दोर्जे शुग्देनलाई धूप अर्पण

नोभेम्बर 23, 2017 | हेरिएको: 1,795

(छेम रिन्पोछे र बिअत्रिक्स ओइ)

धूपले बौद्ध धर्ममा लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेलेको छ | चाहे त्यो थेरावडा, महायान, बज्रयान, जेन वा तिब्बती परम्परा होस् वा अन्य सम्प्रदाय वा विचारधारामा, धूप एक सामान्य र आधारभूत सामग्री हो, जुन बुद्ध र सिद्ध व्यक्तिहरूलाई अर्पण गर्न वा चढाउन प्रयोग हुन्छ |

मगधा सांग्मोको चित्रण | विस्तारको लागि क्लिक गर्नुहोस् |

बौद्ध इतिहास अनुसार धूपको पहिलो प्रयोग बुद्ध शाक्यमुनीको समयमा भएको थियो, जब मगधा सांग्मोले बुद्ध भगवानलाई आफ्नो गाउँ भ्रमण गर्न अनुरोध गर्न धूप चढाइन र प्रार्थना गरिन | मगधा सांग्मो बुद्धका मुख्य संरक्षक, सुद्दत्ताकी छोरी थिइन् | उनीमा पनि उनको बुवाजस्तै बुद्ध शाक्यमुनीप्रति अगाध विश्वास थियो र उनलाई अति मान्ने भक्त थिइन् |

बिहे गरेर बुद्ध धर्म मान्ने चलन नभएको गाउँमा गएपछि उनमा आफ्ना गुरू, बुद्धसँग फेरि भेट्ने इच्छा जाग्यो | त्यसकारण उनले आफ्नो ससुरालीको घरको छतमा चढेर भगवान बुद्धलाई भित्री मनदेखि आफूलाई भेट्न प्रार्थना गरेर धूप चढाइन | उनको प्रार्थना सुनेर बुद्ध शाक्यमुनी आफ्नो भ्रमण दलसँगै उनको इच्छा पुरा गर्न आकाशबाट अवतरित भए | यो भनिन्छ कि बुद्धसँग भेटेर उनको शिक्षा प्राप्त गरेपछि पुरै गाउँ बुद्धिस्ट भएका थिए | यसरी मगधा सांग्मोको मनदेखिको भगवान बुद्धलाई गरेको अनुरोधले उनले आसपासका व्यक्तिहरू र आउने पिढीको कल्याण गरिन् |

मगधा सांग्मोले तल उल्लेखित छन्द भगवान बुद्धको प्रार्थना गर्दा पाठ गरेकी थिइन:

मा लु सेम चेन कुन ग्यी गों ग्युर चिंग
दु ते पुंग चे मि जे जोम जे ल्हा
इन्गो नाम मा लु यांग दा क्येन् ग्युर पे
चोम देन कोर चे ने दिर शेग सु सोल

कुनै अपवाद बिना सबै जीवका रक्षक,
असंख्य नकारात्मक शक्तिहरूको दैवीय हर्ता,
देवता, सबै कुराको पूर्ण ज्ञानी,
भगवान र सेवक, कृपया यहाँ आउनुस् |

सांगसोलको अभ्यास वा दोर्जे शुग्देनलाई धूप चढाउनुको बिशेष महत्त्व छ किनकि मगधा सांग्मोलाई दोर्जे शुग्देनकै पुर्व जीवन मानिन्छ |

 

तिब्बती परम्परामा धूप अर्पण

तिब्बती बौद्ध धर्मभित्र अन्य बौद्ध परम्पराजस्तै धूप, तीन रत्न (बुद्ध, धर्म र संघ)लाई अर्पण गर्ने/ चढाउँने परम्परा सदियौंदेखि चल्दै आइरहेको छ | पुजा गर्दा चढाउने सामग्री जस्तै पानी, भोजन र दियो पवित्र बनाउन पनि धूपको प्रयोग हुन्छ |

पारम्परिक तिब्बती उपचारमा, केही रोग निको पार्न धूप एक औषधिको रूपमा प्रयोग हुन्छ | तिब्बती धूप बनाउन प्रयोग हुने पदार्थको रोग निको पार्ने गुणको कारण यसले मानसिक चिन्ता, अशान्ति, चिन्ता र तनाव भएको दिमागलाई शान्त पर्न मद्दत गर्न सक्छ | तिब्बती डाक्टरले आफ्नो ज्ञान तिब्बती चिकित्सा ग्रन्थहरूमा पाउछन् जुन तिब्बती भाषामा ग्युद्ज्ही भनिने चार तन्त्रबाट उत्पन्न भएको छ | यी हुन् मूल तन्त्र, ज्ञानको तन्त्र, निर्देशनको तन्त्र र सम्पन्न तन्त्र |

तिब्बती चिकित्सा सिद्धान्त अनुसार ब्रह्माण्डका सबै चीजहरू पाँच तत्वले बनेको हुन्छ: सा (पृथ्वी), मे (अग्नि), छु (पानी), लुंग (हावा वा वायु) र नाम्खा (अन्तरिक्ष) | यद्यपि केवल पहिलो चार तत्वले रोगको वर्गीकरण (किसिम छुट्ट्याउन) भूमिका खेल्छ | धूपलाई गैर धार्मिक काममा पनि प्रयोग हुन्छ, जहाँ यो केवल रोग निको पार्न प्रयोग हुन्छ |

incenseoffering001

 

सांगसोल : धूप चढाउने पुजा

धूप अर्पण गर्नाले हामीलाई हाम्रो प्रतिज्ञा पवित्र रूपमा राख्न सम्झाउछ र यसो गर्न कारणहरू बनाउछ | यी प्रतिज्ञाहरूमा शरण प्रतिज्ञा, प्रतिमोक्ष प्रतिज्ञा, बोधिसत्व प्रतिज्ञा र तान्त्रिक प्रतिज्ञा समावेश छन् | धेरै महान भिक्षुहरूले चमत्कारिक सुगन्ध निकालेको भनिन्छ जुन उनीहरूले आफ्नो प्रतिज्ञा राखेकोले र नैतिकता प्राप्त गरेकोले कारणले भएको बताइन्छ | तिब्बती बौद्ध धर्मको गेलुंग बंशको संस्थापक महान लामा सोंग्खापा पनि यसको उदाहरण भएको बताइन्छ |

बौद्ध विचारमा नैतिकता बोधिसत्व मान्नेहरूको छ उत्कृष्ट गुण मध्ये एक मानिन्छ | यो बोधी ज्ञान पाउनलाई चाहिने साँचोमध्ये एक हो | त्यसकारण जब हामी बुद्धहरूलाई धूप चढाउछौ, हामी उनीहरू जस्तै बन्न र प्रतिज्ञा पूर्ण रूपमा पालन गर्न गुण उत्पन्न गर्छौ | उच्च उपलब्धिहरू हाम्रा तीन प्रतिज्ञाहरूमा (प्रतिमोक्ष, बोधिसत्व र तान्त्रिक) आधारित छन् जुन हामीहरूले योग्य शिक्षकबाट पाउछौ | यी प्रतिज्ञाहरू राखेर हामीले हाम्रो बानी परम वास्तविकतातर्फ पुनः बनाउछौ र पुनः निर्देशित गर्छौ | यो वास्तविकतामा आफूमा केन्द्रित हुने कार्य नभई सही दृष्टिमा आधारित आफूमा केन्द्रित नहुने कार्यहरू पर्छ जसले अझै धेरै कर्म र परिणामहरू ल्याउछन् | कर्म र परिणामले हामीलाई संसारमा अनन्तसम्म बाँध्छन् | गलत अनुमान हाम्रो संसार हेर्ने तरिका हो जुन विकृत छ त्यसकारण यसले बिग्रिएको कार्यहरू गराउदछ जसले अरूलाई र हामीलाईनै हानि गर्दछ | यो मामलामा, बिग्रिनु आत्मकेन्द्रित दृष्टि हो र यसलाई स्थायी घटना मानिन्छ | जति पनि दृष्टिकोणले अरू प्राणीभन्दा “म” लाई बढि महत्त्व दिन्छ, ति सबै दृष्टिकोण बिग्रिएको दृष्टिकोण हो किनकि सामान्य मानिसले बुझ्ने गरि भन्नु पर्दा यसले गहिरो स्वार्थीपनमा लैजान्छ | स्वार्थपन कुनै पनि तह वा समाजमा लाभदायक हुदैन | स्वार्थपन अरूहरूको आवश्यकताको ‘त्याग’ बाट प्राप्त हुन्छ | त्यसकारण धूप चढाउनाले बोधिसत्व आकांक्षामा आधारित गुणहरू संकलन हुन्छन जसबाट उच्च सोचबारे थाहा हुन्छ जुन अरू प्राणीको सेवा नगरी आफूलाई सेवा गर्ने काममा गल्ति देख्छन् | आफूलाई सेवा गर्नुले हानि र दुख ल्याउछ र अरूको सेवा गर्नाले संसारको सुख र निर्वाण प्राप्त हुन्छ | त्यसकारण हाम्रो समय, बोलीको आदर, बाचा र प्रतिज्ञा राख्नाले उच्च अन्तरदृष्टि हुने, राम्रो कार्य गर्ने, हानिकारक बानीबाट राम्रो बानि तर्फ सजिलै जाने बनाउछ र यसले हानिकारक कर्मको नकारात्मक फल कम गर्छ | कम हानिकारक कार्यहरूले हाम्रो र हाम्रा आसपास हुनेहरूको लागि कम दुख ल्याउछ | यदि हामीहरू आफूलाई परिवर्तन गर्न सक्दैनौ भने हामी कसरी सच्चा हुन्छौ र अरूको लागि पछिसम्म हुने सेवा गर्न सक्छौ | त्यसकारण उच्चतम प्रेरणाको साथ राम्रो गुणस्तरको धूप चढाउनु साधारण आध्यात्मिक कार्य लागे पनि यसले उच्च सोच, अभ्यासको इमान्दारिता, अभ्यासको निरन्तरता, राम्रो गुणको उत्पत्ति र प्रतिज्ञा पूरा गर्ने क्षमता ल्याउन मद्दत गर्छ जसले अझै धेरै ज्ञान पाउनको लागि र मष्तिस्कको भित्री रहस्य पत्ता लगाउन सहयोग गर्दछ | हाम्रो मनबाट दुख हटाउने परम धर्म र संसार पार गरेका पवित्र ऋषि बुद्धमा आत्मविश्वासका साथ धूप चढाउने कार्य दैनिक र निरन्तर गर्नुपर्छ | जो संसारमा अरूलाई दुख दिने गरि दुखको रूपमा कहिल्यै फर्कदैनन | धूप चढाउनु साच्चिकै एक गहन अभ्यास हो जसलाई हामीले कम आक्नु हुदैन |

