्त्रमा हामीलाई छान्न बाध्य गर्न पाइन्न । गादेन गुम्बाका कयौँ वृद्ध भिक्षुहरु मुटु टुटेर बित्नुभयो किनकी उहाँहरुलाई पवित्र लामा र दोर्जे शुग्देनबीच छनोट गर्ने इच्छा थिएन र यो हामीले देखेका छौँ । कयौं शताब्दीदेखि, गेलुग वंशका कयौँ पुस्ताले दुबै दलाई लामा र दोर्जे शुग्देनको पूजा गर्दथे । म मनबाटै यहि निरन्तर भइरहोस् भन्ने चाहन्छु । हामीलाई फेरि एकिकृत गर्ने शक्ति तपाईंमा छ ।

समयहुन्जेल नै यसको बारेमा केहि गरिहल्नुहोस् । हामीले जुनसुकै धर्म माने पनि हाम्रो अधिनायक भइदिनुहोस् । हे येशेनोर्बु (इच्छा पुरा गर्ने रत्न), कृपया हामीलाई तपाईंलाई फेरि भेट्न अनुमति दिनुहोस् र तपाईंको स्वर्ण आशिर्वादको आनन्द लिन दिनुहोस् । किनकि यति धेरै संसार परिवर्तन हुने घटनाहरु भइरहेका छन्, म दण्डवत प्रणाम गर्दै विनम्र अनुरोध गर्दछु कि दोर्जे शुग्देनमाथिको प्रतिबन्ध हटाइदिनुहोस् र दोर्जे शुग्देन अनुयायीहरुमाथि लगाइएका सबै कलंकहरु मेटिदिनुहोस् । दोर्जे शुग्देन र उहाँका अनुयायीहरुको विरुद्ध लेखिएका सबै नकारात्मक किताब, प्रवचन, तपाईंको आधिकारिक वेबसाइटमा भएका जानकारीहरुको नाश गरिदिनुहोस् । एक प्रजातान्त्रिक अधिनायक र सरकारलाई यो सुहाउनेछ ।

तपाईं अवलोकितेश्वरको अत्यन्त करुणामय, महान अवतार हुनुहन्छ । तपाईंको बुद्धिमानी र समुन्द्रझैँ करुणाको प्रयोग गरेर कृपया तपाईंको जनतालाई एकिकृत गर्नुहोस् । हामीले जुन धर्म पालना गरे पनि हामी सबैलाई एकिकृत गरिदिनुहोस् । म मेरो आत्माको सबैभन्दा गहिरो स्थानबाट पवित्र लामालाई विनम्र अनुरोध गर्दछु र आग्रह गर्दछु कि यस चिठ्ठीबाट रिसानी नगर्नुहोस् किनकि तपाईंको पवित्र मस्तिष्कलाई अशान्त बनाउने मेरो इच्छा होइन । तर यस गम्भीर मामलाका लागि तपाईं मात्र एक हुनुहन्छ जसलाई म अनुरोध गर्नसक्छु ।

विनम्रताका साथ,

हात जोडेर,

छेम टुल्कु रिन्पोछे
गादेन शार्छे गुम्बा

केचारा बौद्ध संस्था
अप्रिल ३०, २०१८

 

परिशिष्ट

मे ५, २०१८ मा अन्तराष्ट्रिय मिडिया एजेन्सी रिउटर्सले एसियाको मिलापको लागि मैले गरेको प्रार्थनाका बारेमा एक लेख प्रकाशित गरेको थियो । यस लेखमा उनीहरुले एसिया र सबै संसार, र विशेष गरि तिब्बती समुदायबीच शान्ति र सौहार्दता होस् भन्ने मेरो इच्छाको उल्लेख गरिएको थियो । यहाँ माथिको मेरो विनम्र अनुरोधको चिठ्ठीमा मैले यहि भनेको छ ।

Source: https://www.reuters.com/brandfeatures/venture-capital/article?id=35851. Click on image to enlarge.

श्रोत: https://www.reuters.com/brandfeatures/venture-capital/article?id=35851.
ठूलो पार्नको लागि छविमा क्लिक गर्नुहोस् ।

 

थप विस्तृत जानकारीका लागि:

 

तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण

विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।

तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।

जवाफ लेख्नुहोस्

उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: jpg, jpeg, gif, png

 

उच्चतम फाइलको साइज: 50MB
अनुमति दिइएको फाइलको प्रकार: mp4
उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: pdf, docx

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Blog Chat

ब्लग च्याट

ब्लगका आदरणीय साथीहरू,

मैले यो खण्ड तपाईंहरूको राय,विचारहरू र भावनाहरू जे तपाईंहरूलाई राख्न मन लाग्छ त्यसको लागि बनाएको हुँ।

सबैको भिन्दा भिन्दै दृष्टिकोण हुन्छ, त्यसैले यो खण्ड तपाईंहरूको लागि हो।

छेम रिन्पोछे


कृपया च्याटमा रमाइलो समय र एक अर्कालाई सहयोग गर्न आउनुहोस् र सहभागी हुनुहोस्। सबैलाई त्यही भेटौँला।


ब्लग च्याट शिष्टाचार

सबैको लागि ब्लग च्याट कोठालाई सकरात्मक ,मनोरञ्जनात्मक र प्रबुद्ध अनुभव दिने खालको बनाउनको लागि यिनीहरू केही सरल दिशानिर्देशहरू हुन्। कृपया ध्यान दिनुहोस् कि यो च्याट कोठा हो, हामी च्याट गर्छौँ! च्याट कोठालाई बाधा नपु-याउनुहोस् वा अरूसँग कुराकानी नगरी पोष्ट नगरीदिनुहोला।

विस्तार गर्नुहोस्
मित्रवत व्यवहार गर्नुहोस्

ध्यानदिनुहोस् तपाईंले तपाईंले कुरा गर्नुभएको यी व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै हुन्। उनीहरू भिन्न संस्कृतिबाट अाएका हुनसक्छन् र उनीहरूको तपाईंको भन्दा फरक राय हुनसक्छ। उनीहरूलाई तपाईंले वास्तविक जीवनमा जस्तै व्यवहार गर्नुहोस् र उनीहरूको मतको सम्मान गरिदिनुहोला र उनीहरूले पनि तपाईंलाई त्यसरी नै मित्रवत व्यवहार गर्ने छन्।

धैर्यता राख्नुहोस्

कोठालाई तपाईंलाई उत्तर दिने अवसर दिनुहोस्। धैर्यता एक गुण हो। र केही समय पश्चात सम्बन्धित मानिसहरूबाट प्रतिकिया अाएन भने, सायद उनीहरूलाई उत्तर थाहा भएन वा उनीहरूले तपाईंको प्रश्न देखेनन् भनेर प्रश्न पुन: सोध्नुहोस् वा कसैलाई सिधा सम्पर्क गर्नुहोस्। यदि मानिसहरूले प्रतिक्रिया दिन असक्षम भए भने अप्रसन्न नभई दिनुहोला।

सान्दर्भिक हुनुहोस्

यो माननीय छेम रेन्पोछेको ब्लग हो। कृपया यस स्थानको सम्मान गरिदिनुहोस्। हामी अनुरोध गर्देछौँ कि यहाँका सबै सहभागीहरू माननीय छेम रेन्पोछे र उहाँको संगठन, केचाराको सम्मान गरून्।

नम्र हुनुहोस्

अरूलाई अप्रिय हुनेखालका शब्द र अाचरणहरूको प्रयोग नगरदिनुहोला। यदि कोहीले तपाईंलाई अनादार गर्छ भने उनीहरूसँग बहस गर्नुभन्दा उनीहरूलाई बेवास्ता गरिदिनुहोस्।

कृपया ध्यान दिनुहोस् जसले यो दिशानिर्देशहरूको पालना गर्दैन उसलाई यस च्याट रूमबाट प्रतिबन्धित गरिनेछ। प्रतिबन्ध लगाउन यस ब्लगको प्रशासकसँग पूर्ण विवेकशील स्वतन्त्रता छ। कसैले अपिल गर्न चाहन्छ वा च्याट रूममा कसैको व्यवहारप्रति गुनासो गर्न चाहन्छ भने कृपया इमेलमा सन्दर्भित च्याटलाई कपि-पेस्ट गरेर care@kechara.com मा पठाउनुहोस् र सम्बन्धित वार्तालापको मिति र समय उल्लेख गर्नुहोस्।

केचारा फरेष्ट रिट्रिटको प्रगतिको जानकारीहरू

हाम्रो फरेष्ट रिट्रिटको आउँदो प्रोजेक्टको, हालचालैको खबरहरू र चित्रात्मक जानकारीहरू, जसरी यो हुँदैजाने छ ।