सबैभन्दा पुरानो सांगसोल ग्रन्थ ८ औं शताब्तीको मानिन्छ जुन साम्य गुम्बा नामको तिब्बतको पहिलो गुम्बा निर्माण हुँदाखेरिको हो | उक्त गुम्बा राजा त्रिसोंग देत्सेन, महान तन्त्र गुरू रिम्पोचे र महान सुत्र गुरू सन्तरक्षिताको संरक्षणमा बनाइएको थियो | मूल (सक्कल) ग्रन्थ लुकाइएको थियो र यो शताब्दीपछि भक्तजनद्वारा फेला पारिएको थियो | याद राख्नुस, सांगसोल वा धूप चढाउनु लगभग एउटै हो | सांगसोल ठूलो मात्रामा धूपको धुलो (पाउडर) वा पिसिएको धूप मात्रै हो | धूप एक लट्ठी (स्टिक) हो |

गेलुप परम्परामा (वंश) मा महत्व सांगसोल ग्रन्थहरू छन् जुन तिब्बती बौध धर्मका विद्वान गुरूहरू जस्तै कि परम पावन दलाई लामा, लोब्सांग ग्यात्सो, लामा येशे वान्ग्पो र परम पावन चौथौँ पान्चेन लामा लोब्सांग चोकी ग्याल्त्सेंले रचेका थिए | दोर्जे शुग्देनप्रति अर्पण सांगसोल को सारांश संस्करण (पाठ तल समावेश छ |) अर्को महान गुरू, प्रतिष्ठित सेर्कोंग दोर्जे चांगले रचेका थिए |

 

सांगसोल कहिले गर्ने ?

सांगसोल सामान्यतया धार्मिक उत्सव र विशेष अवसर जस्तै विवाह, जन्मदिन, ल्होसार (तिब्बती नयाँ वर्ष), पुजा र अरू अवसरमा बाहिरी प्रांगणमा गरिन्छ | तिब्बती परम्परामा धूप सामान्यतया सँगपुरमा बालिन्छ जुन ठूलो कलशको आकारको हुन्छ | सँगपुर उच्च स्थानमा बनाइन्छ, उदाहरणको लागि हिमालमा र पहाडको टुप्पोमा | यी धेरै जसो यस्ता क्षेत्रहरूमा बनाइन्छन् जहाँ स्थानीय देवता र नागहरू वास गर्छन | जब सांगसोल गरिन्छ, त्यो क्षेत्रमा बस्ने प्राणी सहित आसपासको वातावरण दिव्य शक्तिबाट आशिर्वाद पाउनका लागि यसो गरिन्छ |

परम्परा अनुसार, सांगसोल विशेषगरि आफ्नो समय तोडी जम्मा गरेको कर्म पवित्र बनाउन गरिन्छ | समयले धेरै जसो आध्यात्मिक मार्गनिर्देशकसँग अध्यात्मिक सम्बन्ध जनाएपनि यो सन्दर्भमा समयलाई हाम्रो धर्म भाई, दिदि बिहिनी र साथीहरूसँगको सम्बन्धको रूपमा लिन सकिन्छ | त्यसकारण यस्ता व्यक्तिहरूसँग राम्रो सम्बन्ध राख्नलाई प्रोत्साहन दिइन्छ |

अर्को उदाहरण जहाँ सांगसोल गरिन्छ त्यो हो, घरभित्रको वातावरण पवित्र (शुद्धिकरण) गर्न | कुनै पनि महत्त्वपूर्ण कार्यक्रम शुरू गर्नु भन्दा पहिले प्रतिष्ठित सेम रिम्पोचे आफ्ना चेलाहरूलाई कोठा वा घरमा सांग गर्न लाउछन् | यसको उद्देश्य त्यस कार्यक्रम हिस्सा लिन आएका मानिसहरूको बाधा अड्चन हटाउनु हो | जस्तै सल्लाह र स्पष्ट मनका साथ शिक्षा लिन सकुन भनि जो दर्शन गर्न आउछन् | सांगलाई घर, कार्यालय वा परिसरमा दैनिक रूपमा गर्नाले नकारात्मक उर्जालाई हटाउछ र त्यहाँ बस्न वा काम गर्न सकारात्मकता बढाउछ | यदि हाम्रो वातावारणमा नकारात्मक उर्जा छ भने बुद्धलाई धूप चढाएर त्यो धूप हाम्रो बस्ने ठाउँ वा कार्यालयमा लगाउनाले ति नकारात्मक उर्जालाई खतम गरि शान्ति दिलाउछ | यो घर वा कार्यालयको हराएको वा दुषित उर्जालाई शुद्धिकरण गर्ने शक्तिशाली तरिका हो | यो धार्मिक नभएका व्यक्तिहरूले पनि गर्न सक्छन |

कर्म र बाधाहरू पवित्र गर्नुको अलावा सांगसोल निर्माणस्थलमा पनि गरिन्छ | जब यो गरिन्छ, विवेकी प्राणीहरूलाई हाम्रो मद्दत गर्न त्यो स्थानमा बोलाइन्छ | दोर्जे शुग्देनकोको उदाहरणमा जब दैवी उर्जा बोलाइन्छ यसले वातावरण र त्यहाँ स्थानीय देवता र नागहरूको रूपमा बास गर्नेहरूलाई पनि आशिर्वाद प्राप्त हुन्छ जो आफ्नो बास गर्ने स्थलमा हुने निर्माणले सजिलै रिसाउन सक्छन | सांगसोल गर्नाले उनीहरूले आशिष तथा शान्ति पाउछन् र ती प्राणीबाट हुन सक्ने सम्भावित बाधा र दुर्घटना हटाउछ |

 

शुरू कसरी गर्ने

सांगसोल गर्नुभन्दा पहिले केही महत्त्वपूर्ण कुराहरू छन् जुन हामीले ध्यान दिनुपर्छ:

  1. चढाउने धूप वा सांग हामीले किन्न सक्ने उत्कृष्ट (राम्रो) गुणस्तरको हुनपर्छ | सबैभन्दा महत्त्वपूर्ण, यो शुद्ध र पवित्र हुनुपर्छ |
  2. धूप बनाउदा उक्त धूप, जनावर वा मानिसले कुल्चेको वा टेकेको हुनुहूदैन |
  3. तिब्बती संस्कृति र परम्परा अनुसार धूप मुख्यत: जुनिपर, शंकुवृक्ष, सुगन्धित पात र काठ, एक प्रकारको विरूवा फर्न, रातो वा सेतो चन्दन ,अगर्वुड, पाइन, देवदार, गन्धरस, अम्बर, लोबान, हिम कमल, जपापुष्प, केसर, रातो ओर्पाइन, बर्नेओल, लालीगुराँस र अन्य धेरै पदार्थबाट बनेको हुन्छ | धेरै जसो मक्खन, साम्पा (तताइएको जौको आटा ) र चिनीसँग अन्य जडिबुटी पनि सँगै जलाइन्छ | जो शहरमा बस्छन् र ती प्राकृतिक पदार्थको जोहो गर्न सक्दैनन् उनीहरूले जुनिपर र प्रोटेक्टर धूपको मिश्रण चढाउन सक्छन | (विभिन्न प्रकारको धूप/अगरबतीबारे अझै बढी थाहा पाउन यहाँ क्लिक गर्नुहोस |)
  4. धूप बनाउन प्रयोग हुने पदार्थ शुद्ध हुनुपर्छ र प्रदुषकहरू जस्तै रक्सी, प्याज र लसुनबाट मुक्त हुनुपर्छ |

केचरा वन रिट्रीटमा सांग अर्पण हुँदै |

कुनै प्रार्थना वा राम्रो काम गर्नुभन्दा पहिले राम्रो प्रेरणा राख्नु सामान्य अभ्यास हो | यो सांगसोल मा पनि लागू हुन्छ | जो व्यक्तिहरू राम्रो प्रेरणा राख्ने अवधारणासँग परिचित छैनन्, यो मनदेखिको राम्रो नियतलाई उत्पन्न गरि एक विशेष पुण्य कामबाट राम्रो कर्म संकलन गरेर सबै प्राणीलाई लाभ पुर्याउनु हो जुन यो सन्दर्भमा उनीहरूको भलाईका लागि धूप चढाउनु हो |

सहि प्रेरणा स्थापित गरेपछि असिमित चार विचार गर्दै हामी शरण पाठ गर्छौ | यो अभ्यास गर्नेहरू जसले तान्त्रिक शक्ति पाएका हुन्छन, उनीहरूले आफूलाई उनीहरूको व्यक्तिगत यीदम वा ध्यानमा बस्ने देवताको रूपमा हेर्छन् | त्यसपछि हामी सांगसोल प्रार्थना गर्नतिर लाग्छौ जुन तीन पटक “ॐ आह हुम् “ मन्त्र पढेर शुरू हुन्छ |

यदि हामीसँग दोर्जे शुग्देनको लागि विशेष अनुरोध छ भने त्यो सांगसोल पाठ गर्ने बेला जहिले पनि गर्न सकिन्छ | सांगसोल प्रार्थनाको अन्त्यतिर हामी स्थानीय देवतालाई आफ्नो वासस्थानमा फर्कन अनुरोध गर्दछौ | त्यसपछि हामी सांगसोल पुजा समर्पणको पाठ गरि सम्पन्न गर्छौ |

नोट: हामीले धूप चढाउदा देवतालाई पवित्र बनाउछौं भनेर उक्त पाठमा लेखिए पनि यसले धूप अर्पण गरेर हामीले आफ्नो नकारात्मक कर्म वा बाधा पवित्र गर्छौ भनि दर्शाउछ | हामीले सांगसोल दैनिक गर्न सक्छौं वा हामी चाहे जति गर्न सक्छौ | कुनै हानी छैन र कुनै सीमा छैन |

 

दोर्जे शुग्देनलाई धूप चढाउदै

तलका प्रार्थना दोर्जे शुग्देनलाई धूप अर्पण गर्ने दुई अलग प्रार्थनाहरू हुन् | सांगसोल पुजा गर्दा यी मध्ये कुनै एकको पाठ गर्न सकिन्छ |

 

गान्देन सेर्कोंगबाट सांगसोल प्रार्थना

JAM MGON RGYAL BA’I BSTAN SRUNG RDO-RJE SHUG-LDAN RTSAL CHEN PO’I BSANGS MCHOD [DGE LEGS MCHOG STSOL] BZHUGS SO

(सांग अर्पण गर्न चाहने बेला, धूप पदार्थ संकलन गर्नुहोस; शरण र बोधी चित्त उत्पन्न गर्ने पाठ तीन पटक दोहोर्याउनुस)

हुम्!
भित्री मनबाट आफूलाई यीदमको रूपमा हेरी,
प्रकाश उत्पन्न हुन्छ, सबै गल्तीहरूलाई हटाउदै धूपबाट,
सम्पूर्ण रूपमा उत्कृष्ट पाँच वांछनीय गुण भएको सुगन्ध,
पवित्र आनन्द प्रदान गर्दा जागरूकताको सिमा भर्दछ |

ॐ आह हुम् (आशिषको लागी जति सक्दो धेरै दोहोर्याउनुस्)

हुम्!
मूल र वंश गुरू, तीन रत्न,
डाका, डाकिनी र धर्म रक्षकहरू,
विशेषगरि दोर्जे शुग्देन र सेवकहरू,
असिमित चमत्कारिक शक्ति यहाँ आऊनुस् |

साथै जन्म, योद्धा र संरक्षक देवताहरू,
स्थानीय देवता, आत्मा र आठ वर्गसहित अभिभावकहरू,
पुजा गर्न योग्य व्यक्तिहरूको सभा
कृपया यहाँ आउनुहोस् |

प्रत्येक आफ्नो आसनमा खुसीका साथ बसिरहेका
योगीलाई सुम्पिएको कार्य सम्पन्न गर्न,
बाहिरी, भित्री अर्पणको बादल, प्रतिबद्धताको चिज र उपहारहरू,
यो स्वीकार्नुहोस् र सुम्पिएको कार्यहरू पुरा गर्नुहोस् |

काई !
अगर, चन्दन, छ जडिबुटी र बिरूवाहरू,
बलिरहेको विवेकको आगोबाट बनेको धुँवाको, पुरै आकाश ढाकिएको बादलले ,
मूल र वंश लामा, यीदम र तीन रत्नहरू पवित्र पार्दछ |
डाका, डाकिनी र धर्म रक्षकहरू पवित्र पार्दछ |

बिशेषगरि बिजेता मंजुनाथका मुख्य धर्म रक्षक पवित्र पार्दछ |
दोर्जे शुग्देन र चार कार्डिनल उत्सर्जन |
जन्म, युद्ध र पाँच संरक्षक भगवान पवित्र पार्दछ |
स्थानीय देवता, आत्मा, अभिभावक र आठ वर्गहरू पवित्र पार्दछ |

योग्य अतिथिहरूलाई धूप चढाउनुको शक्तिले
झगडा समयको ग्रहण पवित्र होस् |
जीवनकाल, राम्रो काम र शक्ति सबै बढुन |
मानवजाति र जनावरलाई लाग्ने रोग, अनिकाल, युद्ध र विवाद कम गर्नुहोस् |

धानबाली राम्रो होस् र पानी समयमै परोस् |
र तत्कालै र सहजै सहायता दिन,
अन्धकारपट्टिको राक्षसलाई पराजित गर्नुहोस्, सकारात्मकता बढाउनुस्,
चिताएको सबै लक्ष्य पुरा होस् |

कि कि सो सो, ल्हा ग्येल लो !

हुम्!
खुशी र सन्तुष्ट भएर अतिथिहरू आफ्नो वासस्थान फर्कन्छन्,
अनुरोधमा फेरी कार्यहरूका लागि फर्किने गरि
यो गुणले म आफै र मातृ प्राणीहरूमा
निरन्तर खुशी छाओस् र लाभ होस् |

यो उत्कृष्टता दर्शाउने सांग अर्पण पहेलो टोपी वंश धारक जसको अवतारको नाम गान्देन सेर्कोंग थियो , उनले रचना गरेका थिए |

 

मंगलदायक प्रज्वलित प्रकाश नामक ग्येल्चेन दोर्जे शुग्देनको सांग

प्रचण्ड शक्तिशालीहरूको सभालाई श्रद्धा
अरूभन्दा धेरै जोडदार शक्तिका साथ
ज्ञानको सारलाई जोगाउने साहस
बुद्ध लोसांग वज्रधाराका ती ज्ञान !

(यहाँ यदि कसैले बाधा व्यवधान दिने आत्मालाई हटाउन दोर्जे शुग्देनका पाँच परिवार, गेदेनको लागि असामान्य धर्मपाललाई मान्न सकिने स्थान जस्तै हिमालको टुप्पोमा समयको पतन नभई, पदार्थ जस्तै अनेक प्रकारका सुगन्धित जडिबुटी, काठ, अमुल्य बालुवा र धूप, जस्तै चन्दन र एलोको सांग (सुगन्धित धुँवा अर्पण) चढाउन चाहन्छ भने पाठ गर्नुहोस्:)

हुम्
आफै वज्र भैरवको रूप लिई
मेरो मुटुमा हुम् बाट विशाल प्रकाश उत्पन्न हुन्छ
सांगको पदार्थको सबै अशुद्धतालाई शुद्ध बनाउदैं
ताकी उनीहरूले तीन लोकको वस्तुकरण गर्न नसकिने खालीपनमा वास गरून |

(छ मन्त्र र छ मुद्राबाट आशिष प्राप्त र सत्यको शक्ति जाहेर गर, “दाग जी साम पे …मेरी इच्छाको शक्तिबाट…” आदि | त्यसपछि प्रतिबद्ध प्राणी उत्पन्न गर:)

मृत्युहिन अविभाज्य आनन्द र शुन्यताको विशाल क्षेत्रमा,
इच्छा पूर्ति गर्ने रूखको टुप्पोमा, सिंहको गद्दीमा, कमल, सुर्य र चन्द्रमा,
गुरू बुद्ध लोसांग वज्रधारा
र देवताको पूर्ण सभा, मुस्कुराउदै त्यहाँ बस्छ |

(विवेकी प्राणीलाई आह्वान गर्न:)

गान्देनको दरबार, यिगा छोत्जिन देखि
मैत्रेय, मन्जुश्री र अतिशा,
मंजुनाथ गुरू र तपाई पुत्रहरू
र विशाल र महान बंशको पूर्ण सभा, प्रार्थना आऊनुस् !