केचाारा फरेष्ट रिट्रिट एउटा अद्वितीय ईश्वरीय रिट्रिट सेन्टर जसले शारीरिक, मानसिक र अाध्यात्मिक स्वस्थतालाई केन्द्रित गर्ने काम गर्दछ। यो एउटा यस्तो स्थान हो जहाँ परिवार र व्यक्ति स्वयम्ले शान्ति प्राप्त गर्नेछन्, त्यो पनि प्राकृतिक बन वातावरणको पोसिलो अाहार र प्रेरणसँगै। केचारा फरेष्ट रिट्रिटमा, हामीले समाजको नयाँ पुस्ताको लागि विश्वमा नै सकरात्मक मूल्य जस्तै दया र करूणा प्रदान गर्ने प्रतिबद्धता गरेका छौँ।

थप जानकारीको लागि, पढिदिनुहोला यता (अङ्ग्रेजीमा), यता (चिनियाँमा), वा आधिकारीक साईट: retreat.kechara.com.
Invalid response

रिन्पोछेबाट सन्देशहरू

थप रिन्पोछेको संदेशहरू हेर्नको लागि तल बक्समा जानुहोस्। ईमेजलाई क्लिक गर्नुहोस् ठूलो पार्नको लागि। पुराना अभिलेखहरू हेर्नको लागि “पुराना संदेशहरूमा” क्लिक गर्नुहोस्। 'प्री' र 'नेक्सट'को प्रयोग लिङ्कहरूको मार्ग निर्देशनको पेजहरूको लागि गर्नुहोस्।

URLको प्रयोग सिधै यो लिङ्कबाट गर्नुहोस्: http://w33.tsemrinpoche.com/l/np/#messages-from-rinpoche

शुग्देनको भूत समयका भनाईहरू र संदेशहरू पूरै विश्वभरि

यूरोप सुग्देन संघबाट:


अधिक भिडियोहरू

तिब्बतीय जनसाधारण कुराबाट:


अधिक भिडियोहरू

श्रेय

विचार: Tsem Rinpoche
प्राविधिक: Lew Kwan Leng, Justin Ripley, Yong Swee Keong
डिजाइन: Justin Ripley, Cynthia Lee
विषय-वस्तु: Tsem Rinpoche, Justin Ripley, Pastor Shin Tan, Sarah Yap
लेखक: Pastor Loh Seng Piow
व्यवस्थापक: Pastor Loh Seng Piow, Beng Kooi

मैले धर्म ब्लग समूहका साथीहरूलाई धन्यवाद दिनै पर्छ जसले म,केचारा र धर्मको वृद्धिका लागि महत्वपूर्ण सहयोग यो उत्कृष्ट क्षेत्रमा गर्नुभयो। म उहाँहरूलाई सम्मान गर्छु र उहाँहरूसँग काम गर्न पुलकित छु। म साँच्चै चाहन्छु। सायद यतिले मात्र उहाँहरूको लागि पुग्दैन, तर म अहिले भनिरहेकोछु। म उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

छेम रिन्पोछे

Total views today
2,836
Total views up to date
26,041,536

म अहिले के लेख्दैछु

Facebook Fans Youtube Views Blog Views

अज्ञात

ज्ञात र अज्ञात दुवै भयानक हुन्,
ज्ञात कुराहरू अारामदायी र निष्क्रय हुन्,
अज्ञात वृद्धि र मौकाका लागि हुन्,
व्यक्ति स्वयमलाई कहिले थाहा नहुन सक्छ कि कोही डरहरूलाई अज्ञात भन्दा बढी ज्ञात भएको हुन्छ। कसले भन्न सक्छ
कि अज्ञातभन्दा ज्ञातचाहि अस्वस्थ हुन्छ भनेर?
तर फेरि, कहिलेकाही अज्ञात ज्ञातभन्दा अस्वस्थ हुनसक्छ। अन्तमा केही पनि ज्ञात छैन जबसम्म हामीले प्रयत्न गर्दैनौँ।
त्यसैले अन्तमा अज्ञातका साथ पछि लाग
किनभने सबै अज्ञातहरूको घनिष्ठता ज्ञातसँग हुन्छ।
~ छेम रेन्पोछे

फोटो जादैछ

ठूलो रूपमा हेर्न चित्रमा थिच्नुहोस् । र तलसारेर थप फोटो हेर्न "सबै फोटो हेर्नुहोस्" मा थिच्नुहोस् ।
Invalid response