सर्वोच्च, अविनाशी ई व्यामको महलबाट
सर्वव्यापी, अपरिवर्तनीय गुह्यसमाज, हेरूका,
भयङ्कर वज्र र देवताका आतिथ्य गर्नेहरू
तन्त्रका सबै चार वर्ग मध्येबाट, प्रार्थना आऊनुस् !

जाम्बुलिंगको चौबिस सर्वोच्च स्थानबाट,
नायक नायिकाको आतिथ्य गर्नेहरू, आमाको मायासहित,
परम आनन्दको उत्कृष्ट मार्गमा सहायता दिनुस् |
विचार जतिकै द्रुत, तपाईको शक्तिबाट प्रार्थना आउनुस् |

सिल्वा सेल [चिसो काठ] जस्तै आठ समाधिस्थलबाट
र प्रत्येक वज्र स्थान, जहाँपनि तपाई बस्नुहुन्छ,
ए प्राध्यापकको रूपमा तीन परिधिका अभिभावक
र धर्म रक्षा गर्ने अभिभावकलाई आतिथ्य गर्नेहरू प्रार्थना आउनुस् !

विशेषगरि, बलवान दोर्जे शुग्देनका पाँच परिवार
जसको शक्ति, बल र क्षमता अरूभन्दा विशाल र चुस्त छन्,
र नौ आमा, आठ भिक्षु, दश युवक अभिभावक
र काचे मार्पोका परिचर, प्रार्थना आउनुस् |

यसबाहेक, मेरो, योगीको व्यक्तिगत रक्षक,
दुश्मनको संहार गर्ने रक्षक, स्थान रक्षक, जन्म रक्षक, आदि
सबै देव र नागहरू जो असल गुणको पक्षमा रक्षा गर्छन,
सांगको अर्पणका लागि अतिथिको रूपमा आउनुस्!

तीन स्थान तीन बज्रहरूबाट आउने प्रकाशबाट ,
प्राकृतिक बासस्थलबाट, विवेकी सत्य प्राणि र आकृति प्राणि
प्रतिबद्ध प्राणीसँग नछुट्टिने गरि बास बस्न आउनुस्,
प्रसन्न, प्रत्यकको आफूले चाहेको आसनबाट |

(त्यसपछि ,वास्तविक मन्त्र र सांग चढाउनको लागि:)

भ्रूमबाट (བྷྲཱུཾ), प्रज्वलित गहनाको भाडो जसभित्र,
आगोको पिण्ड, प्रज्वलनशील पग्लिएको सुनको ढिस्को जस्तै,
यी सुगंधहरू र उत्कृष्ट औषधिहरू जुन समाधि, मन्त्र र मुद्राबाट धन्य छन्,
सामन्तभद्रको अर्पणको बादलजस्तो उत्पन्न भएको,

तीन गुणा दयालु मूल गुरूहरूको लागि सांग |
कृपया यो जीवनमा युगानद्ध प्राप्त गर्ने सिद्धि प्रदान गर्नुहोस् |

बुद्ध लोसांग वज्रधाराको लागि सांग |
कृपया आध्यात्मिक मार्गनिर्देशनमा सहि निर्भरताको सिद्धि प्रदान गर्नुहोस् |

मैत्रेय र विशाल कार्यहरूको परम्पराको लागि सांग |
कृपया विशाल अतितको चरणहरूको सिद्धि प्रदान गर्नुहोस् |

मन्जुश्री र गहन दृष्टिकोणको परम्पराको लागि सांग |
कृपया गहन मार्गको चरणको सिद्धिको लागि सांग प्रदान गर्नुहोस् |

कदम्पा गुरूहरू जसमा वंशहरू एक हुन्छन्, उनका लागि सांग |
कृपया बुद्धि प्रशिक्षणको सिद्धान्त पुरा गर्ने सिद्धि प्रदान गर्नुहोस् |

विशेषगरि मंजुनाथ गुरू (सोंग खापा) र पुत्रहरूका लागि सांग |
कृपया पवित्र दृष्टि, ध्यान र कार्यको सिद्धि प्रदान गर्नुहोस् |

गौरवशाली वास्तविक गुरूहरूको बंशको सभाको लागि सांग |
कृपया निष्कलंक जीवनको लागि सिद्धि प्रदान गर्नुहोस् |

भगवान गुह्यसमाजको आतिथ्यका देवताहरूका लागि सांग |
कृपया मायाको शरीर सजिलै जागृत गर्न सिद्धि प्रदान गर्नुहोस् |

चक्रसंभार जसले महान आशिष सजिलै दिन्छन्, उनका लागि सांग |
कृपया आनन्दको उज्यालो प्रकाशको सिद्धि प्रदान गर्नुहोस् |

पाँच विशेष गुणहरूले पूर्ण वज्र भैरवको लागि सांग |
कृपया मरासमाथि चमत्कारिक जितको सिद्धि प्रदान गर्नुहोस् |

द्वैध नभएको आनन्द रहित गौरव, कालभैरवको लागि सांग |
कृपया खालिपनको मुद्रा पुरा गर्ने सिद्धि प्रदान गर्नुहोस् |

निर्मल आनन्द प्रदान गर्ने शक्तिशाली योगिनीको लागि सांग |
कृपया भित्री र बाहिरी डाकिनील्याण्ड पुरा गर्न सिद्धि प्रदान गर्नुहोस् |

सजिलै क्रियाद्वारा रक्षा गर्ने सम्मानित ताराको लागि सांग |
कृपया आठ ठूला खतराहरूबाट अनन्त रक्षाको सिद्धि प्रदान गर्नुहोस् |

अनन्त चार प्रकारका तन्त्रका आतिथ्य गर्ने देवताको लागि सांग |
कृपया प्रत्येक तन्त्रको विशेषताको सिद्धि प्रदान गर्नुहोस् |

दश दिशाहरूको अनगिन्ति बुद्ध र बोधीसत्वहरूको लागि सांग |
कृपया दुई ग्रहण सम्पूर्ण रूपमा हटाउने सिद्धि प्रदान गर्नुहोस् |

द्वैध नभएको उत्कृष्ट धर्मको ग्रन्थ र अनुभूति, शान्तिको ढोकाको लागि सांग |
कृपया आर्यको सच्चा मार्ग र विरामको अनुभूतिको सिद्धि प्रदान गर्नुहोस् |

ज्ञान र स्वतन्त्रताको आठ गुण प्रदान गर्ने संघ रत्नको लागि सांग |
संग्रह, तयारी, हेर्नु र ध्यान जस्ता मार्गको सिद्धि प्रदान गर्नुहोस् |

आमाहरूको जस्तै मायालु नायक र नायिकाहरूको लागि सांग |
कृपया महान आनन्दको अनुभूति बढाउने सिद्धि प्रदान गर्नुहोस् |

विवेकी आँखा भएका रक्षक अभिभावकहरूको लागि सांग |
कृपया चार क्रियाहरू पुरा गर्ने सिद्धि प्रदान गर्नुहोस् |

र विशेष गरि गेदेन धर्मपालको लागि, शत्रु संहारकका,
राजा, महान राजा, वज्रका धारक, मुटु रत्न, तपाईको लागी,
रत्न सम्पन्न देवता, दुल्द्जिन, धर्मका राजा, सांग,
सांग अर्पण स्वीकार, कृपया चार क्रियाको सिद्धि प्रदान गर्नुहोस् |

ऐनाको खेल–जस्तै विवेक, वैरोचनको शरीर,
शरीरको रंग जस्तै शरदको चन्द्रमा, कति शान्ति,
शान्ति प्रदान गर्ने ग्येल्चेन, सबै ग्रहण हटाउने, सांग |
कृपया बिमारी, आत्मा र बाधा हटाउने सिद्धि प्रदान गर्नुहोस् |

सन्तुलित विवेकको खेल, रत्नसम्भवको शरीर,
शरिरको रंग जस्तै सयौं हजारौं सुर्यहरूको प्रकाश, पूर्ण रूपमा वृद्धि,
वृद्धक ग्येल्चेनको लागि, तीन लोकको प्रज्वलनशील गौरव, सांग |
कृपया जीवन, राम्रो काम र ऐश्वर्य वृद्धिको सिद्धि प्रदान गर्नुहोस् |