भिडियो जादैछ

  • Pig puts his toys away
    4 वर्ष अगाडी
    Pig puts his toys away
    Animals are so intelligent. They can feel happiness, joy, pain, sorrow, just like humans. Always show kindness to them. Always show kindness to everyone.
  • Always be kind to animals-They deserve to live just like us.
    5 वर्ष अगाडी
    Always be kind to animals-They deserve to live just like us.
    Whales and dolphins playing with each other in the Pacific sea. Nature is truly incredible!
  • Bodha stupa July 2019-
    5 वर्ष अगाडी
    Bodha stupa July 2019-
    Rainy period
  • Cute Tara girl having a snack. She is one of Kechara Forest Retreat’s resident doggies.
    5 वर्ष अगाडी
    Cute Tara girl having a snack. She is one of Kechara Forest Retreat’s resident doggies.
  • Your Next Meal!
    5 वर्ष अगाडी
    Your Next Meal!
    Yummy? Tasty? Behind the scenes of the meat on your plates. Meat is a killing industry.
  • This is Daw
    5 वर्ष अगाडी
    This is Daw
    This is what they do to get meat on tables, and to produce belts and jackets. Think twice before your next purchase.
  • Don’t Take My Mummy Away!
    5 वर्ष अगाडी
    Don’t Take My Mummy Away!
    Look at the poor baby chasing after the mother. Why do we do that to them? It's time to seriously think about our choices in life and how they affect others. Be kind. Don't break up families.
  • They do this every day!
    5 वर्ष अगाडी
    They do this every day!
    This is how they are being treated every day of their lives. Please do something to stop the brutality. Listen to their cries for help!
  • What happened at Fair Oaks Farm?
    5 वर्ष अगाडी
    What happened at Fair Oaks Farm?
    The largest undercover dairy investigation of all time. See what they found out at Fair Oaks Farm.
  • She’s going to spend her whole life here without being able to move correctly. Like a machine. They are the slaves of the people and are viewed as a product. It’s immoral. Billions of terrestrial animals die annually. Billions. You can’t even imagine it. And all that because people don’t want to give up meat, even though there are so many alternatives. ~ Gabriel Azimov
    5 वर्ष अगाडी
    She’s going to spend her whole life here without being able to move correctly. Like a machine. They are the slaves of the people and are viewed as a product. It’s immoral. Billions of terrestrial animals die annually. Billions. You can’t even imagine it. And all that because people don’t want to give up meat, even though there are so many alternatives. ~ Gabriel Azimov
  • Our Malaysian Prime Minister Dr. Mahathir speaks so well, logically and regarding our country’s collaboration with China for growth. It is refreshing to listen to Dr. Mahathir’s thoughts. He said our country can look to China for many more things such as technology and so on. Tsem Rinpoche
    5 वर्ष अगाडी
    Our Malaysian Prime Minister Dr. Mahathir speaks so well, logically and regarding our country’s collaboration with China for growth. It is refreshing to listen to Dr. Mahathir’s thoughts. He said our country can look to China for many more things such as technology and so on. Tsem Rinpoche
  • This is the first time His Holiness Dalai Lama mentions he had some very serious illness. Very worrying. This video is captured April 2019.
    5 वर्ष अगाडी
    This is the first time His Holiness Dalai Lama mentions he had some very serious illness. Very worrying. This video is captured April 2019.
  • Beautiful Monastery in Hong Kong
    5 वर्ष अगाडी
    Beautiful Monastery in Hong Kong
  • This dog thanks his hero in such a touching way. Tsem Rinpoche
    5 वर्ष अगाडी
    This dog thanks his hero in such a touching way. Tsem Rinpoche
  • Join Tsem Rinpoche in prayer for H.H. Dalai Lama’s long life~ https://www.youtube.com/watch?v=gYy7JcveikU&feature=youtu.be
    5 वर्ष अगाडी
    Join Tsem Rinpoche in prayer for H.H. Dalai Lama’s long life~ https://www.youtube.com/watch?v=gYy7JcveikU&feature=youtu.be
  • These people going on pilgrimage to a holy mountain and prostrating out of devotion and for pilgrimage in Tibet. Such determination for spiritual practice. Tsem Rinpoche
    5 वर्ष अगाडी
    These people going on pilgrimage to a holy mountain and prostrating out of devotion and for pilgrimage in Tibet. Such determination for spiritual practice. Tsem Rinpoche
  • Beautiful new casing in Kechara for Vajra Yogini. Tsem Rinpoche
    5 वर्ष अगाडी
    Beautiful new casing in Kechara for Vajra Yogini. Tsem Rinpoche
  • Get ready to laugh real hard. This is Kechara’s version of “Whatever Happened to Baby Jane!” We have some real talents in this video clip.
    5 वर्ष अगाडी
    Get ready to laugh real hard. This is Kechara’s version of “Whatever Happened to Baby Jane!” We have some real talents in this video clip.
  • Recitation of Dorje Dermo‘s mantra or the Dharani of Glorious Vajra Claws. This powerful mantra is meant to destroy all obstacles that come in our way. Beneficial to play this mantra in our environments.
    5 वर्ष अगाडी
    Recitation of Dorje Dermo‘s mantra or the Dharani of Glorious Vajra Claws. This powerful mantra is meant to destroy all obstacles that come in our way. Beneficial to play this mantra in our environments.
  • Beautiful
    5 वर्ष अगाडी
    Beautiful
    Beautiful sacred Severed Head Vajra Yogini from Tsem Rinpoche's personal shrine.
  • My little monster cute babies Dharma and Oser. Take a look and get a cute attack for the day! Tsem Rinpoche
    5 वर्ष अगाडी
    My little monster cute babies Dharma and Oser. Take a look and get a cute attack for the day! Tsem Rinpoche
  • Plse watch this short video and see how all sentient beings are capable of tenderness and love. We should never hurt animals nor should we eat them. Tsem Rinpoche
    5 वर्ष अगाडी
    Plse watch this short video and see how all sentient beings are capable of tenderness and love. We should never hurt animals nor should we eat them. Tsem Rinpoche
  • Cruelty of some people have no limits and it’s heartbreaking. Being kind cost nothing. Tsem Rinpoche
    5 वर्ष अगाडी
    Cruelty of some people have no limits and it’s heartbreaking. Being kind cost nothing. Tsem Rinpoche
  • SUPER ADORABLE and must see
    5 वर्ष अगाडी
    SUPER ADORABLE and must see
    Tsem Rinpoche's dog Oser girl enjoying her snack in her play pen.
  • Cute!
    5 वर्ष अगाडी
    Cute!
    Oser girl loves the balcony so much. - https://www.youtube.com/watch?v=RTcoWpKJm2c
  • Uncle Wong
    5 वर्ष अगाडी
    Uncle Wong
    We were told by Uncle Wong he is very faithful toward Dorje Shugden. Dorje Shugden has extended help to him on several occasions and now Uncle Wong comes daily to make incense offerings to Dorje Shugden. He is grateful towards the help he was given.
  • Tsem Rinpoche’s Schnauzer Dharma boy fights Robot sphere from Arkonide!
    5 वर्ष अगाडी
    Tsem Rinpoche’s Schnauzer Dharma boy fights Robot sphere from Arkonide!
  • Cute baby owl found and rescued
    5 वर्ष अगाडी
    Cute baby owl found and rescued
    We rescued a lost baby owl in Kechara Forest Retreat.
  • Nice cups from Kechara!!
    5 वर्ष अगाडी
    Nice cups from Kechara!!
    Dorje Shugden people's lives matter!
  • Enjoy a peaceful morning at Kechara Forest Retreat
    5 वर्ष अगाडी
    Enjoy a peaceful morning at Kechara Forest Retreat
    Chirping birds and other forest animals create a joyful melody at the Vajrayogini stupa in Kechara Forest Retreat (Bentong, Malaysia).
  • This topic is so hot in many circles right now.
    6 वर्ष अगाडी
    This topic is so hot in many circles right now.
    This video is thought-provoking and very interesting. Watch! Thanks so much to our friends at LIVEKINDLY.
  • Chiropractic CHANGES LIFE for teenager with acute PAIN & DEAD LEG.
    6 वर्ष अगाडी
    Chiropractic CHANGES LIFE for teenager with acute PAIN & DEAD LEG.
  • BEAUTIFUL PLACE IN NEW YORK STATE-AMAZING.
    6 वर्ष अगाडी
    BEAUTIFUL PLACE IN NEW YORK STATE-AMAZING.
  • Leonardo DiCaprio takes on the meat Industry with real action.
    6 वर्ष अगाडी
    Leonardo DiCaprio takes on the meat Industry with real action.
  • Do psychic mediums have messages from beyond?
    6 वर्ष अगाडी
    Do psychic mediums have messages from beyond?
  • Lovely gift for my 52nd Birthday. Tsem Rinpoche
    6 वर्ष अगाडी
    Lovely gift for my 52nd Birthday. Tsem Rinpoche
  • This 59-year-old chimpanzee was refusing food and ready to die until...
    6 वर्ष अगाडी
    This 59-year-old chimpanzee was refusing food and ready to die until...
    she received “one last visit from an old friend” 💔💔
  • Bigfoot sighted again and made it to the news.
    6 वर्ष अगाडी
    Bigfoot sighted again and made it to the news.
  • Casper is such a cute and adorable. I like him.
    6 वर्ष अगाडी
    Casper is such a cute and adorable. I like him.
  • Dorje Shugden Monastery Amarbayasgalant  Mongolia's Ancient Hidden Gem
    6 वर्ष अगाडी
    Dorje Shugden Monastery Amarbayasgalant Mongolia's Ancient Hidden Gem
  • Don't you love Hamburgers? See how 'delicious' it is here!
    6 वर्ष अगाडी
    Don't you love Hamburgers? See how 'delicious' it is here!
  • Such a beautiful and powerful message from a person who knows the meaning of life. Tsem Rinpoche
    6 वर्ष अगाडी
    Such a beautiful and powerful message from a person who knows the meaning of life. Tsem Rinpoche
  • What the meat industry figured out is that you don't need healthy animals to make a profit.
    6 वर्ष अगाडी
    What the meat industry figured out is that you don't need healthy animals to make a profit.
    Sick animals are more profitable... farms calculate how close to death they can keep animals without killing them. That's the business model. How quickly they can be made to grow, how tightly they can be packed, how much or how little can they eat, how sick they can get without dying... We live in a world in which it's conventional to treat an animal like a block of wood. ~ Jonathan Safran Foer
  • This video went viral and it's a must watch!!
    6 वर्ष अगाडी
    This video went viral and it's a must watch!!
  • SEE HOW THIS ANIMAL SERIAL KILLER HAS NO ISSUE BLUDGEONING THIS DEFENSELESS BEING.
    6 वर्ष अगाडी
    SEE HOW THIS ANIMAL SERIAL KILLER HAS NO ISSUE BLUDGEONING THIS DEFENSELESS BEING.
    This happens daily in slaughterhouse so you can get your pork and Bak ku teh. Stop eating meat.