भेदभावपूर्ण विवेकको खेल, अमिताभको शरीर,
माणिक्य रत्नको चमक जस्तै शरीरको रंग, तीन लोकका विजेता,
विजेता ग्येल्चेनको लागि, प्राणीहरू र भूमिका बिजेता, सांग |
कृपया तीन लोक शक्तिका साथ संकलन गर्ने सिद्धि प्रदान गर्नुहोस् |

सबै कार्य सिद्ध गर्ने विवेको खेल, अमोगासिद्धिको शरिर,
शरीरको रंग सहन नसक्ने गाढा रातो आगोको, धेरै भयानक,
भयङ्कर ग्येल्चेनको लागि, दोर्जे शुग्देन, सांग |
कृपया मार्ने, बाध्ने र भ्रममा पार्ने भयङ्कर सिद्धि प्रदान गर्नुहोस् |

चार आमाहरू जो पवित्र पाँच तत्व हुन्, उनका लागि सांग |
कृपया सजिव र निर्जीव संसारको भाग्य र ऐश्वर्य बाध्ने सिद्धि प्रदान गर्नुहोस् |

पाँच वज्र देवीहरूको रूपलाई अर्पण |
कृपया एकैसाथ आनन्द उत्पन्न गर्ने कामुक वस्तुको पर्वको सिद्धि प्रदान गर्नुहोस् |

आठ भिक्षुको लागि सांग, प्रकृतिमा नजिकको आठ बोधिसत्व |
कृपया शिक्षा दिने र अभ्यासको धार्मिक क्रियाकलाप बढाउने सिद्धि प्रदान गर्नुहोस् |

दश युवा योद्धाको लागि सांग, पवित्र भएका दश ज्ञानहरू |
कृपया प्रतिद्वन्दीको जादुई छुरा उल्टो गर्ने सिद्धि प्रदान गर्नुहोस् |

काचे मार्पोको लागि सांग, मन्त्रि परिचर |
कृपया ज्ञानको शत्रुलाई धुलोमा घटाउने सिद्धि प्रदान गर्नुहोस् |

अस्थिर महासागरको आतिथ्य गर्ने सेवक सेनाको लागि सांग |
दिन र रातको छ समयमा हामीलाई अनवरत रूपमा हेर्नुहोस |

जमिन्दार र यो क्षेत्रका देशका देवताको लागि सांग |
रिस र इर्ष्या शान्त भएपछि , हामीलाई सहयोग गर्नुहोस् !

मेरो अभिभावक, योगीको परिवारको लागि सांग |
हामिलाई शरीर र यसको छायाँजस्तै साथ दिनुस |

छोटकरीमा यो चदाइएको सांग जुन सामन्तभराको चढाइएको (अर्पण) बादल हो ,त्यो सांग,
सर्वाच्च र अलि कम उपस्थित अतिथिहरूलाई खुशी र सन्तुष्ट बनाएपछि,
सबै हानि,विवाद, धक्का र अपराध कम गरेपछि,
सर्वाच्च र साधारण सिद्धि सजिलै र तत्कालै प्राप्त गर्नुहोस् |

(यसरी प्रस्ताव र सल्लाह दिएपछि ,अब संसार र निर्वाणको सबै भाग्य, ऐश्वर्य र उत्कृष्टता बाधेर राख्ने तरिका सुरु हुन्छ:)

यसरी अर्पण गरेपछि र तपाईको दिमागलाई परामर्श दिएपछि,
प्रकाश र अमृतको प्रवाह
महान गुरू बुद्ध लोसांग वाज्रधारा र देवताका आतिथ्य गर्नेहरूको शरीरबाट हुन्छ |
कृपया बाधा हटाई चार शरीरको भाग्य प्रदान गर्नुहोस् |

उत्कृष्ट हुने र मंगल हुने भाग्य प्रदान गर्नुहोस्
जुन हाम्रो गुरू, चेला, प्रायोजक, प्रायोजित र दलको ,
जीवन, राम्रो काम, ऐश्वर्य, प्रख्याति, धर्म शास्त्रीय र यथार्थवादी धर्म
गर्मीको महासागरको जलाशयजस्तै बढोस् |

यो भूमिले प्रतिबिम्बित सबै विशाल लोकमा, यहाँ
रोग, अनिकाल, अतिवृष्टि, बर्बादी र अनावृष्टि कम गर्नुहोस् |
समयमै वर्षा र सधै राम्रो बालीको भाग्य प्रदान गर्नुहोस्
पूर्ण खुशी र आनन्दको ताजा आशिष प्रदान गर्नुहोस् |

धर्मअनुसार राजाहरूले आफ्ना राज्यको ध्यान राखेको,
सेवक र प्रजाहरूपनि दश नैतिकताको गुणमा बाचेका
मारसको चिज र अन्धकार शक्तिहरू हारेका,
दुष्टसँगको युद्धमा विजयी हुने भाग्य प्रदान गर्नुहोस् |

साधारण बौद्ध ज्ञानको स्वर्ण हिमाल
र विशेषगरि जे रिम्पोचेको गलत नहुने धारणा ध्यान र क्रिया,
खराब अवधारणाको दागबाट खराब नभएको, भाग्य प्रदान गर्नुहोस्
त्यो पृथ्वीको माथि र तल प्रकाशबाट उज्यालो भैराखोस् |

ज्ञानको रक्षकहरूको लागि, सबै सर्वाच्च प्राणीहरू
जसले पवित्र उत्कृष्ट परम्पराको स्वतन्त्र जीवन बिताईरहेका छन्,
राजमुकुटबाट आभूषित गेदेन, पिता बुद्ध र उनका दुई पुत्रहरू,
उनीहरूको जीवन र प्रुद्ध गतिविधि बढिराख्ने भाग्य प्रदान गर्नुहोस् |

पवित्र सद्भाव र अनुशासनमा बसिरहेका संघका समुदाय,
उनीहरूको धर्मका तीन चक्रको शिक्षा, अभ्यास र अनुभव
उज्यालो चन्द्र झैँ माथि माथि चढिरहेको,
स्वर्गभन्दा माथिको उनीहरूको स्थिति हुने भाग्य प्रदान गर्नुहोस् |

तर्क गर्ने, भनाई प्रमाणित गर्ने र खण्डन गर्ने मार्गको विधिबाट,
तीन मान्य अनुभूतिकर्ताको उत्कृष्ट अन्वेषणको साथ
कुनै अपवाद बिना अनुभूतिको तीन प्रकारको वस्तुमध्ये,
प्रमाण, तर्कसहितको सहि अनुभूति उत्पन्न गर्ने भाग्य दिनुस |

तीन ज्ञानहरू, चार तयारीहरू र परिणामस्वरूप सत्य शरीरका कार्यहरू,
सम्पूर्णरूपमा बुझेपछिको फल, आठ विषयबाट,
ज्ञानको अनुभूतिको मार्ग, प्रज्नापरामिताको लुकेको अर्थ,
कृपया ती मार्ग र चरणहरू पुरा गर्ने भाग्य दिनुस् |

त्यो विशेष विवेक जसले पुरै विनाश गर्छ
अज्ञानता जुन नसकिने संसारको गल्तिको मूल हो,
बुद्धलाई मनाउने मार्ग, स्थिरता र शुन्यवादबाट मुक्त,
कृपया मध्यमिकाको गहन मार्ग पाउने भाग्य प्रदान गर्नुहोस् |

सजिव र निर्जीवको उठ्ने स्थितिमा निश्चितता प्राप्त गर्दै,
ठूलो र सुक्ष्म श्रोत जहाँबाट सबै दुखका कारणहरू उत्पन्न हुन्छ,
उनीहरूको सूक्ष्मता, फैलाव र त्यागको साधनमा भ्रमको ज्ञान,
निष्कलंक अभिधर्मकोशको भाग्य प्रदान गर्नुहोस् |

आधार जसबाट बिना अपवाद यी उत्पन्न भएजस्तै,
तीन उच्च तालिम अभ्यास विश्वास गरेर
खण्डन, प्रमाण र निर्देशनको आधारमा बनेको सीमा,
कृपया बुद्धका १००,००० श्लोक भएको विनय ग्रन्थ प्रदान गर्नुहोस् |

साथै उत्कृष्टतामा बनेको, अरूको सहयोग गर्ने साधनका रूपमा,
प्रतिभाको क्षेत्रमा सबै भ्रम र अज्ञानता हटाएर,
जस्तै व्याकरण, भविष्यवाणी, कविता, लेक्सिकोग्राफी, चित्रकला, हस्तकला र चिकित्साशास्त्र,
कृपया विवेक र सुक्ष्म श्रेष्ठताको भाग्य प्रदान गर्नुहोस् |