पुरोहितलाई सोध्नुहोस्


Ask the Pastors

धर्म सम्बन्धित तपाईंको प्रश्नहरूको स्पष्टीकरण दिन केचाराका सम्माननिय पुरोहितहरूसँग राखिएको एक अंश ।

तल आफ्नो नाम र प्रश्न मात्र राख्नुहोस् र हाम्रो कुनै एक पुरोहितले तपाईंलाई उत्तर दिनुहुनेछ ।

पुराना प्रश्न हेर्न तल सारेर "सबै प्रश्नहरू हेर्नुहोस्" मा थिच्नुहोस्

कुरा गरेको फोटोहरू

Invalid response
The Promise
  These books will change your life
  Support Blog Team
Lamps For Life
  Robe Offerings
  Vajrayogini Stupa Fund
  White Tara Mantra Bank Project
  Dana Offerings
  Soup Kitchen Project
 

तपाईंको सल्लाह सुझाव

Live Visitors Counter
देशद्वारा पेज हेरिएको
संयुक्त राज्य अमेरिका 6,560,748
मलेशिया 4,932,712
भारत 2,510,845
सिंगापुर 936,141
युनाइटेड किंग्डम 915,882
नेपाल 913,387
भुटान 864,803
कनाडा 797,322
अष्ट्रेलिया 619,377
फिलीपींस 555,278
इंडोनेशिया 451,828
जर्मनी 370,298
फ्रान्स 312,722
ब्राजील 251,023
भियतनाम 226,545
थाईल्याण्ड 217,772
ताइवान 206,933
इटाली 175,641
स्पेन 160,953
नीदरल्याण्ड 156,804
मङ्गोलिया 147,273
पोर्चुगल 138,190
दक्षिण अफ्रिका 138,017
Türkiye 132,302
श्रीलंका 128,762
संयुक्त अरब अमीरात 121,726
जापान 119,012
रूस 114,691
हंगकंग 114,218
चीन 107,718
जम्मा पेज हेरिएको: 26,041,536

लग्इन गर्नुहोस्

Dorje Shugden
दोर्जे सु्ग्देनको बारेमा मेरा कुराहरू हेर्न क्लिक गर्नुहोस्….