विशेषगरि, दृष्टि, ध्यान र मेलमा गरिएको कार्यको अभ्यासको भाग्य कृपया प्रदान गर्नुहोस्,
जुनको आदेश, व्याख्या र निश्चित अर्थलाई गलत रूपमा बुझिन्न,
त्यागको अभ्यासको सबै चरणमा, बोधीचित्त,
खालीपनको सहि दृष्टि, छ उत्कृष्टता, र भेला हुनुको चार साधन |

त्यसपछि योग्य वज्र गुरूबाट ,
चार शरीरको शक्ति, तन्त्रको प्रवेशद्वार पाएपछि,
प्रतिज्ञा र सिद्धान्तको रक्षा गर्दै, आफ्नो जीवनलाई जस्तै,
चार सत्रको योगमा सफलता प्रदान गर्नुहोस् |

त्यसपछि आधारभूत कुरा, जन्म, मृत्यु र बर्दोको परिचय दिनुस्,
त्यसपछि शुद्ध भएका, त्यसलाई शुद्ध बनाउने र शुद्धिकरणको फल,
समग्रमा र सुक्ष्मतामा स्थिरता प्राप्त गर्ने भाग्य पाउने आशिष दिनुस्
मण्डला चक्र गहन, स्पष्ट देवता, पिढीको परिपक्व हुने बेलाको |

वज्र पाठ सँगै जसले मुख्य बुंदा भित्र छिराउँछ,
सबै प्रणालीको गाठो खुलाउँदै ताकी सबै हावा
केन्द्रीय प्रणालीमा भित्र पसुन्, बसुन् र बिलाउन्, यस्तो भाग्यको लाइ आशिष दिनुस
मुक्तिको चरण पुरा हुने आनन्द रहित मार्गमा प्रकट हुन |

महान पवित्र र अपवित्र स्पष्ट प्रकाश जुन त्यसबाट उत्पन्न हुन्छ
र केवल हावा र मन सिधै त्यो प्रकारले उत्पन्न हुन्छ
छाप र चिन्हको रूपमा भ्रम जस्तै,
कृपया सात विशेषता प्राप्त युगानद्धको भाग्य प्रदान गर्नुहोस् |

संक्षेपमा, सबै राम्रोपनको एकत्रित संग्रह पगालेको जस्तै
र संसार र निर्वाणको आशिष, दुवै सांसारिक र अलौकिक
पूर्ण रूपमा असीम विश्वास र शुद्ध समयको ज्ञान प्राप्त भएपछि ,
महान शुभमंगल र उत्कृष्टताको भाग्य प्रदान गर्नुहोस् ।

(त्यसकारण गेदेनको मौखिक निर्देशनको परम्परा अनुसार पाठ गर्नु संसार र निर्वाणको उत्कृष्टताको एकत्रित आशिर्वाद पगाल्ने उपाय हो | सबै सामान्य र सर्वाच्च उपलब्धिको लागि स्थिर दृढता महत्त्वपूर्ण छ | त्यसपछि थपिएको र हटाइएको १०० अक्षरको मन्त्रका साथ सुद्धिकरण गर्नुहोस् | गल्तिहरूको लागि माफी मागेपछि प्रस्थान वा छुट्नका लागि अनुरोध गर्नुहोस्:)

हुम्
देवता बुद्ध लोसांग वज्रधारा र
सम्पूर्ण राम्रो गुण ममा विलिन हुन्छ, योगी |
तीन ढोकाका सबै अशुद्धि र दाग पवित्र भए ,
म चार पहल प्राप्त गर्छु र चार शरीर पुरा गर्न सक्षम बन्छु |

सांसारिकहरू, सांगबाट सन्तुष्ट छन्,
पारस्परिक इर्ष्या र दुर्भावको विचार बिना,
तर माया गर्ने मनबाट, आफ्नो प्राकृतिक बासस्थान फर्कनुस् |

जतिपनि राम्रो गुण मैले जम्मा गरें
ती शिक्षा र माइग्रेटरको लागि लाभदायक होस्,
र विशेषगरि यसले शिक्षाको सार
अचुक गुरू लोसांग द्रग्पाको सधैका लागि प्रष्ट बनाओस्!

(चिताएको जुनसुकै प्रार्थना र मंगलदायक श्लोक पाठ गर्नुहोस्|)

पिडिएफ संस्करणको लागि यहाँ क्लिक गर्नुहोस्

 

थप विस्तृत जानकारीका लागि:

 

2 लाई जवाफहरू दोर्जे शुग्देनलाई धूप अर्पण

तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण

विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।

तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।

  1. Pema dorje on जनवरी 5, 2019 at 7:17 अपराह्न

    Derai ramro lageu good

जवाफ लेख्नुहोस्

उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: jpg, jpeg, gif, png

 

उच्चतम फाइलको साइज: 50MB
अनुमति दिइएको फाइलको प्रकार: mp4
उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: pdf, docx

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Blog Chat

ब्लग च्याट

ब्लगका आदरणीय साथीहरू,

मैले यो खण्ड तपाईंहरूको राय,विचारहरू र भावनाहरू जे तपाईंहरूलाई राख्न मन लाग्छ त्यसको लागि बनाएको हुँ।

सबैको भिन्दा भिन्दै दृष्टिकोण हुन्छ, त्यसैले यो खण्ड तपाईंहरूको लागि हो।

छेम रिन्पोछे


कृपया च्याटमा रमाइलो समय र एक अर्कालाई सहयोग गर्न आउनुहोस् र सहभागी हुनुहोस्। सबैलाई त्यही भेटौँला।


ब्लग च्याट शिष्टाचार

सबैको लागि ब्लग च्याट कोठालाई सकरात्मक ,मनोरञ्जनात्मक र प्रबुद्ध अनुभव दिने खालको बनाउनको लागि यिनीहरू केही सरल दिशानिर्देशहरू हुन्। कृपया ध्यान दिनुहोस् कि यो च्याट कोठा हो, हामी च्याट गर्छौँ! च्याट कोठालाई बाधा नपु-याउनुहोस् वा अरूसँग कुराकानी नगरी पोष्ट नगरीदिनुहोला।

विस्तार गर्नुहोस्
मित्रवत व्यवहार गर्नुहोस्

ध्यानदिनुहोस् तपाईंले तपाईंले कुरा गर्नुभएको यी व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै हुन्। उनीहरू भिन्न संस्कृतिबाट अाएका हुनसक्छन् र उनीहरूको तपाईंको भन्दा फरक राय हुनसक्छ। उनीहरूलाई तपाईंले वास्तविक जीवनमा जस्तै व्यवहार गर्नुहोस् र उनीहरूको मतको सम्मान गरिदिनुहोला र उनीहरूले पनि तपाईंलाई त्यसरी नै मित्रवत व्यवहार गर्ने छन्।

धैर्यता राख्नुहोस्

कोठालाई तपाईंलाई उत्तर दिने अवसर दिनुहोस्। धैर्यता एक गुण हो। र केही समय पश्चात सम्बन्धित मानिसहरूबाट प्रतिकिया अाएन भने, सायद उनीहरूलाई उत्तर थाहा भएन वा उनीहरूले तपाईंको प्रश्न देखेनन् भनेर प्रश्न पुन: सोध्नुहोस् वा कसैलाई सिधा सम्पर्क गर्नुहोस्। यदि मानिसहरूले प्रतिक्रिया दिन असक्षम भए भने अप्रसन्न नभई दिनुहोला।

सान्दर्भिक हुनुहोस्

यो माननीय छेम रेन्पोछेको ब्लग हो। कृपया यस स्थानको सम्मान गरिदिनुहोस्। हामी अनुरोध गर्देछौँ कि यहाँका सबै सहभागीहरू माननीय छेम रेन्पोछे र उहाँको संगठन, केचाराको सम्मान गरून्।

नम्र हुनुहोस्

अरूलाई अप्रिय हुनेखालका शब्द र अाचरणहरूको प्रयोग नगरदिनुहोला। यदि कोहीले तपाईंलाई अनादार गर्छ भने उनीहरूसँग बहस गर्नुभन्दा उनीहरूलाई बेवास्ता गरिदिनुहोस्।

कृपया ध्यान दिनुहोस् जसले यो दिशानिर्देशहरूको पालना गर्दैन उसलाई यस च्याट रूमबाट प्रतिबन्धित गरिनेछ। प्रतिबन्ध लगाउन यस ब्लगको प्रशासकसँग पूर्ण विवेकशील स्वतन्त्रता छ। कसैले अपिल गर्न चाहन्छ वा च्याट रूममा कसैको व्यवहारप्रति गुनासो गर्न चाहन्छ भने कृपया इमेलमा सन्दर्भित च्याटलाई कपि-पेस्ट गरेर care@kechara.com मा पठाउनुहोस् र सम्बन्धित वार्तालापको मिति र समय उल्लेख गर्नुहोस्।

केचारा फरेष्ट रिट्रिटको प्रगतिको जानकारीहरू

हाम्रो फरेष्ट रिट्रिटको आउँदो प्रोजेक्टको, हालचालैको खबरहरू र चित्रात्मक जानकारीहरू, जसरी यो हुँदैजाने छ ।

केचाारा फरेष्ट रिट्रिट एउटा अद्वितीय ईश्वरीय रिट्रिट सेन्टर जसले शारीरिक, मानसिक र अाध्यात्मिक स्वस्थतालाई केन्द्रित गर्ने काम गर्दछ। यो एउटा यस्तो स्थान हो जहाँ परिवार र व्यक्ति स्वयम्ले शान्ति प्राप्त गर्नेछन्, त्यो पनि प्राकृतिक बन वातावरणको पोसिलो अाहार र प्रेरणसँगै। केचारा फरेष्ट रिट्रिटमा, हामीले समाजको नयाँ पुस्ताको लागि विश्वमा नै सकरात्मक मूल्य जस्तै दया र करूणा प्रदान गर्ने प्रतिबद्धता गरेका छौँ।

थप जानकारीको लागि, पढिदिनुहोला यता (अङ्ग्रेजीमा), यता (चिनियाँमा), वा आधिकारीक साईट: retreat.kechara.com.
Invalid response

रिन्पोछेबाट सन्देशहरू

थप रिन्पोछेको संदेशहरू हेर्नको लागि तल बक्समा जानुहोस्। ईमेजलाई क्लिक गर्नुहोस् ठूलो पार्नको लागि। पुराना अभिलेखहरू हेर्नको लागि “पुराना संदेशहरूमा” क्लिक गर्नुहोस्। 'प्री' र 'नेक्सट'को प्रयोग लिङ्कहरूको मार्ग निर्देशनको पेजहरूको लागि गर्नुहोस्।

URLको प्रयोग सिधै यो लिङ्कबाट गर्नुहोस्: http://w33.tsemrinpoche.com/l/np/#messages-from-rinpoche

शुग्देनको भूत समयका भनाईहरू र संदेशहरू पूरै विश्वभरि

यूरोप सुग्देन संघबाट:


अधिक भिडियोहरू

तिब्बतीय जनसाधारण कुराबाट:


अधिक भिडियोहरू

श्रेय

विचार: Tsem Rinpoche
प्राविधिक: Lew Kwan Leng, Justin Ripley, Yong Swee Keong
डिजाइन: Justin Ripley, Cynthia Lee
विषय-वस्तु: Tsem Rinpoche, Justin Ripley, Pastor Shin Tan, Sarah Yap
लेखक: Pastor Loh Seng Piow
व्यवस्थापक: Pastor Loh Seng Piow, Beng Kooi

मैले धर्म ब्लग समूहका साथीहरूलाई धन्यवाद दिनै पर्छ जसले म,केचारा र धर्मको वृद्धिका लागि महत्वपूर्ण सहयोग यो उत्कृष्ट क्षेत्रमा गर्नुभयो। म उहाँहरूलाई सम्मान गर्छु र उहाँहरूसँग काम गर्न पुलकित छु। म साँच्चै चाहन्छु। सायद यतिले मात्र उहाँहरूको लागि पुग्दैन, तर म अहिले भनिरहेकोछु। म उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

छेम रिन्पोछे

Total views today
2,836
Total views up to date
26,041,536

म अहिले के लेख्दैछु

Facebook Fans Youtube Views Blog Views

अज्ञात

ज्ञात र अज्ञात दुवै भयानक हुन्,
ज्ञात कुराहरू अारामदायी र निष्क्रय हुन्,
अज्ञात वृद्धि र मौकाका लागि हुन्,
व्यक्ति स्वयमलाई कहिले थाहा नहुन सक्छ कि कोही डरहरूलाई अज्ञात भन्दा बढी ज्ञात भएको हुन्छ। कसले भन्न सक्छ
कि अज्ञातभन्दा ज्ञातचाहि अस्वस्थ हुन्छ भनेर?
तर फेरि, कहिलेकाही अज्ञात ज्ञातभन्दा अस्वस्थ हुनसक्छ। अन्तमा केही पनि ज्ञात छैन जबसम्म हामीले प्रयत्न गर्दैनौँ।
त्यसैले अन्तमा अज्ञातका साथ पछि लाग
किनभने सबै अज्ञातहरूको घनिष्ठता ज्ञातसँग हुन्छ।
~ छेम रेन्पोछे

फोटो जादैछ

ठूलो रूपमा हेर्न चित्रमा थिच्नुहोस् । र तलसारेर थप फोटो हेर्न "सबै फोटो हेर्नुहोस्" मा थिच्नुहोस् ।
Invalid response

भिडियो जादैछ

  • Pig puts his toys away
    4 वर्ष अगाडी
    Pig puts his toys away
    Animals are so intelligent. They can feel happiness, joy, pain, sorrow, just like humans. Always show kindness to them. Always show kindness to everyone.
  • Always be kind to animals-They deserve to live just like us.
    5 वर्ष अगाडी
    Always be kind to animals-They deserve to live just like us.
    Whales and dolphins playing with each other in the Pacific sea. Nature is truly incredible!
  • Bodha stupa July 2019-
    5 वर्ष अगाडी
    Bodha stupa July 2019-
    Rainy period
  • Cute Tara girl having a snack. She is one of Kechara Forest Retreat’s resident doggies.
    5 वर्ष अगाडी
    Cute Tara girl having a snack. She is one of Kechara Forest Retreat’s resident doggies.
  • Your Next Meal!
    5 वर्ष अगाडी
    Your Next Meal!
    Yummy? Tasty? Behind the scenes of the meat on your plates. Meat is a killing industry.
  • This is Daw
    5 वर्ष अगाडी
    This is Daw
    This is what they do to get meat on tables, and to produce belts and jackets. Think twice before your next purchase.
  • Don’t Take My Mummy Away!
    5 वर्ष अगाडी
    Don’t Take My Mummy Away!
    Look at the poor baby chasing after the mother. Why do we do that to them? It's time to seriously think about our choices in life and how they affect others. Be kind. Don't break up families.
  • They do this every day!
    5 वर्ष अगाडी
    They do this every day!
    This is how they are being treated every day of their lives. Please do something to stop the brutality. Listen to their cries for help!
  • What happened at Fair Oaks Farm?
    5 वर्ष अगाडी
    What happened at Fair Oaks Farm?
    The largest undercover dairy investigation of all time. See what they found out at Fair Oaks Farm.
  • She’s going to spend her whole life here without being able to move correctly. Like a machine. They are the slaves of the people and are viewed as a product. It’s immoral. Billions of terrestrial animals die annually. Billions. You can’t even imagine it. And all that because people don’t want to give up meat, even though there are so many alternatives. ~ Gabriel Azimov
    5 वर्ष अगाडी
    She’s going to spend her whole life here without being able to move correctly. Like a machine. They are the slaves of the people and are viewed as a product. It’s immoral. Billions of terrestrial animals die annually. Billions. You can’t even imagine it. And all that because people don’t want to give up meat, even though there are so many alternatives. ~ Gabriel Azimov
  • Our Malaysian Prime Minister Dr. Mahathir speaks so well, logically and regarding our country’s collaboration with China for growth. It is refreshing to listen to Dr. Mahathir’s thoughts. He said our country can look to China for many more things such as technology and so on. Tsem Rinpoche
    5 वर्ष अगाडी
    Our Malaysian Prime Minister Dr. Mahathir speaks so well, logically and regarding our country’s collaboration with China for growth. It is refreshing to listen to Dr. Mahathir’s thoughts. He said our country can look to China for many more things such as technology and so on. Tsem Rinpoche
  • This is the first time His Holiness Dalai Lama mentions he had some very serious illness. Very worrying. This video is captured April 2019.
    5 वर्ष अगाडी
    This is the first time His Holiness Dalai Lama mentions he had some very serious illness. Very worrying. This video is captured April 2019.
  • Beautiful Monastery in Hong Kong
    5 वर्ष अगाडी
    Beautiful Monastery in Hong Kong
  • This dog thanks his hero in such a touching way. Tsem Rinpoche
    5 वर्ष अगाडी
    This dog thanks his hero in such a touching way. Tsem Rinpoche
  • Join Tsem Rinpoche in prayer for H.H. Dalai Lama’s long life~ https://www.youtube.com/watch?v=gYy7JcveikU&feature=youtu.be
    5 वर्ष अगाडी
    Join Tsem Rinpoche in prayer for H.H. Dalai Lama’s long life~ https://www.youtube.com/watch?v=gYy7JcveikU&feature=youtu.be
  • These people going on pilgrimage to a holy mountain and prostrating out of devotion and for pilgrimage in Tibet. Such determination for spiritual practice. Tsem Rinpoche
    5 वर्ष अगाडी
    These people going on pilgrimage to a holy mountain and prostrating out of devotion and for pilgrimage in Tibet. Such determination for spiritual practice. Tsem Rinpoche
  • Beautiful new casing in Kechara for Vajra Yogini. Tsem Rinpoche
    5 वर्ष अगाडी
    Beautiful new casing in Kechara for Vajra Yogini. Tsem Rinpoche
  • Get ready to laugh real hard. This is Kechara’s version of “Whatever Happened to Baby Jane!” We have some real talents in this video clip.
    5 वर्ष अगाडी
    Get ready to laugh real hard. This is Kechara’s version of “Whatever Happened to Baby Jane!” We have some real talents in this video clip.
  • Recitation of Dorje Dermo‘s mantra or the Dharani of Glorious Vajra Claws. This powerful mantra is meant to destroy all obstacles that come in our way. Beneficial to play this mantra in our environments.
    5 वर्ष अगाडी
    Recitation of Dorje Dermo‘s mantra or the Dharani of Glorious Vajra Claws. This powerful mantra is meant to destroy all obstacles that come in our way. Beneficial to play this mantra in our environments.
  • Beautiful
    5 वर्ष अगाडी
    Beautiful
    Beautiful sacred Severed Head Vajra Yogini from Tsem Rinpoche's personal shrine.
  • My little monster cute babies Dharma and Oser. Take a look and get a cute attack for the day! Tsem Rinpoche
    5 वर्ष अगाडी
    My little monster cute babies Dharma and Oser. Take a look and get a cute attack for the day! Tsem Rinpoche
  • Plse watch this short video and see how all sentient beings are capable of tenderness and love. We should never hurt animals nor should we eat them. Tsem Rinpoche
    5 वर्ष अगाडी
    Plse watch this short video and see how all sentient beings are capable of tenderness and love. We should never hurt animals nor should we eat them. Tsem Rinpoche
  • Cruelty of some people have no limits and it’s heartbreaking. Being kind cost nothing. Tsem Rinpoche
    5 वर्ष अगाडी
    Cruelty of some people have no limits and it’s heartbreaking. Being kind cost nothing. Tsem Rinpoche
  • SUPER ADORABLE and must see
    5 वर्ष अगाडी
    SUPER ADORABLE and must see
    Tsem Rinpoche's dog Oser girl enjoying her snack in her play pen.
  • Cute!
    5 वर्ष अगाडी
    Cute!
    Oser girl loves the balcony so much. - https://www.youtube.com/watch?v=RTcoWpKJm2c
  • Uncle Wong
    5 वर्ष अगाडी
    Uncle Wong
    We were told by Uncle Wong he is very faithful toward Dorje Shugden. Dorje Shugden has extended help to him on several occasions and now Uncle Wong comes daily to make incense offerings to Dorje Shugden. He is grateful towards the help he was given.
  • Tsem Rinpoche’s Schnauzer Dharma boy fights Robot sphere from Arkonide!
    5 वर्ष अगाडी
    Tsem Rinpoche’s Schnauzer Dharma boy fights Robot sphere from Arkonide!
  • Cute baby owl found and rescued
    5 वर्ष अगाडी
    Cute baby owl found and rescued
    We rescued a lost baby owl in Kechara Forest Retreat.
  • Nice cups from Kechara!!
    5 वर्ष अगाडी
    Nice cups from Kechara!!
    Dorje Shugden people's lives matter!
  • Enjoy a peaceful morning at Kechara Forest Retreat
    5 वर्ष अगाडी
    Enjoy a peaceful morning at Kechara Forest Retreat
    Chirping birds and other forest animals create a joyful melody at the Vajrayogini stupa in Kechara Forest Retreat (Bentong, Malaysia).
  • This topic is so hot in many circles right now.
    6 वर्ष अगाडी
    This topic is so hot in many circles right now.
    This video is thought-provoking and very interesting. Watch! Thanks so much to our friends at LIVEKINDLY.
  • Chiropractic CHANGES LIFE for teenager with acute PAIN & DEAD LEG.
    6 वर्ष अगाडी
    Chiropractic CHANGES LIFE for teenager with acute PAIN & DEAD LEG.
  • BEAUTIFUL PLACE IN NEW YORK STATE-AMAZING.
    6 वर्ष अगाडी
    BEAUTIFUL PLACE IN NEW YORK STATE-AMAZING.
  • Leonardo DiCaprio takes on the meat Industry with real action.
    6 वर्ष अगाडी
    Leonardo DiCaprio takes on the meat Industry with real action.
  • Do psychic mediums have messages from beyond?
    6 वर्ष अगाडी
    Do psychic mediums have messages from beyond?
  • Lovely gift for my 52nd Birthday. Tsem Rinpoche
    6 वर्ष अगाडी
    Lovely gift for my 52nd Birthday. Tsem Rinpoche
  • This 59-year-old chimpanzee was refusing food and ready to die until...
    6 वर्ष अगाडी
    This 59-year-old chimpanzee was refusing food and ready to die until...
    she received “one last visit from an old friend” 💔💔
  • Bigfoot sighted again and made it to the news.
    6 वर्ष अगाडी
    Bigfoot sighted again and made it to the news.
  • Casper is such a cute and adorable. I like him.
    6 वर्ष अगाडी
    Casper is such a cute and adorable. I like him.
  • Dorje Shugden Monastery Amarbayasgalant  Mongolia's Ancient Hidden Gem
    7 वर्ष अगाडी
    Dorje Shugden Monastery Amarbayasgalant Mongolia's Ancient Hidden Gem
  • Don't you love Hamburgers? See how 'delicious' it is here!
    7 वर्ष अगाडी
    Don't you love Hamburgers? See how 'delicious' it is here!
  • Such a beautiful and powerful message from a person who knows the meaning of life. Tsem Rinpoche
    7 वर्ष अगाडी
    Such a beautiful and powerful message from a person who knows the meaning of life. Tsem Rinpoche
  • What the meat industry figured out is that you don't need healthy animals to make a profit.
    7 वर्ष अगाडी
    What the meat industry figured out is that you don't need healthy animals to make a profit.
    Sick animals are more profitable... farms calculate how close to death they can keep animals without killing them. That's the business model. How quickly they can be made to grow, how tightly they can be packed, how much or how little can they eat, how sick they can get without dying... We live in a world in which it's conventional to treat an animal like a block of wood. ~ Jonathan Safran Foer
  • This video went viral and it's a must watch!!
    7 वर्ष अगाडी
    This video went viral and it's a must watch!!
  • SEE HOW THIS ANIMAL SERIAL KILLER HAS NO ISSUE BLUDGEONING THIS DEFENSELESS BEING.
    7 वर्ष अगाडी
    SEE HOW THIS ANIMAL SERIAL KILLER HAS NO ISSUE BLUDGEONING THIS DEFENSELESS BEING.
    This happens daily in slaughterhouse so you can get your pork and Bak ku teh. Stop eating meat.

पुरोहितलाई सोध्नुहोस्


Ask the Pastors

धर्म सम्बन्धित तपाईंको प्रश्नहरूको स्पष्टीकरण दिन केचाराका सम्माननिय पुरोहितहरूसँग राखिएको एक अंश ।

तल आफ्नो नाम र प्रश्न मात्र राख्नुहोस् र हाम्रो कुनै एक पुरोहितले तपाईंलाई उत्तर दिनुहुनेछ ।

पुराना प्रश्न हेर्न तल सारेर "सबै प्रश्नहरू हेर्नुहोस्" मा थिच्नुहोस्

कुरा गरेको फोटोहरू

Invalid response
The Promise
  These books will change your life
  Support Blog Team
Lamps For Life
  Robe Offerings
  Vajrayogini Stupa Fund
  White Tara Mantra Bank Project
  Dana Offerings
  Soup Kitchen Project
 

तपाईंको सल्लाह सुझाव

Live Visitors Counter
देशद्वारा पेज हेरिएको
संयुक्त राज्य अमेरिका 6,560,748
मलेशिया 4,932,712
भारत 2,510,845
सिंगापुर 936,141
युनाइटेड किंग्डम 915,882
नेपाल 913,387
भुटान 864,803
कनाडा 797,322
अष्ट्रेलिया 619,377
फिलीपींस 555,278
इंडोनेशिया 451,828
जर्मनी 370,298
फ्रान्स 312,722
ब्राजील 251,023
भियतनाम 226,545
थाईल्याण्ड 217,772
ताइवान 206,933
इटाली 175,641
स्पेन 160,953
नीदरल्याण्ड 156,804
मङ्गोलिया 147,273
पोर्चुगल 138,190
दक्षिण अफ्रिका 138,017
Türkiye 132,302
श्रीलंका 128,762
संयुक्त अरब अमीरात 121,726
जापान 119,012
रूस 114,691
हंगकंग 114,218
चीन 107,718
जम्मा पेज हेरिएको: 26,041,536

लग्इन गर्नुहोस्

Dorje Shugden
दोर्जे सु्ग्देनको बारेमा मेरा कुराहरू हेर्न क्लिक गर्नुहोस्….